काठमाडौँ । बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ परेकी छन् ।
प्रतिलिपि अधिकार उल्लङ्घन गरेको आरोपमा परेको उजुरीका आधारमा लिनालाई धुम्बाराहीस्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो । उनी बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीकी पत्नी हुन्।
प्रहरी स्रोतका अनुसार गायक प्रमोद खरेलले दिएको प्रतिलिपि अधिकार सम्बन्धी किटानी जाहेरीको आधारमा जिल्ला अदालत काठमाण्डौबाट पक्राउ अनुमति पाएपछि लिनालाई पक्राउ गरिएको हो । प्रमोदले प्रहरीमा उजुरी दिएपछि म्युजिक कम्पनीका सञ्चालकलाई कारवाहीको माग गर्दै ५७ जना गायक गायिका, सष्टा सर्जकले महानगरीय प्रहरी परिसरमा निवेदन दिएका थिए।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।