मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, March 07, 2021 |आईतबार, फागुन २३, २०७७
  • ई-पेपर इकोनोमिक पोस्ट
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Fresho
इकोनोमिक
  • गृहपृष्ठ
  • नेपाल लाइफ इन्स्योरेन्सको प्रतिशेयर मूल्य ‘स्पलिट’ गरिदैं
नेपाल लाइफ इन्स्योरेन्सको प्रतिशेयर मूल्य ‘स्पलिट’ गरिदैं नेपालको पूंजी बजारको लागि नौलो घटना
जनतापाटी
जनतापाटी बुधबार, माघ ७, २०७७ मा प्रकाशित
33 Shares
viber sharing button
नेपाल लाइफ इन्स्योरेन्सको प्रतिशेयर मूल्य ‘स्पलिट’ गरिदैं

काठमाडौं । नेपालकोे इतिहासमा पहिलो पटक एउटा कम्पनीको शेयरलाई दुई टुक्रा (स्पलिट) बनाई प्रति शेयर अंकित मूल्य घटाएर कारोबार गरिने भएको छ । ठूला पूंजी बजार भएका मुलुकमा शेयर टुक्राएर कारोबार गर्नु सामान्य भए पनि नेपालमा भने विसं २०५० मा नेपाल स्टक एक्सचेन्ज (नेप्से)को स्थापना भएर औपचारिक रुपमा शेयर कारोबार शुरु भएयता अहिलेसम्म त्यसरी कारोबार भएको छैन ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल कायम रहेको प्रतिशेयर अंकित मूल्य रू. १०० लाई घटाएर रू. ५० कायम गर्ने भएको हो । कम्पनीले आगामी माघ २८ गते हुने वार्षिक साधारणसभामा प्रतिशेयर अंकित मूल्य घटाएर लैजाने प्रस्ताव तयार गरेको छ । कम्पनीका संचालकहरु र अधिकांश ठूला शेयरधनीहरु त्यो प्रस्तावप्रति सकारात्मक रहेकोले साधारण सभाबाट त्यो पारित हुने लगभग निश्चित छ ।

आफ्नो कम्पनीको शेयर प्रति आकर्षित रहेका साना लगानीकर्ताको समेत पहुंच बढाउने उद्धेश्यले ‘अंकित प्रति शेयर मूल्य’लाई टुक्राउन लागिएको कम्पनीका एक संचालकले बताए । उनका अनुसार हाल कायम चुक्तापूँजी र बजार पूँजीकरणमा अन्य कुनै परिवर्तन नहुने गरी शेयर संख्या टुक्राउन लागिएको हो । दोस्रो बजारमा हाल कम्पनीको प्रतिकित्ता अन्तिम मूल्य रू. २ हजार ६८९ रहेको छ ।
शेयर खण्डिकरणको निर्णयसंगै बीमा कम्पनीहरूमध्येकै सर्वाधिक चुक्तापूँजी रहेको यस कम्पनीले हाल रहेको शेयर कित्ता दोब्बर हुनेछ । हाल कम्पनीको रू. ५ अर्ब ४९ करोड ६१ लाख ६० हजार ०० बराबरको ५ करोड ४९ लाख ६१ हजार ६० कित्ता शेयर सूचीकृत रहेको छ । साधारण सभाले पूंजीगत संरचना कुनै परिवर्तन नगरे पनि शेयरको खण्डिकरणपछि कम्पनीको सूचिकृति शेयरको संख्या ५ करोड ९९ लाख २३ हजार २१६ कित्ता हुनेछ ।

यसले गर्दा कम स्रोत भएका लगानीकर्ताको पनि कम्पनीको शेयर खरीदमा पहुँच पुग्ने विश्वास गरिएको छ । दोस्रो बजारमा सर्वाधिक रकमको कारोबार गरिरहेको यस कम्पनीको प्रतिशेयर अंकित मूल्य घटे पनि कारोबार अझै बढ्ने अपेक्षा गरिएको छ ।

स्मरणरहोस उक्त कम्पनीले यसअघि पनि प्रतिशेयर अंकित मूल्य घटाउने प्रयास गरेको थियो । कम्पनी ऐनका केही प्रावधानहरुलाई कारण देखाउंदै नेप्सेले अनुमति दिन आनाकानी गरेपछि त्यो प्रयास सफल हुन सकेको थिएन । कम्पनी ऐनमा पब्लिक कम्पनीको शेयरको अंकित मूल्य रू. ५० भन्दा कम हुन नहुने व्यवस्था छ । त्यसभन्दा बढीका लागि वा १० अंकले भाग जाने त्योभन्दा बढी अंक हुन आउने गरी प्रबन्धपत्र तथा नियमावलीमा व्यवस्था भएबमोजिमको रकम बराबर हुने उल्लेख छ । तर अहिले कम्पनी ऐनले पूंजी खण्डिकरण सम्वन्धि स्पष्ट व्यवस्था गरेकाले यो प्रस्ताव अगाडि बढाई कार्यान्वयनको तयारी गरिएको कम्पनीका अधिकारीहरुको भनाई छ । नेपालमा सूचीकृत कम्पनीहरूमध्ये हाल सोल्टी होटेलको मात्र प्रतिशेयर अंकित अंकित मूल्य रू. १०० भन्दा कम छ । सोल्टी होटलको प्रतिशेयर अंकित मूल्य रू. १० रहेको छ ।

33 Shares
viber sharing button
Rastriya Banijoya Bannk
CG Digital
Kumari Bank
जनतापाटीबाट थप
नारायणकाजी श्रेष्ठले भने - ‘अदालतको फैसला राजनीतिक आग्रह प्रेरित’
नारायणकाजी श्रेष्ठले भने - ‘अदालतको फैसला राजनीतिक आग्रह प्रेरित’ १ घण्टा पहिले
प्रचण्डले समर्थन फिर्ता लिए पनि बहुमत पुर्‍याउन सक्छौँ : ओली
प्रचण्डले समर्थन फिर्ता लिए पनि बहुमत पुर्‍याउन सक्छौँ : ओली २ घण्टा पहिले
प्रचण्ड-नेपाल पक्षले बोलायो स्थायी कमिटी बैठक
प्रचण्ड-नेपाल पक्षले बोलायो स्थायी कमिटी बैठक ३ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
कुमारी बैंकको डिजिटल च्यालेन्जमा आइफोन-१२ निःशुल्क
नेप्सेमा दोहोरो अङ्कको गिरावट
च्याउको बीउ बेचेर मासिक एक लाख आम्दानी
अमलेखगञ्ज -लोथर पाइपलाइनको अध्ययन सम्पन्न
चिलिमे विद्युत् केन्द्रमा उत्पादन बन्द
यस्तो छ आज सुनचाँदीको मूल्य
Nabil Bank
Salt Trading
Golden Oak
Sagarmatha Insurance
Worldlink
Civil Bank
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट कार्यकारी सम्पादक बाबुराम ढकाल सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना तिनकुने, काठमाडौँ
समाचारका लागि 01-5199576 [email protected]
विज्ञापनका लागि 01-5199575 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2021 All rights reserved. Website Design by : SoftNEP