मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, May 18, 2022 |बुधबार, जेठ ४, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
विचार–ब्लग
  • गृहपृष्ठ
  • ओलीको प्रदर्शनः चोरले खुट्टा झिकेकै हो त ?
ओलीको प्रदर्शनः चोरले खुट्टा झिकेकै हो त ?
डा. गाेपाल ठाकुर
डा. गाेपाल ठाकुर शनिबार, माघ २४, २०७७ मा प्रकाशित
viber sharing button
ओलीको प्रदर्शनः चोरले खुट्टा झिकेकै हो त ?
null

हिजो माघ २३ मा श्री ४ ओली सरकारको कथित जनप्रदर्शन सकिएको छ । उखान र गालीको प्रतीक ओलीको बोलीले उनी मानसिक रूपमा गलेको देखाइसकेको छ । अपेक्षा अनुसारको जनसहभागिता नपुगेको साइबर स्यालहरूले नै स्वीकारिसकेका छन् । तर पनि जुन धृष्टताको प्रदर्शन कामचलाऊ श्री ४ ओली सरकारले गरेको छ र गर्दैछ, यसले झिनो रूपमै भए पनि भ्रम सिर्जना भने अवश्य गर्ने देखिन्छ । तर विश्वका तानाशाहदेखि नेपालका तानाशाहहरूले फिँजाउँदै आएका भ्रम र वास्तविकतालाई केलाएर हेर्दा जनबलको तागतको अनुमान लगाउन अवश्य सकिन्छ । जनबल नै हो जसले विश्वका हरेक किसिमका तानाशाहहरूलाई परास्त गर्दै आएको छ ।

धेरै पर जानु आवश्यक नहोला, पछिल्लो शताब्दीमै मुसोलिनी, हिटलर, पोलपोट, चाउचेकस्कू, मिलोसेभिच जस्ता तानाशाहहरू गर्ल्यामगुर्लुम ढलेको इतिहास साक्षी छ । यी यस्ता तानाशाहहरू हुन् जो जन्मैले असीमित अधिकार लिएर आएका राजा वा सम्राटहरू थिएनन् । शुरूमा सामान्यजन नै थिए । अग्रगमनकै बाँसुरी बजाएका थिए । फासी, नाजी र लालफित्ताशाही जस्ता नयाँ-नयाँ किसिमका तानाशाही मच्चाउने तानाशाहहरू थिए । तर यिनीहरू सबैले दुर्दान्त नै बेहोरे । मुसोलिनी आफ्नी पत्‍नीसँगै इटलीबाट भाग्‍न खोजेका थिए तर कम्युनिष्ट विद्रोहीहरूद्वारा २७ अप्रिल १९४५ मा मारिए । उनलाई फासिस्ट तानाशाहको रूपमा चिनिन्छ । जर्मनीका नाजी तानाशाह हिटलर त सपरिवार ३० अप्रिल १९४५ मा आत्महत्या गरी मरे । उदीप्यमान सोभियत संघ कब्जा गर्न गएका उनका नाजी सैनिकहरू त्यहीँ मिचिएर सिद्धिएका थिए । रुमानियामा उदाएका लालफित्ताशाह चाउचेस्कूले पनि साम्यवादको आवरणमा चरम नातावाद-कृपावाद अपनाएर सर्वसत्तावाद लादेका थिए । जनविद्रोहले उनलाई पदच्यूत गर्‍यो र २५ डिसेम्बर १९८९ मा उनलाई मृत्युदण्ड दिइयो । पोल पोटले कम्पुचिया कम्युनिष्ट पार्टीलाई नै विघटन गरे । ओलीले ठीक त्यस्तै सिको गरेको बुझिन्छ । उनी आफू त कहिल्यै कम्युनिष्ट आचरणमा बस्तै बसेनन्, मौका पाए सिङ्गै पार्टीलाई कुनै बेला विघटन गर्न सक्छन् । पोल पोटले कम्बोडियामा साम्यवादकै बुई चढी खमेर रूज राष्ट्रवादलाई उकासेका थिए जसरी ओली अहिले मण्डले राष्ट्रवादलाई उकास्दैछन् । तर पोल पोट मानवता विरोधी अपराधको सजाय भुग्तान गर्ने डरले जंगलमै गुप्तवासमा १५ अप्रिल १९९८ मा मृत्युवरण गरे । त्यसै गरी सर्वियाका राष्ट्रपति स्लोबोदान मिलोसेभिच पछि युगोस्लाभियाका राष्ट्रपति भए । तर उनी सर्बियाली राष्ट्रवादको नाममा क्रोएशियालीहरूमाथि ठूलै दमन गरे । लाखौंको हताहत भयो । द हेग अदालतको हिरासतमै ११ मार्च २००६ मा उनको मृत्यु भयो । मूलतः उनी स्वायत्तता विरोधी थिए । स्वायत्तताको उनी विरोधी भएर लाखौंको ज्यान त लिए तर युगोस्लाभिया विश्व मानचित्रबाट हरायो । यस फासी, नाजी, लालफित्ताशाही जुन प्रकारको भए पनि तानाशाहहरू जनताका अगाडि कि त घूँडा टेक्छन् कि खलनायकको रूपमा मृत्युपश्चात पनि चिनिन्छन् ।

