काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत नेकपाले बुटवलमा विरोध प्रदर्शन आयोजना गरेको छ।
सो सभामा सम्बोधन गर्न पार्टी अध्यक्षहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहितका शीर्ष नेताहरु सभामा उपस्थित भएका छन्।
शिर्षनेतासँगै नेताहरु घनश्याम भुसाल, वर्षमान पुन, युवराज ज्ञवाली, ओनसरी घर्ति, चक्रपाणी खनाल, ठाकुर गैरे लगायतका नेताहरु विरोध सभामा उपस्थित भएका छन्। अहिले नेताहरुले मन्तव्य राख्ने क्रम जारी छ ।






तस्बिर : माधव नेपालको फेसबुक पेजबाट