काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएका दुईजना मन्त्रीले फर्कने कुरा गरिरहेको बताएका छन् । नेकपाले बुधबार आयोजना गरेको विरोधसभामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
‘केपी ओलीलाई छोड्ने मान्छेको लाम लागेको छ । अरु त अरु, दुई जना मन्त्री पनि फर्कन मसँग वार्तामा छन्’ प्रचण्डले भने । उनले नाम भने खुलाएनन् ।
उनले ओली झन् निरंकुशतातर्फ अघि बढिरहेको बताए । प्रचण्डले ओलीलाई राजीनामा दिएर पशुपतिनाथतिर जानसमेत आग्रह गरे ।
जरूरी पर्यो भने सिंहदरबार र बालुवाटार घेर्ने आमसभा गर्नेछौं : प्रचण्ड