हाम्रो रष्ट्रिय सन्दर्भमा राजा महेन्द्रले लोकतन्त्रको घाँटी निमोठी आफ्नो सुरक्षाकवच ‘पंचायत’ ल्याएको दिनको भौतिक अनुभूति मैले गर्न सकिन । तर महेन्द्रदेखि वीरेन्द्रसम्मको पंचायती धङधङी र ज्ञानेन्द्रको प्रतिगमनको रजाइँ भौतिक रूपमै व्यहोरेको छु । आफ्ना अग्रजहरूबाट राणा शासनका कथा-व्यथाहरू पनि सुनेको छु, इतिहासमा पढेको पनि छु । जुँगा खौरेका जति सबैलाई काँग्रेसी क्रान्तिकारी देख्‍ने राणाहरूको दोषी चश्माको कमाल थियो । शिकारको नाममा उनीहरूको महिनौको सवारी मधेशमा हुन्थ्यो । ती सवारीहरूको बयान सुनी साध्य हुँदैनन्, देखी साध्य त कति हुनु अनुमान गर्न सकिन्छ । बाजागाजा, लावालस्कर, नाच-झाँकी सबैको साथै सुरा र सुन्दरीको निकृष्ट जोहो गर्नु पर्थ्यो हजुरियाहरूले । तर २००७ सालमा श्री ३ गए । नेपाली काँग्रेसले राणाको खोपीमा बन्दी राजशाहीलाई संवैधानिक मात्रै बनाउन चाहेको थिएन, राजा त्रिभुवनले नै २००७ सालमा संविधान सभा र गणतन्त्र स्वीकार गरिसकेका थिए । तर उनका छोरा महेन्द्रले २०१७ पुस १ मा संसदीय व्यवस्था निले, पुस २२ मा निर्दलीय पंचायत ल्याए, २०१९ पुस १ मा पंचायती व्यवस्था चलाउने संविधान ल्याए । त्यसको व्यवस्थापनका लागि विभिन्न ऐन-कानून र शाही घोषणा पनि पुस १ मा गर्दै गए । त्यसैले पंचायत रहुञ्जेल पुस १ गते महेन्द्रको सम्झनाको साथै संविधान दिवस मनाइन्थ्यो । पंचहरूको र्‍यालीमा ठूलो भीड र भोजभतेरको आयोजन हुन्थ्यो । तिनको छोरो वीरेन्द्रको पालामा पुस १ भन्दा पनि पुस १४ प्रभावी भयो । पछि कात्तिक २२ पनि महत्त्वपूर्ण बनेको थियो । पुस १४ राजा वीरेन्द्रको र कात्तिक २२ रानी ऐश्वर्यको जन्मदिन थिए । ठूलै र्‍याली तथा भोजभतेर र नाचगानको आयोजन हुन्थ्यो ।

