काठमाडौँ । बलिउड अभिनेत्री करिना कपुर दोस्रो पटक आमा बनेकी छन्।
आइतबार करिनाले दोस्रो सन्तानका रुपमा छोरालाई जन्म दिएकी हुन् । करिनालाई शनिबार राती ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । हाल करिना र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो भएको बताइएको छ।
पुत्रलाभ भएसँगै अहिले करिना र सैफअली खानलाई शुभचिन्तकहरुले सामाजिक सञ्जालमा बधाई दिनेको ओइरो लागेको छ । करिनाले पहिलो सन्तानका रुपमा छोरा तैमुरलाई जन्म दिएकी थिइन्।