मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, May 18, 2022 |बुधबार, जेठ ४, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
सम्पादकीय
  • गृहपृष्ठ
  • आन्दोलनमा ‘समृद्धिको मार्गचित्र’को खोजी
आन्दोलनमा ‘समृद्धिको मार्गचित्र’को खोजी
जनतापाटी
जनतापाटी बुधबार, माघ ७, २०७७ मा प्रकाशित
viber sharing button
आन्दोलनमा ‘समृद्धिको मार्गचित्र’को खोजी

प्रचण्ड र माधव नेपालको उपस्थितिमा मंगलबार काठमाण्डौमा आयोजित सरकार विरोधि एक कार्यक्रममा लेखक तथा पत्रकार नारायण वाग्लेले गहकिलो सुझाव दिए । अहिले भैरहेका आन्दोलनको एजण्डा र नियत माथि प्रश्न उठांउदै उनको भनाई थियो–प्रधानमन्त्री फेर्ने आन्दोलन हो यो ? प्रधानमन्त्री फेर्ने आन्दोलन हो भने जनता सडकमा आउँदैनन् । प्रतिबद्धता फेर्ने हो कि होइन ? तपाईहरुले भन्न सक्नुपर्यो, कहाँकहाँ आन्दोलन गर्नुभयो ? हिजोका कबुलहरु जनआन्दोलनसँग गरेका बाचाहरुमा भूल सुधार गर्नुपर्ने छ, वडापत्रको रुपमा सार्वजनिक गर्नुस् ।

अहिले नेपालका मूलधारका भनिएका अधिकांश राजनीतिक पार्टीहरु सडक आन्दोलनमा छन् । र, ती सबैको मुख्य तारो बनेका छन्, प्रधानमन्त्री तथा सत्तारुढ नेकपाको अध्यक्ष केपी शर्मा ओली । त्यो स्वभाविक पनि हो । किनकी जुनसुकै देशमा पनि सरकारको ‘कार्यकारी नेतृत्व’ले नै सरकारका हरेक निर्णय काम कारवाहीको जस अपजस लिने गर्छ । ‘कार्यकारी प्रधानमन्त्रीय पद्धती’ भएकाले शासन संचालनमा प्रधानमन्त्री मुख्य जिम्मेवार हो । त्यसैले सरकारले कुनै राम्रो काम गरेमा त्यसको जस सोझै प्रधानमन्त्रीले पाउंछ भने गलतको कामको जिम्मेवारी पनि उसैको हुन्छ । त्यसैले अहिले भैरहेका सरकार विरोधि आन्दोलनको मुख्य निशाना प्रधानमन्त्री ओली बन्नु स्वभाविक हो ।

निश्चय पनि प्रधानमन्त्री ओली नेतृत्वको सरकारले अनगिन्ति गलत कामहरु गरेको छ । भ्रष्टाचार घटेको छैन, बरु बढेको छ र त्यसमा प्रधानमन्त्री निकट भनिएका व्यक्तिहरु नै संलग्न रहेका घटनाहरु एक पछि अर्का गर्दै सार्वजनिक भैरहेका छन् । धेरै विकास निर्माणका कामहरु अलपत्र परेका छन्, भैरहेका कामहरु कछुवा गतिमा छन् । किसान, मजदुर, शिक्षक, कर्मचारी कोही पनि अहिले सरकारी काम कारवाही प्रति सन्तुष्ट छैन, बरु आक्रोशित छ । तर, अहिले सरकार विरुद्ध आन्दोलन गर्नेहरुले ती विषयलाई कुनै मुद्धा नै बनाएका छैनन् । केवल राजनीतिक विषयलाई मात्रै मुद्धा बनाइरहेका छन् ।

संसद पुर्नस्थापना पूर्णरुपमा राजनीतिक मुद्धा हो र यो मुद्धा आफैमा गलत मुद्धा होइन । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयपछि त्यसको विरुद्ध आन्दोलनमा उत्रने राजनीतिक पार्टी र शक्तिले संसद पुर्नस्थापनाको मुद्धालाई मुख्य मुद्धा बनाउनु स्वभाविक हो । तर, यहां नारायण वाग्ले मात्र होइन, उनी जस्ता आम नेपालीहरुको मनमा उठिरहेको कुरा के हो भने मानाैँ आन्दोलनकारीको माग अनुसार नै संस्द पुर्नस्थापना भयो भने के हुन्छ ? ओलीको सट्टा देउवा, दाहाल, नेपाल प्रधानमन्त्री होलान्, मन्त्रीहरु फेरिएलान् । जनताको आशा र आकांक्षा त्यति मात्र हो ? पक्कै पनि होइन । जनताको लागि प्रधानमन्त्री र मन्त्रीको कुर्सीमा को वस्छ होइन, विकासको काम कसरी अगाडि बढ्छ, जनजीविकासंग सम्वन्धित प्रश्नहरु कसरी समाधान हुन्छन् भन्ने महत्वपूर्ण हो ।

