काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले आफ्नो लयलाई कायमै राखेको छ । गएराति भएको खेलमा एट्लेटिकोले सेभियालाई २-० गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा कायमै रहेको हो ।
खेलको १७औं मिनेटमा एन्जेल कोरेयको गोलबाट एट्लेटिकोले सुरुवाती अग्रता लिएको थियो । त्यसपछि दोस्रो हाफको ७६औं मिनेटमा सउल निग्वेजले गोल गर्दै एट्लेटिकोलाई २-० को सहज जित दिलाउन सफल भए ।
जितसँगै एट्लेटिकोले शिर्ष स्थानमा ४ अंकको अग्रता कायम गरेको छ । एट्लेटिकोले १६ खेलमा ४१ अंक जोडेको छ । अझ २ खेल बढी खेलेको रियल मड्रिड ३७ अंकसहित दोस्रो स्थानमा छ । पराजित सेभिया ३० अंक जोडेर छैटौं स्थानमा छ ।