एजेन्सी । भारतीय क्रिकेटर विराट कोहली र बलिउड नायिका अनुष्का शर्मालाई पुत्री लाभ भएको छ । विराटले केही समयअघि मात्र सामाजिक सञ्जालमार्फत् आफूहरुलाई पुत्री लाभ भएको जानकारी दिएका हुन् ।
अनुष्का र छोरीको स्वास्थ्य अवस्था राम्रो रहेको उनले उल्लेख गरेका छन् । पुत्री लाभपछि विराटले ट्विटरमा लेखेका छन्, ‘हामी दुबै जना निकै खुशी छौ किनकी आज हामीलाई पुत्री लाभ भएको छ । हामी सबैको माया र शुभकामनाका लागि धन्यवाद ज्ञापन गर्न चाहन्छौ । अनुष्का र हाम्री छोरी स्वस्थ छन् र हामी जिन्दगीको नयाँ अध्याय सुरु गर्न जाँदैछौ ।’
विराट र अनुष्काले सन् २०१७ डिसेम्बर ११ मा विवाह गरेका थिए।