मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, March 07, 2021 |आईतबार, फागुन २३, २०७७
  • ई-पेपर इकोनोमिक पोस्ट
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Fresho
समाज
  • गृहपृष्ठ
  • त्यसपछि छोड्न बाध्य भएँ त्यो सहर...
त्यसपछि छोड्न बाध्य भएँ त्यो सहर...
लक्ष्मी जैशी
लक्ष्मी जैशी शनिबार, माघ १७, २०७७ मा प्रकाशित
93 Shares
viber sharing button
त्यसपछि छोड्न बाध्य भएँ त्यो सहर...

जिन्दगी जिउने सिलसिलामा कहिले कतै कहिले कतै भौँतारी रहेँ । जुन कुरा बाट भाग्ने गर्थेँ, म जहाँ गए पनि त्यो कुराले पछ्याइरह्यो । यस्तै भौतारीने क्रममा एउटा अनजान सहर अनि मन नभएकाहरूको बस्तीमा बसाइ सर्न पुगेछु । जिन्दगी त चलाउनु प-यो । एउटा चिनेको मान्छेको माध्यमबाट म गएको ठाउँ एउटा अफिसमा कुरा गरेर कुरा गरेको भोली पल्टै काममा जान थालेँ । सबै ठिकै थियो...। नयाँ ठाउँ नयाँ मान्छे सुरुमा अप्ठेरो त भयो न, काम गर्ने ठाउँमा केटी मान्छे २/३ जना मात्र थिए हरेकको आ–आफ्नो समयमा काम हुने कसैसँग बोल्नु पर्ने अवस्था आउँदैन्थ्यो । एक दुई दिन गर्दै काममा जाने बानी प-यो ।

काम गर्ने ठाउँमा मलाइ कोही पनि मन पर्थेन सबै घमन्डले भरिएका जस्ता देखिन्थे सबैमा आ–आफ्नो स्वार्थ । यस्तैमा एउटा स्टाफ म सँग बोल्न खोज्थे, वास्ता गर्न खोज्ने, एकदम नम्र स्वभावको सहयोगी भावना भएको । केहि दिन उसको र मेरो हिँड्ने बाटो एउटै भएको थियो, म बस्ने ठाउँ तिर उसको पनि बसाइ रहेछ । कसैले उ बाट बचेर रहनु त्यो अलि त्यस्तै छ भनेका थिए । मलाइ उ त्यस्तो लाग्थेन राम्रो पनि लाग्थेन उ सँग हिँड्नै अप्ठेरो लाग्थ्यो । मैले उ सँग सङ्गत गर्दा त्यस्तो पाइन, किन त्यस्तो व्यवहार गरोस् त उसलाई त सबै थाहा भयो को सँग कसरी नजिक हुन सकिन्छ भनेर । बिस्तारै उ मसँग अलि बढी नै नजिक हुन खोजी रहेको थियो । अरूको प्रशंसा गरेर सबैलाई ठिक्क पार्दिने । मलाइ उसको कुराको विश्वास लाग्थेन म काम बाहेक बिना कारण बोल्न चाहन्थेँ । काम गर्ने ठाउँमा उ र म सँगै बसेर काम गर्नु पर्ने हुन्थ्यो, त्यही बाहनामा उ झन् नजिक भयो । उ सँग कुरा त गर्थेँ साथी जस्तै थियो । हामी नास्ता गर्न पनि सँगै जान्थेऔँ ।

दिनहरू बितीराथे बिस्तारै उसले अजिब व्यवहार देखाउन थाल्यो । बसेको बेला विभिन्न बाहनामा छुन खोज्ने, त्यस्तै... शब्दहरू प्रयोग गर्ने दिक्क लगाउने । म केटी मान्छे गाउँमा कस्तो वातावरणमा हुर्केकी अलिकति भएपनि यस्तो बोल्नु हुँदैन भन्ने थाहा थियो र मैले यस्ता शब्द सुनेकी पनि थिएन । उसका शब्दले असह्य हुन्थ्यो मलाइ, तर मैले कसैलाई केहि भन्न सकेन कस्लाइ के भन्थेँ । फेरी म केटी मान्छे मैले पो बिचार पु-याउनु पर्ने केटा त त्यस्तै हुन् उनीहरुले गल्ती गरेपनि बेइज्जत त केटीकै हुन्छ भन्ने समाज मा हुर्केकी म । जे जस्तो भएपनि सहन्थेँ यस्तो नगर्नु मलाइ मन पर्दैन बाहेक केहि भन्न सकिन ।

