काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबले पहिलो जित दर्ता गरेको छ ।
बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ६-० गोल अन्तरले पराजित गर्दै पुलिसले पहिलो जित दर्ता गरेको हो ।
पुलिसको जितमा रेखा पौडेल र सिर्जना खड्काले २/२ गोल गरिन् । यस्तै अमृता जैशी र निर्मला बिकले एक/एक गोल गरिन् ।
जितसंगै पुलिसले २ खेलमा ४ अंक जोडेको छ । पुलिस तालिकाको शीर्ष स्थानमा रहेको छ ।
पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मीसँग गोलरहित बराबरी खेलेको थियो ।