भोजपुर । फरार अभियुक्त सात वर्षपछि पक्राउ परेका छन् ।अवैध गर्भपतन मुद्दामा २०६९ जेठ २५ गते जिल्ला अदालतद्वारा तीन वर्ष कैद सजाय पाएका आमचोक गाउँपालिका–३ थिदिङखाका ३९ वर्षीय राजकुमार राईलाई पक्राउ गरी आइतबार कारागार चलान गरिएको छ ।
प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीका अनुसार इलाका प्रहरी कार्यालय घोडेटारको टोलीले उनलाई पक्राउ गरेको हो ।