एक दिन उसले मलाइ प्रेम प्रस्ताव राखे जस्तो गरेर भनिरहेको थियो कि म माया गर्छु भनेर । उसको कुरा सुनेर रिसले हाँसो लाग्यो, उसको आँखामा त्यो झुट स्पष्ट देखिन्थ्यो । मैले उ अरू केटी सँग त्यसरी बोलेको देखेकी थिएँ त्यसैले मैले वास्ता गरिन । मलाइ जहिले दिक्क बनाइराख्ने म सुनाइरहन्थेँ त्यस्तो गर्नु भनेर को हुन् तिनीहरू त्यति सँग बोल्छस् तेरो आफ्ना मान्छे छदै छन् म सँग यस्तो गर्नु ठिक होइन भन्दा, तिनीहरूसँग त्यस्तो केहि छैन त्यस्तैको लागि मात्र हुन् माया त तलाइ गर्छु धेरै राम्रो मान्छु म सुध्रिसकेँ तैँले जे भन्छेस् मान्छु तैँले सुधारिस् मलाइ भनेर जिद्दी गरिरह्यो । मलाइ विश्वास लाग्दैन तँ राम्रो मान्छे होइनस् भनेर टारिरहेँ, कसै न कसैलाई त विश्वास गर्नै पर्छ भन्दै पछि परीह्यो । काम गर्न छोडीदिउँ लाग्थ्यो, कस्तो ठाउँमा आएर कस्तो मान्छे सँग भेट हुनु पर्याे भनेर दिक्क लाग्थ्यो ।

यो सिलसिला यस्तै चलिरह्यो । धेरै पटक सँगै हुनुपर्ने काम परिरह्यो । उ मेरो धेरै ख्याल गथ्र्याे हरेक कुरामा सल्लाह दिने । म पनि हरेक कुरा उसैलाई नै सोध्थेँ । कति लाटी थिएँ म आफ्नो गल्ती नभएपनि मैले होइन भन्न नसक्ने तर उ यती बाठो कि आफूले जस्तो सुकै गल्ती गरेको भएपनि कसैलाई केहि भन्ने मौका दिदैन्थ्यो । आफन्त साथी सबैसँग राम्रो सम्बन्ध, आफ्नालाई सहयोग गर्न मरिमेट्ने । घर परिवारको धेरै ख्याल राख्ने । मन न हो सोचेँ मेरो हरेक अवरोधमा साथ दिन्छ । अनि जो कुरा मैले सुनेकी र देखेकी थिएँ त्यसको कारण बुझ्न मन लाग्यो किन यस्तो गर्छ होला त? बाटो बिराएको हुनुपर्छ मेरो प्रयासले केहि हुन्छ कि भन्ने लागेर चित्त बुझाएँ ।

मैले भनेको कुरा कहिल्यै नाइँ भनेन । म पनि उसलाई आफूले सक्दो सहयोग गर्थेँ । सुरुमा ऊसँग हिँड्नै अप्ठेरो मान्ने म उसको चिन्ता गर्न थालेछु । उ भोकै बसेको उसलाई कसैले तनाव दिएको मन पर्थेन मलाइ । बिस्तारै फोनमा कुरा हुन थाल्यो । दिनभरि सँगै हुँदा पनि फोनमा घटौँ कुरा गर्न थाल्यौँ, मलाइ बिहानै फोन गरेर उठाउने गथ्र्याे । केहि काम गर्नु पर्दा सल्लाह लिने, आज यस्तो भयो, आफ्नो उपलब्धि सुनाउने, समस्या कसरी समाधान गर्ने तैँले यस्तो गर्दा राम्रो होला यस्तै यस्तै कुराहरू बारे छलफल गर्नेगथ्र्र्योे । बानी परेछ मलाइ उसको, मेरा हरेक काममा उसलाई नै लिएर जाने, फोन गरेन भने रिसाउने, अबेर सम्म राती बाहिर नबस्नु, भोकै नबस्नु, समयमा सुत्नु यस्तै कुराले सताउँथे । अनि केटीहरूसँग च्याट र फोन गरेको सुन्थेँ त्यसरी नबोल, सबैसँग एउटै व्यवहार गर्नु हुँदैन उनीहरूलाई नि दुख लाग्छ भनेर सधैँ भनी रहेँ । साथी त हुन्छन् तर ती साथी थिएनन् । उसको त्यो व्यवहारले धेरै दुख लाग्थ्यो । मैले गरेको होइन आएको फोन उठाएको हुँ म सुध्रिसकेँ तँ चिन्ता नगर सबै कुरा एकै चोटि हुँदैन समय लाग्छ भनेर मलाइ ठिक्क बनाउँथ्यो । भेट हुँदा कुरा गर्ने मौका मिल्दा आफ्ना बिगतका धेरै कुराहरू सुनाउँथ्यो को को सँग के के भयो भनेर हरेक दिन नयाँ कहानी सुन्दा पनि अचम्म लाग्ने पहिले जे जस्तो भएपनि पहिलेको भन्दा अलि फरक पाएको थिएँ केटीलाई भेट्न जाने केटीको लागी मरिहत्ते गर्ने क्रियाकलापमा अलि कमी आएको देख्थेँ ।

