मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, March 07, 2021 |आईतबार, फागुन २३, २०७७
  • ई-पेपर इकोनोमिक पोस्ट
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Fresho
सुरक्षा
  • गृहपृष्ठ
  • झापामा पाँच बिओपी उद्घाटन
झापामा पाँच बिओपी उद्घाटन
रासस
रासस आईतबार, फागुन ९, २०७७ मा प्रकाशित
30 Shares
viber sharing button
झापामा पाँच बिओपी उद्घाटन

झापा । सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न र सीमा सुरक्षालाई बलियो बनाउने उद्देश्यले झापामा आज एकै दिन पाँचवटा सशस्त्र प्रहरीको बोडर आउट पोस्ट (बिओपी) उद्घाटन गरिएको छ ।  पाँचवटै बिओपीको मेचीनगर नगरपालिका–५ स्थित नकबलबन्दामा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र सशस्त्र प्रहरी बल नं १ बराहवाहिनी पकलीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक वंशीराज दाहालले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

मेचीनगर—१ स्थित तिरिङ, भद्रपुर–३ स्थित महेशपुर, झापा गाउँपालिकाको पन्थापाडा र गौरीगञ्जको आमगाछीमा स्थापना गरिएका बिओपीको एकै ठाउँबाट उद्घाटन गरिएको हो । यीसँगै जिल्लामा बिओपीको सङ्ख्या १७ पुगेको छ । एउटा बिओपीमा प्रहरी निरीक्षकको कमान्डमा २५ जना सुरक्षाकर्मी रहने व्यवस्था मिलाइएको प्रहरी नायब महानिरीक्षक दाहालले बताए । 

यसअघि झापाको बाहुनडाँगी, काँकरभिट्टा, ज्यामिरगढी, पाठामारी, केचना, भागडुब्बा, टाघनडुब्बा, गौैरीगञ्ज, घेरावारी कुञ्जिवारी  भद्रपुर  र पृथ्वीनगर गरी कूल १२ वटा सशस्त्र प्रहरीको बिओपी स्थापना गरी सकिएको छ । उनले सीमा सुरक्षा र सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि न्यूनीकरणका लागि जिल्लामा चार किलोमिटरको अन्तरमा ३७ वटा बिओपी स्थापना गर्ने सरकारको लक्ष्यअनुसार १७ वटा भइसकेको र बाँकी २० वटा निर्माणका लागि जग्गाको पहिचान भइसकेको जानकारी दिए । 

नगरप्रमुख आचार्य र उपप्रमुख मीना उप्रेतीले चौकी स्थापना भएसँगै सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण, सीमाको सुरक्षा र अवैध चोरी तस्करी नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनीहरुले बिओपीमा आवश्यक पर्ने भौतिक तथा अन्य संरचना निर्माणमा नगरले आर्थिक सहयोग गर्ने बताए । 

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले झापाको १४४ दशमलव दुई किलोमिटर क्षेत्रफलमा भारतसँगको खुला सीमा रहेकाले हातहतियार, लागुऔषध, मानव बेचबिखनलगायत आपराधिक गतिविधि न्यूनीकरण हुने, सीमाको उचित रेखदेख  र राष्ट्रिय सुरक्षालाई मजबुत पार्ने काममा बिओपीहरुको महत्वपूर्ण योगदान रहने बताए । 

सीमा सुरक्षालाई ध्यानमा राखी सङ्घीय सरकारले २०७६ मङ्सिर ३० गते नै देशभरिमा ११४ वटा बिओपी थप्ने निर्णय गरेको थियो । सोहीअनुरुप नै जिल्लामा कार्य भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेटक्वार्टर चन्द्रगढीका  सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले जानकारी दिए । 

30 Shares
viber sharing button
Rastriya Banijoya Bannk
CG Digital
Kumari Bank
राससबाट थप
कटुवा पेस्तोलसहित दुई पक्राउ
कटुवा पेस्तोलसहित दुई पक्राउ बिहिबार, पुस १७, २०२६, ०५:३०:००
बलात्कार आरोपित पक्राउ
बलात्कार आरोपित पक्राउ बिहिबार, पुस १७, २०२६, ०५:३०:००
‘मेरो भाषणलाई एडिट गरेर बदनाम गराइयो’ - वनमन्त्री आले
‘मेरो भाषणलाई एडिट गरेर बदनाम गराइयो’ - वनमन्त्री आले बिहिबार, पुस १७, २०२६, ०५:३०:००
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
सर्लाहीमा दुई बिओपी स्थापना 
जङ्गी अड्डामा बुधबारदेखि पृतनापति समन्वयात्मक बैठक हुँदै
मानेभञ्ज्याङमा बिओपी स्थापना
 नेपाल प्रहरीका ११ एसपी र १८ डिएसपीको सरूवा[सूची]
नेपाल-भारत सीमा सुरक्षा बैठक सम्पन्न
भागरथी भट्टको हत्या अनुसन्धानमा खटिएका दुई प्रहरीको बढुवा
Nabil Bank
Salt Trading
Golden Oak
Sagarmatha Insurance
Worldlink
Civil Bank
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट कार्यकारी सम्पादक बाबुराम ढकाल सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना तिनकुने, काठमाडौँ
समाचारका लागि 01-5199576 [email protected]
विज्ञापनका लागि 01-5199575 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2021 All rights reserved. Website Design by : SoftNEP