पछिल्ला दिनहरूमा पंचायतलाई नै सघाउनको लागि राष्ट्रिय खेलकुद परिषदको पनि स्थापना गरियो । पंचर्‍यालीहरूमा खेलाडीको नाममा मण्डलेहरूको खुबै बिगबिगी देखिन्थ्यो । हुँदाहुँदा पंचायत फाल्नको लागि २०४६ सालमा नेपाली काँग्रेस, संयुक्त बाम मोर्चा र संयुक्त राष्ट्रिय आन्दोलन समितिले गरेको जनान्दोलन दबाउनको लागि पंचहरूले प्रतिकार समिति बनाएका थिए । बहुदलीय आन्दोलनकारीहरूको नाममा सिधासादा जनतालाई समाउने र निर्दलीय पंचायत स्वीकारेको कागज गराई हुइयाँ पिटाउने गरिन्थ्यो । तिनताक पनि पंचर्‍यालीको खुबै बिगबिगी थियो । फुस र खपडाका छानाहरूमाथि पनि राजाको तस्वीर सजाई पूजा गर्न लगाइन्थ्यो । मूर्ती पूजा नमान्ने कवीरपन्थी मठहरूमा पनि शालिग्राम राख्‍न लगाएर पूजा गराइन्थ्यो । राजाका त्यस्ता हर्कतहरूले आन्दोलनकारीहरूको मनोबल सतहमा कमजोर भएको त देखाउँथ्यो तर यथार्थ त्यस्तो थिएन । आखिर पंचायतलाई जनान्दोलनले ढालेरै छाड्यो ।

तर संवैधानिक राजा बन्न पनि ज्ञानेन्द्रलाई मन परेन । उनले त कथित नेपाली बाहेक अरू भाषा बोल्न पनि प्रतिबन्ध लगाएका थिए । सांकेतिक रूपमा उनको ‘बोल्नु परे बोल नेपाली नै’ बोलको गीत दिनहुँ दर्जनौं चोटी रेडियो-टेलिभिजनमा बज्‍ने गर्दथ्यो । विकासको गफ र पंचर्‍याली उनको पनि विशेषता नै रह्यो । जनयुद्ध दबाउन विकासको आवरणमा शाही सेना परिचालन र जनान्दोलनको प्रतिकारमा पंचर्‍यालीको आयोजना गरिन्थ्यो । फलतः जनयुद्ध र जनान्दोलनको रापतापका अगाडि उनी टिक्‍न सकेनन् । अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संवैधानिक गरेका छौं र व्यवस्थित गर्न कोशिस गर्दैछौं । तर राजनीतिक व्यवस्थाको सुदृढीकरण र स्थायित्व शासकहरूको चरित्रमा भर पर्छ ।

कुनै पनि राणा प्रधानमन्त्रीले कुनै किसिमको प्रणालीको विकास गर्न चाहेन, राणाशासन गयो । नेपाली काँग्रेसको आपसी द्वन्द्व र नेपाल कम्युनिष्ट पार्टीभित्र रायमाझी जस्ता घाँसे गोमन साँपहरूको कारणले राजा निरंकुश भई संसदीय अभ्यास दस वर्ष पनि टिकेन । राजा महेन्द्र र वीरेन्द्र अर्थात दरबारले नै पंचायत प्रणालीलाई प्रयोगशाला बनाएको कारणले पंचायत पनि गयो । गिरिजा प्रसाद कोइराला, शेरबहादुर देउबा र राजा ज्ञानेन्द्रको कारणले संवैधानिक राजतन्त्रात्मक संसदीय व्यवस्था पनि पुनः फालिएर संघीय लोकतान्त्रिक गणतन्त्र आएको हो । तर संघीय लोकतान्त्रिक गणतन्त्रको प्रथम निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओली एवं राष्ट्रपति विद्यादेवी भण्डारीले यस राजनीतिक व्यवस्थामाथि पनि ग्रहण लगाएका हुन् । मूलतः ओलीको असहिष्णु, व्यक्तिवादी तथा स्वेच्छाचारी चरित्रले गर्दा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को करीब दुई(तिहाइ बहुमतको सरकारका स्वयं अयोग्य प्रधानमन्त्री ओली आफैंले प्रतिनिधि सभा विघटन गरेका हुन् ।

यदि सर्वोच्च अदालतले ओलीको यस असंवैधानिक कदमलाई खारेज गरेन भने यस संविधानको पनि मृत्यु भएको बुझ्दा हुन्छ । किनभने संविधानको कुनै धारा टेकेर प्रतिनिधि सभाको विघटनको सिफारिश प्रधानमन्त्रीले नगरेको र राष्ट्रपतिले संविधानका जुन-जुन धारा र उपधाराहरूलाई लगाएर सिफारिश सदर गरेका हुन्, तीमध्ये कुनैले पनि प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार दिएको छैन । ओलीले यस असंवैधानिक कदम पछि अन्य हर्कतहरू पनि असंवैधानिक त गर्ने नै भए र गर्दै पनि गएका छन् । किनभने प्रतिनिधि सभा विघटन पछि उनी आफैं कामचलाऊ प्रधानमन्त्री हुन पुगेका छन् तर यो सत्य मान्नका लागि तयार छैनन् । त्यसैले उनी स्वयं प्रतिनिधि सभाको विघटन मान्न तयार छैनन् । त्यसैले उनी मन्त्रिपरिषदको विस्तार र संवैधानिक परिषद सहित संवैधानिक आयोगहरूमा असंवैधानिक नियुक्तिहरू गर्न पुगेका छन् ।