पहिले जे गरेको भएपनि अब त्यस्तो गर्दैन भनेर उसको धेरै विश्वास लाग्थ्यो । मैले चाहेको पनि त्यै थियो उसले त्यति धेरै सँग बोलेर मेरो अनि उनीहरूको मन नदुखाओस् उ राम्रो मान्छे भएको हेर्न चाहन्थेँ । तर उसले केटीहरूसँग बोल्न छोडेन । सधैँ राती फोन गर्ने मान्छे पछि निन्द्रा लाग्छ सुत्छु समयमा सुत्नु पर्छ तैँ भन्छेस् भन्न सुरु गर्याे । मत उ सुखी भएको हेर्न चाहने, हुन्छ भनेर सुत्थेँ म पनि । एक दिन राती निद्रा खुलेपछि ऊसँग कुरा गर्न मन लागेर फोन लगाएँ फोन बिजी थियो । सोचेँ घरमा कुरा भइरा होला । धेरै बेरपछि फेरी लगाएँ मेरो फोन काट्यो अनि कल गरेर भन्यो के भो अहिले सम्म किन नसुतेको? मेरो मोबाइल मसँग थिएन साथी फोन गर्दै थियो । उ यती धेरै झुट बोल्छ र उसले झुट बोलेको मलाइ थाहा भइहाल्छ भन्ने जान्दा जान्दै पनि झुट बोल्यो । म फोन गर्थेँ उ सधैँ बिजी । सँगै बस्ने साथी नहुँदा ऊसँग कुरा गर्दै थिएँ त हुँदा उसले मेरो मोबाइल लगेर फोन गर्दैथ्यो भनेर झुट बोलिरह्यो । अनि रातभरि अरूसँग हुँदा गाली गर्ने को होस किन मतलब गर्छेस् म जे गरूँ मेरो व्यक्तिगत जीवनमा हस्तक्षेप नगर भन्दै सधैँ पागल बनाउने । धेरै रिस उठ्थ्यो रोएरै रात जान्थ्यो। अब त्यो सँग बोल्दिन भनेर नम्बर ब्लक गर्थेँ उज्यालो भएपछि म यस्तै छु रिस उठेको बेला के के बोल्छु थाहा पाउँदिन भनेर मन पगालिहाल्ने उसको व्यवहार अनुसार चल्नु परेको थियो, खुसी भएर बोल्दा त्यसरी बोल्नु पर्ने गाली गरे पनि सहनु पर्ने । आफ्नो गल्ती लुकाउन अरूमा दोष थुपार्ने बानी थियो उसको ।उसको यस्तो व्यवहारले मलाइ कति पिडा हुन्थ्यो सधैँ रुन्थेँ म, बुझेन कहिले । मलाइ पनि ख्याल गरेजस्तो गर्ने अरूसँग नि त्यस्तै । झुट को त खेती नै प्रत्येक शब्दमा झुट त्यति भएर पनि होइन भनेर फेरी सम्झाइहाल्ने रातभरि रिसले रुने म बिहान उसले सम्झाउँदा विश्वास गरिहाल्थेँ । बढी जसो सँगै हुन्थ्यौँ उसको बारे सबै थाहा हुन्थ्यो त्यै भएर झन् पिडा हुन्थ्यो मलाइ । यहि कारण सधैँ झगडा हुने बिस्तारै मन टुटिरहेको थियो ।

