मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, March 07, 2021 |आईतबार, फागुन २३, २०७७
  • ई-पेपर इकोनोमिक पोस्ट
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Fresho
खेलकुद
  • गृहपृष्ठ
  • प्रधानमन्त्री कप क्रिकेट : वाग्मती र प्रदेश १ विजयी
प्रधानमन्त्री कप क्रिकेट : वाग्मती र प्रदेश १ विजयी
जनतापाटी
जनतापाटी शुक्रबार, माघ ९, २०७७ मा प्रकाशित
21 Shares
viber sharing button
प्रधानमन्त्री कप क्रिकेट : वाग्मती र प्रदेश १ विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेश र प्रदेश नं १ आ–आफ्नो खेलमा विजयी भएका छन् । वाग्मतीले प्रदेश नं २ लाई ६ विकेटले तथा प्रदेश १ ले कर्णाली प्रदेशलाई ५९ रनले पराजित गरेको हो ।

मूलपानी क्रिकेट मैदानमा प्रदेश २ दे टस जितेर पहिला ब्याटिङ गर्दै ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै १७९ रन बनाएको थियो । एक सय ८० रनको विजयी लक्ष्य वाग्मतीले ४८ दशमलव दुई ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।

वाग्मतीका लागि पृथु बाँस्कोटाले अर्धशतकीय पारी खेले । उनले ७५ बलको सामना गर्दै एक छक्का र चार चौकाको मद्दतमा अविजित रहँदै ५३ रन बनाए । यस्तै विभत्सु थापाले ४७, आकाश थापाले ३२ तथा इशान पाण्डे १५ रन बनाए ।

बलिङतर्फ प्रदेश २ का हरिशङ्कर शाहले दुई तथा विशाल सुसलिङ र कुमार थापाले एक/एक विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गर्ने क्रममा प्रदेश २ का लागि विवेक यादवले ६६ रनको अर्धशतकीय पारी खेले । उनले ७४ बलमा तीन छक्का र तीन चौका प्रहार गरे । यस्तै कुमार थापाले २२, राहुलप्रताप सिंहले १८, सुधिर चौधरीले १५ तथा कप्तान सुरज कुर्मीले १३ रनको योगदान दिए।

बलिङतर्फ वाग्मतीका गौतम केसी एक्लैले चार, रामनरेश गिरीले दुई तथा नन्दन यादव, तिलक भण्डारी र विपीन आचार्यले एक/एक विकेट लिए ।

वाग्मती लगातार तेस्रो खेलमा विजयी भएको हो । वाग्मतीले यसअघि पुलिस क्लब र सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको थियो । वाग्मती शीर्ष स्थानमा छ भने प्रदेश २ चौथो स्थानमा छ ।

प्रदेश १ को सान्त्वना जित

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश १ ले आज सान्त्वना जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लिग चरणको अन्तिम खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई ५९ रनले पराजित गरेको हो ।

प्रदेश १ ले टस जितेर पहिला ब्याटिङ गर्दै २१५ रन बनायो । दुई सय १६ रनको विजय लक्ष्य पछ्याएको कर्णालीले ३५ ओभरमा सबै विकेट गुमाउँदै १५६ रन मात्र बनायो । कर्णालीका लागि विपीन रावलले सर्वाधिक ४७ रन बनाए । यस्तै निश्चल रावलले ३१, कप्तान रविन्द्र शाहीले १८, दिवान पुनले १४ तथा दिनेश अधिकारी ११ रन बनाए ।

बलिङतर्फ प्रदेश १ का मिनास थापा एक्लैले पाँच विकेट लिए । यस्तै दिपेश कँडेलले तीन तथा मनोज तामाङले दुई विकेट लिए ।

यसअघि ब्याटिङ गर्ने क्रममा प्रदेश १ का लागि कप्तान सिद्धान्त लोहनीले ६६ रनको अर्धशतकीय पारी खेले । यस्तै शुभशङ्कर उरावले ३६, मिनास थापाले २५, सर्वण यादवले १७, फिर्दोस अन्सारीले १७ तथा राजन मगरले १० रन बनाए ।

बलिङतर्फ कर्णालीका रविन्द्र शाहीले तीन तथा दिनेश अधिकारी र अनुज चुनाराले दुई/दुई विकेट लिए । प्रदेश १ प्रतियोगिताबाट बाहिरिएको छ ।

21 Shares
viber sharing button
Rastriya Banijoya Bannk
CG Digital
Kumari Bank
जनतापाटीबाट थप
नारायणकाजी श्रेष्ठले भने - ‘अदालतको फैसला राजनीतिक आग्रह प्रेरित’
नारायणकाजी श्रेष्ठले भने - ‘अदालतको फैसला राजनीतिक आग्रह प्रेरित’ ५८ मिनेट पहिले
प्रचण्डले समर्थन फिर्ता लिए पनि बहुमत पुर्‍याउन सक्छौँ : ओली
प्रचण्डले समर्थन फिर्ता लिए पनि बहुमत पुर्‍याउन सक्छौँ : ओली २ घण्टा पहिले
प्रचण्ड-नेपाल पक्षले बोलायो स्थायी कमिटी बैठक
प्रचण्ड-नेपाल पक्षले बोलायो स्थायी कमिटी बैठक २ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
दिपेन्द्रको शतकमा पुलिसले दियो २५९ रनकाे लक्ष्य
अष्ट्रेलियाविरुद्धको टि२० सिरिज न्युजिल्यान्डलाई
मिटिङ राम्रो हुनका लागि इटिङ राम्रो हुनुपर्छ - मन्त्री तामाङ
ब्रेस्टलाई हराउँदै पीएसजी फ्रेन्च कपको अन्तिम १६ मा
मोराटा चम्किँदा युभेन्ट्सको जित
बार्सिलोनाको सहज जित 
Nabil Bank
Salt Trading
Golden Oak
Sagarmatha Insurance
Worldlink
Civil Bank
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट कार्यकारी सम्पादक बाबुराम ढकाल सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना तिनकुने, काठमाडौँ
समाचारका लागि 01-5199576 [email protected]
विज्ञापनका लागि 01-5199575 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2021 All rights reserved. Website Design by : SoftNEP