काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकार ऋषी धमलालाई हप्काएका छन्।
बुधबार प्रचण्ड-नेपाल पक्षको अहिले भइरहेको शक्ति प्रदर्शन सभामा आफूले बोलिरहँदा कार्यक्रममा उपस्थित दर्शकसँग धमलाले धारणा लिइरहेको देखेपछि श्रेष्ठले मञ्चबाटै हप्काएका हुन् ।
‘पत्रकार साथीहरु हामी यहाँ सभा सन्चालन गरिरहेका छौँ। तपाईहरु त्यहाँ चुप लागिदिनुस्। सुन्नु भो ? ऋषी धमला जी तपाई त्यहाँ अर्को कार्यक्रम नगर्नुस्। तपाई चुप लाग्नुस्।’ श्रेष्ठले भने ।
त्यसपछि प्रहरीले धमलालाई भिडबाट बाहिर जान आग्रह गरेको थियो ।