त्यसका धेरै करतुतहरू सुनाइरहन्थ्यो मलाइ । कहिले कोसँगको कहानी कहिल्यै कोही । अरूले त केहि भनेका थिएनन् जति मैले नजिकबाट हेरेँ । उसलाई त सानै देखि बानी परेछ के राम्रो के नराम्रो सिकाउनेको कमी थियो या के भयो मैले बुझ्न सकिन । ९ कक्षाबाट नै घर छोडेको एकदमै गलत बाटोमा लागिसकेछ । उसलाई त गलत कहिले लागेन लत लागिसकेको थियो ।

उसलाई त्यै संसारमा रमाएर झुट र गलत लतमा लागेको पत्तै भएन । यो दुनियाँ पैसा, रक्सी र केटीको पछाडि दगुरेको छ भन्ने उसले त्यो कुरा बाहेक अन्त रमाइलो देख्दै देखेन मेरो माया र हेरचाहको के फरक पथ्र्याे र उसलाई । उसले भनेको थियो पहिले काम गर्ने ठाउँमा केटीहरू मलाइ राम्रो मान्ने मसँग बोल्न खोज्ने म रुममा जाऊँ भनेर ल्याउँथे सुरुमा त नाइँ नाइँ भन्थे पछि कोही न कोही आइहाल्ने । केटी देख्यो की उसको मनमा किन त्यस्तो सोच आउँथ्यो बुझिन मैले । पहिले म बसेको कोठामा केटीहरू आउँथे र कति सँग के भयो धेरैलाई त चिन्दिन अब । यसको लागि मान्छेले कत्रो मेहनत गर्नुपर्छ पाएको मौका किन गुमाउने लत होइन म छोड्न सक्छु भनेर भन्थ्यो । त्यसको कुरा सुनेर साहै चिन्तामा थिएँ, मैले यस्तो मान्छे कहिले देखेकी थिएन ।

बिस्तारै रोजगारीको सिलसिलामा सहर पसेछ । कलेज पढ्न सुरु गरेको रहिछ । त्यस्तो बानी गरेको मान्छे कलेजमा पनि धेरै सँग नजिक भएछ । उसका यती धेरै कुरा कसरी सुन्न सके हुँला कसरी सहन सकेँ हुँला पागल जस्तै भइसकेकी थिएँ । अलग अलग दिन फरक फरक कहानी सुनाउँथ्यो । सहरमा पढाइसँगै जागिर गरेको रहेछ । त्या पनि कुनै केटी सँग महिनौँ सँगै बसेछ कलेको केटीसँग कुरा गर्ने ऊसँग सँगै बस्ने, कुरा गरेको नि उसले केहि भन्थिन भन्थ्यो । मैले केटी सँग त्यसरी बोलेको देखेर गाली गर्दा तँ भन्दा त त्यै राम्री थी मैले भनेको मानेर अरू सँग बिहे गरेर गई भनेर सुनाउँथ्यो ।मलाइ अचम्म लागेको कुरा के भने महिनौँ सँगै बसेको केटीलाई आफ्नो साथीसँग पठाइदिएछ । मैले बुझ्न सकिन कस्तो मन हो खै केटीको पनि आज राती सम्म सँगै बसेको मान्छेलाई छोडेर भोलिपल्ट अर्कोसँग जान कसरी मान्यो होला मनले । त्यति मात्र नभएर उ गएको केहि दिनमै जागिर खोज्दिन्छु भनेर अर्की केटी आफू बसेको पल्लो रुममा बसालेछ त्यो त नामको मात्र कोठा थियो सँगै बस्दा रहिछन् । फोनमा कुरा हुने र भेट हुनेहरू अलग छन् ।