स्वाभाविक छस राणा र राजालाई तह लगाउने नेपाली जनता र नेपालको वाम-लोकतान्त्रिक शक्तिहरू मुकदर्शक भएर बस्‍न सक्तैनन् । त्यसैले उनले फासी-नाजी-लालफित्ताशाही वा भनौं मण्डले राष्ट्रवादी चरित्र अपनाइरहँदा उनकै पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उनलाई साधारण सदस्यताबाट पनि निष्काषित गरिसकेको छ र उनको विरुद्ध सिङ्गै पार्टी सडकमा छ । अनुशासनहीन ओली त्यसको प्रतिकारमा छन् । आफूलाई कारवाई गर्ने दलको प्रतिकारमा उत्रिनु भनेको पतनको बाटो समात्‍नु नै हो । त्यसैले ओली कम्युनिष्ट त रहँदै रहेनन्, सामान्य लोकतान्त्रिक चरित्र पनि बाँकी राखेका छैनन् । त्यसैको फलस्वरूप आफ्नो विरोध गर्ने आफ्नै दलको विरुद्ध उनी पनि सडकमा आएका हुन् । वास्तवमा सत्ता डुब्‍न लागेकै अवस्थामा सत्ताधारीहरूले शक्ति प्रदर्शन गर्दछन् जसका उदाहरणहरू माथि दिइसकिएका छन् ।

माघ ९ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ओलीको प्रतिनिधि सभा विघटनको विरोधमा जनप्रदर्शन गर्‍यो । त्यसको लगतै ओलीले संवैधानिक परिषद सहित संवैधानिक आयोगहरूमा असंवैधानिक नियुक्तिहरू गरे र आफ्नै दलको विरोधमा हिजो माघ २३ मा काठमाडौमा जनप्रदर्शन पनि गरे । यो जनप्रदर्शन हिजोका जनान्दोलनहरूको प्रतिकारमा दरबारले गराउने पंचर्‍यालीहरूकै नक्कल हो, त्यसैले यो पंचर्‍याली नै हो । तसर्थ चोरको खुट्टा काट्छु भन्दा चोरले खुट्टा झिकेकै ठहर्छ ओलीको यो करतुत हेर्दा । यस अवस्थामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धन्यवादको पात्र छ जसले आफ्नै महासचिव डॉ. केशरजंग रायमाझी २०१७ सालमा दरबार पस्दा कॉ। पुष्पलालको नेतृत्वले तिनलाई कारवाई गरी अगाडि बढेको थियो र अहिले पनि ओली प्रतिगामी तानाशाह बन्न खोज्दा कॉ. प्रचण्ड-नेपाल नेतृत्वले केपी ओलीलाई कारवाई गरी सिङ्गो वाम-लोकतान्त्रिक आन्दोलन बचाउन आन्दोलनरत छ ।

 

viber sharing button
डा. गाेपाल ठाकुरबाट थप
होलीको यथार्थ
होलीको यथार्थ शुक्रबार, चैत ४, २०७८
एकीकरण कि चिरहरण ?
एकीकरण कि चिरहरण ? शुक्रबार, फागुन २८, २०७७
ओलीको प्रतिगमन र मातृभाषा दिवस
ओलीको प्रतिगमन र मातृभाषा दिवस आइतबार, फागुन ९, २०७७
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
बाघको छालामा स्यालको रजाइँ
होलीको यथार्थ
नाम र पैसाको पछाडि लाग्दा गुमेको ‘मानवता’
नेपाल रहेसम्म श्री ५ पृथ्वीनारायण अमर रहने छन्
अन्योलको भुँमरीमा एमसीसी परियोजना
एमाले महाधिवेशन- भूगोलमा खटिएका नछुटून्, नेतासँग सेल्फीमै रमाउने नअटून्
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP