काठमाडौं । पौडीकी गौरिका सिंहले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छिन् ।
ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार भएको अवार्ड कार्यक्रममा गौरिका वर्ष उत्कृष्ट महिला खेलाडी घोषित भएकी हुन् ।
नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा गौरिकाले चार स्वर्णसहित ९ पदक जितेकी थिइन् ।
यस्तै, कराते खेलाडी मन्देकाजी श्रेष्ठ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ को वर्ष खेलाडी बनेका छन् । उनले एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, गल्फका सुवास तामाङ र फुटबलका विकेश कुथुलाई पछि पार्दै अवार्ड जितेका हुन् ।
गत वर्ष मंसिरमा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा मन्देले दुई स्वर्ण जितेका थिए ।
र, राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गतको पिपल्स च्वाइस अवार्ड जितेका छन् ।
पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीलाई पछि पारेकी हुन् । उनी सागमा एकल काता र टिम कातामा स्वर्ण जितेका हुन् ।
र, तेक्वान्दो प्रशिक्षक नवीनकुमार श्रेष्ठ वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । नविनले अवार्ड जित्ने क्रममा करातेका मदन उप्रेती उसुका अमर थिङ पौडीका शंकर कार्की र बक्सिङका प्रकाश थापा मगरलाई पछि पारे ।
१३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले तेक्वान्दोबाट सर्वाधिक १२ स्वर्ण जित्दा नविन मुख्य प्रशिक्षकको रुपमा रहेका थिए ।
र, गल्फर सुवास तामाङ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । उनले १३औं दक्षिण एसियाली खेलकुद सागमा २ स्वर्ण जितेका थिए ।
नेपाली राष्ट्रिय महिला भलिबल टिमले 'टिम अफ दि इयर' अवार्ड प्राप्त गरेको छ ।