पल्लो कोठाकी केटी सँग बस्दै गर्दा मसँग भेट भएछ । अरूसँग जे भए नि तलाइ त्यस्तो सोचेन भन्थ्यो । यती धेरै कुरा भनेको छ अब त गलत गरेछु जस्तो लाग्यो होला सोचेँ । उसले त्यसरी कुरा गरेको थाहा पाएर म रिसाउँदा गल्ती भयो भनेर माफी माथ्यो, सधैँ गल्ती गरिरह्यो माफी मागिरह्यो । उ मलाइ गुमाउन चाहन्थेन म पनि सम्बन्ध बचाउन हर कोसिस गर्ने उसले गरेका गल्ती पनि नदुखेको जस्तो गर्थेँ । तर उसले आफ्नो बानी कहिले छोडेन तँलाई के चाहियो बोल्दैमा के हुन्छ ? तँलाई धेरै राम्रो मान्छु । म सधैँ एउटै कुरा भन्ने गर्थेँ कि उनीहरूलाई थाहा छैन तँ यसरी सबै सँग कुरा गर्छस् भनेर थाहा पाएपछि धेरै दुख लाग्छ। कसरी थाहा हुन्छ नचाहिने कुरा नगर भनेर झगडा गरिरहने । कतीको फोटो देखाएको थियो नं पनि थाहा थियो फोन गरेर सोध्न मन लाग्थ्यो कहिले सम्म हो किन यस्तो गर्दछौ भनेर तर सोधिनँ उनीहरूको पनि मन हो कति धेरै माया गर्थे ।

दिभरी म देखि लुकिलुकी फोन गरेको देख्दा उनीहरूसँग त्यसरी बोल्ने मन लाग्छ त्यत्रो माया लाग्छ भने म सँग बोल्नै पर्छ भन्ने छैन मसँग नबोल भन्ने गर्थेँ त्यस्तो होइन भनेर अल्झाइरह्यो । एक दिन रातभरि कुरा भएको थाहा पाएँ कोसँग हो भन्दा पहिले पटक साँचो बोलेको थियो । गलफ्रेण्ड हो रे सहनै सकिन मैले, कति सजिलै भन्न सक्यो होला । म फोनमा रोइरहेकी थिएँ सम्झाउँदै गयो के भयो त मान्छेका कति हुन्छन् मेरा २ मात्र, तर गल्ती भएकै हो सुधार्छु । त्यत्रो गरेर पनि मनले मानेन भोली फेरी बोली हालेँ । फेरी दुई चार दिन ठिकै भयो । एकचोटी एउटा कार्यक्रममा अलि टाढाको सहर जाने अवसर मिलेको थियो उसलाई जाने बेला भेटेर जान्छु भनेको थियो भेटेन । मैले राम्रो सँग जानु भनेर मोबाइल नम्बरमा मेसेज गरेकी थिएँ रिप्लाई आएन, फेसबुकको मेसेज हेरेन । उता गएपछि कहिले पुग्यो के भयो थाहा पाइन मैले फोन गर्दा ‘बिजी’ छु भन्थ्यो कार्यक्रममा गएको मान्छे व्यस्त त हुने नै भए । कहिले काम पर्दा समेत कुरा हुन सकेन उसलाई मेरो लागि कहिल्यै समय भएन । आउँदै छ भन्ने थाहा पाएर फोन गरेकी थिएँ अझ केहि दिन लाग्छ घुम्न जाने हो भनेर झुट बोल्यो । मैले सोचेँ सरपराइज दिन खोज्दै छ । ६ दिन पछि फर्किएको थियो मैले गरेका मेसेज हेर्दै हेरेन । उताबाट आएर बिहान अफिस पुगेको थियो बोलेन मसँग । दिनभरि त्यस्तै बित्यो साँझ पख फोन लगाउँदा व्यस्त भनिरहेको थियो नम्बर ब्लग गरेछ । बल्ल तल्ल अर्काे नम्बरमा फोन लागेर कुरा भयो आएको थाहा पनि पाएन नम्बर किन ब्लक गरेको भनेँ, किन भन्नु पर्याे मतलब नगर मेरो तँ को होस् र ? मेरो उता लभ परेको छ फोन मेसेज नगर भनिहाल्यो केटी देख्यो कि लभ पर्ने त्यो नयाँ कुरा त थिएन, बुझ्ने भयो सोच्थेँ यस्तो कुरा गरेर मेरो मन नटुटा मलाइ गाह्रो हुन्छ मन सँग नखेल भन्न मात्र पाथे,उसको जवाफ ‘तेरो मन टुटाएँ त्यसको बदलामा के क्षतिपूर्ति माग्छेस् माग तर मलाइ छोडिदे’ । म निःशब्द भएँ आँखाबाट आशु बगाउन बाहेक केहि गर्न सकेन र संसारको जुनसुकै वस्तु मागेको भएपनि उसले त्यसको क्षतिपूर्ति तिर्न सक्थेन । हरेक दिन नयाँ नयाँ सम्बन्ध बनाउनेलाई के थाहा मायाको कुनै मूल्य हुँदैन भनेर । धेरै सम्झाएँ, फोन काटेर सबैमा ब्लक गरिसकेछ । आफू ननिदाउन्जेल रातभरि फोन लगाएँ उसको मन पग्लिएन ।

