काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली ढलिसकेको अन्तिम घोषणा गर्न बाँकी रहेको बताएकी छन् ।
प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड-नेपाल पक्ष ले बुधबार काठमाडौंमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै झाँक्रीले ओलीलाई कागजी बादशाह बनिरहेको टिप्पणी गर्दै ढलिसकेको अन्तिम घोषणा गर्न बाँकी रहेको बताएकी हुन् ।
सार्वभौमसत्तासम्पन्न नागरिकको बोल्न पाउने अधिकारलाई कसैले पनि रोक्न नसक्ने बताउँदै उनले ठूलो त्यागबाट प्राप्त संविधान च्यातच्युत फाल्ने प्रणालीविरुद्ध बोल्न नछोड्ने बताएकी छन् । राष्ट्रपति संस्था बलिदानीबाट प्राप्त भएको भन्दै झाँक्रीले बताएकी छन् ।
तर, खलपात्रको विषयमा कुरा उठाउँदा महिलाविरुद्ध बोलेको नहुने उनको भनाइ थियो । ओलीको असंवैधानिक कदमलाई राष्ट्रपतिले असिस्टेन्ट बनेर सघाएको उनको आरोप छ ।