काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमले 'टिम अफ दि इयर' अवार्ड प्राप्त गरेको छ ।
मंगलबार आयोजित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ मा महिला भलिबल टिमले 'टिम अफ दि इयर' अवार्ड प्राप्त गरेको हो ।
महिला भलिबल टिमले २०७६ सालमा उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक पदक जितेको थियो । भलिबल टिमले गत वर्ष बंगलादेशमा भएको एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा स्वर्ण र १३ औं सागमा ऐतिहासिक रजत पदक जितेको थियो ।