रातभरि कुरा नभएपछि स्पष्ट कुरा गर्छु भन्ने सोचेर बिहान म उ बस्ने ठाउँ सम्म गएकी थिएँ । केहिदिन अगाडी एउटा केटीले काम खोज्दिनु म आउँछु भनेकोे र उसले आउनु म खोज्दिन्छु भनेर कुरा गरेको देखेकी थिएँ त्यो केटी आइसकिछ । आफू बस्ने पल्लो कोठामा बसाल्ने भनेर बोलाएको रहिछ । फेरी त्यै दिनचर्या सुरु हुने भयो सुध्रिएन कहिल्यै मैले बोलाएको होइन साथीले हो भनेर जिद्धि गर्दै थियो अगाडी देखाएको कुराकानी बिर्सिएछ सायद ।

जे सोचेर सम्बन्ध अगाडी बढाउन खोजिरहेथेँ त्यो गर्न सकिनँ मैले म हारेँ । यसरी सधैँ टुटिरहन उचित ठानिन बिहानै सदाको लागि आफू बसेको ठाउँ छोडेर हिँड्ने निर्णय गरेँ । त्यसपछि छोड्न बाध्य भएँ, ऊ र ऊ बसेको ठाउँ । मैले त सकिन मान्छे हो उसको पनि मन होला जब उसको मनमा ठेस पुग्छ अनि सबै कुरा थाहा पाउँछ । फेरी पनि सुन्ने रहर त छ कि उ अब सुध्रिसक्यो भनेर ।

यो एक महिलाको वास्तविक जीवन भोगाइ हो । उनको व्यक्तिगत जीवनलाई मध्यनजर गरी परिचय लुकाएका छौँ । यो त हरेक मनको एउटा प्रतिनिधि घटना मात्र हो । समाजमा यस किसिमका धेरै विकृति भइरहेका छन् । महिलालाई मनोरञ्जनको रुपमा लिने समाजका ब्वाँसो अझै जीवित छन् । बलात्कारको स्वरूप नै फेरिएको छ । अचेल जबरजस्ती बलात्कार कसैले गर्दैन भावनात्मक र अन्य प्रलोभनमा पारेर मन अनि भावनाको बलात्कार हुने गर्दछ ।

93 Shares
viber sharing button
Rastriya Banijoya Bannk
CG Digital
Kumari Bank
लक्ष्मी जैशीबाट थप
प्रधानमन्त्री ओलीले गरे दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास 
प्रधानमन्त्री ओलीले गरे दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास  बिहिबार, पुस १७, २०२६, ०५:३०:००
कञ्चनपुरमा चौथो शुक्लाफाँटा पर्यटन महोत्सव सुरु, यस्तो छ उद्देश्य !
कञ्चनपुरमा चौथो शुक्लाफाँटा पर्यटन महोत्सव सुरु, यस्तो छ उद्देश्य ! बिहिबार, पुस १७, २०२६, ०५:३०:००
प्रधानमन्त्री ओली सोमबार कञ्चनपुर जाँदै, उद्योगमन्त्रीले भने- ‘औद्योगिक विकासको युग सुरु भयो’
प्रधानमन्त्री ओली सोमबार कञ्चनपुर जाँदै, उद्योगमन्त्रीले भने- ‘औद्योगिक विकासको युग सुरु भयो’ बिहिबार, पुस १७, २०२६, ०५:३०:००
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
थप ६६ जनामा कोरोना पुष्टि, ५८ डिस्चार्ज
पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना
कटुवा पेस्तोलसहित दुई पक्राउ
बलात्कार आरोपित पक्राउ
कोरोनाबाट विदेशमा थप दुई जनाको निधन
न्यायाधीश श्रेष्ठ र रेग्मीको इजलासमा नेकपा नामको विवाद
Nabil Bank
Salt Trading
Golden Oak
Sagarmatha Insurance
Worldlink
Civil Bank
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट कार्यकारी सम्पादक बाबुराम ढकाल सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना तिनकुने, काठमाडौँ
समाचारका लागि 01-5199576 [email protected]
विज्ञापनका लागि 01-5199575 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2021 All rights reserved. Website Design by : SoftNEP