प्रधानमन्त्री ओलीको ‘राजनीतिक कदम’ को विरुद्धमा रहेका वुद्धिजिवी, लेखक, पत्रकार र सर्वसाधारण मानिसहरु अहिले वाग्लेले झैं यही प्रश्नको जवाफ खोजिरहेका छन्–ओली पछिको अवस्था के ? आन्दोलनको नेतृत्व गरेका प्रचण्ड, माधव नेपालहरुले यो प्रश्नको अहिलेसम्म चित्तबुझ्दो जवाफ दिइरहेका छैनन् । बरु उनीहरुले राजनीतिक अंक गणितको आधारमा सरकार परिवर्तनको खेल शुरु भएको बताएका छन् । प्रचण्डले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री स्विकार गर्न आफूलाई कुनै अफ्ठारो नभएको बताउनुले त्यहीकुरा स्पष्ट पार्छ । तर, के संसद पुर्नस्थापना भएर ओलीले राजिनामा दिनासाथ, देउवा प्रधानमन्त्री हुनासाथ समस्या समाधान हुन्छ ? कदापी हुंदैन । बरु समस्या थप बल्झिन्छ भन्ने कुरा देउवाको विगतका कार्यकालहरुले स्पष्ट पार्छन् । देउवा मात्रै होइन, स्वंय प्रचण्ड, माधव नेपाल वा अरु जो सुकै भए पनि समस्या समाधान हुदैन । समस्या समाधानको लागि समय तालिकासहितको स्पष्ट कार्यक्रम र नीति चाहिन्छ । भ्रष्टाचार र आर्थिक अनियमितता रोक्नको लागि प्रभावकारी कार्यक्रम चाहिन्छ । आन्दोलनको कार्यक्रमको साथै अहिले खासगरि नेकपाको प्रचण्ड माधव पक्षबाट नेपाली जनताले आशा गरेको कुरा त्यही हो । यदि उक्त पार्टीले विकासको स्पष्ट एजेण्डासहित आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने हो भने सहजै ओलीले चालेको गैरसंवैधानिक कदम खारेज हुनसक्छ । र देश संवैधानिक ट्याकमा आउन सक्छ । त्यसैले आन्दोलनको कार्यक्रमको साथै विकासको मार्गचित्र पनि घोषणा गरिनुपर्छ भन्ने आवाजलाई आन्दोलनकारी पार्टीहरुले जतिसक्दो छिटो महसुस गर्छन्, त्यति नै छिटो अहिलेको आन्दोलन टुंगिन सक्छ । अन्यथा यो आन्दोलन कहिलेसम्म जाला भन्न सकिदैन ।

viber sharing button
जनतापाटीबाट थप
सार्वजनिक यातायातमा भाडा बढ्यो
सार्वजनिक यातायातमा भाडा बढ्यो ३ घण्टा पहिले
काठमाडौंमा राप्रपाको उदयः शंखरापुरकाे मेयरमा नापित विजयी
काठमाडौंमा राप्रपाको उदयः शंखरापुरकाे मेयरमा नापित विजयी ३ घण्टा पहिले
फराकिलो अग्रतातर्फ बालेन्द्र शाह
फराकिलो अग्रतातर्फ बालेन्द्र शाह ३ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
सरकार बाढी पहिरोको प्रकोपबाट बचाउन दीर्घकालीन योजना तर्जुमा गर
 प्रधानमन्त्रीदेखि सच्चिने क्रम शुरु होस् 
प्रधानमन्त्री र सभामुखको द्वन्द्वले निम्त्याउंदै गरेको संकट 
अर्थतन्त्रको ऋणात्मक परिसूचकले देखाएको संकेत
ओली-भण्डारीलाई तत्काल हटाऊ
मुख सम्हालेर बोल महामहिम
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP