काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली नेतृत्वको नेकपालाई सडकछापको दर्जा दिएका छन् ।
बुधबार नेकपा काठमाडौँले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले केन्द्रीय सदस्य ५ हजार पुर्याउने तयारी गरिरहेको बताए ।
'ओलीले केन्द्रीय कमिटीमा सदस्य बनाउन डमरु बजाउनुभएको छ । सदस्यलाई बढाएर १५ सय पुर्याउनुभएको छ । सुन्दैछु २५०० पुर्याउँदै हुनुहुन्छ । त्यतिले पनि पुगेन भने ५००० पुर्याउने होला । उहाँको सडकछाप पार्टीमा को-को छन् हेर्दै जानुहोला । त्यहाँबाट केही फर्किंदै हुनुहुन्छ । त्यो पार्टी पौवा होइन सडकको धुलोमा पुग्नेछ ।' नेपालले भने ।
उनले ओली समुह परित्याग गर्नेहरु दिनप्रतिदिन बढीरहेकको उनले बताए।
ओलीले माक्र्सवादी आन्दोललाई सिध्याउन खोजेको र लोकतन्त्रको मर्ममाथि प्रहार गरेको बताए। उनले ओली झुटको पुलिन्दा भएको र झुट बोल्न माहिर भएको बताए। उनले ओलीको झुटको एक एक जवाफ दिनुपर्ने बताए।