काठमाडौँ । नेकपा बहुमत पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् ।
आयोगले पुष २३ गते पठाएको पत्र र अगाडि बढाइएको निर्वाचन प्रक्रियाबारे आपत्ति जनाउन अध्यक्षद्वय दाहाल–नेपाल सोमबार निर्वाचन आयोग पुगेका हुन् । सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई आयोगले प्रभावित गर्न खोजेकाले भौतिक रुपमै अध्यक्षद्वय आपत्ति जनाउन आयोग गएकाे बताइएकाे छ ।
केपी शर्मा ओलीले संसद् विघटन गरेर असंवैधानिक कदम चालेपछि विभाजन भएको नेकपामा आधिकारिकता कसले पाउने भन्ने प्रतिस्पर्धा चलेको छ । नेकपाको बहुमत केन्द्रीय सदस्य आफूसँग भएकाले आधिकारिकता दिनुपर्ने अध्यक्षद्वय दाहाल–नेपालले माग राखेका छन्।