काठमाडौँ । संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको प्रदर्शन देशभर सुरु गरेको छ । कांग्रेसले आज १६५ वटै निर्वाचन क्षेत्रबाट सरकारको विरोध गर्ने कार्यक्रम रहेको छ ।
प्रदर्शनका लागि कांग्रेसका शीर्ष नेताहरू आ आफ्नो निर्वाचन क्षेत्र पुगेका छन् । सभापति शेरबहादुर देउवाले भक्तपुरको विरोध सभालाई सम्बोधन गर्ने स्रोतले बताएको छ । यस्तै, विरोध कार्यक्रमका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ पुगेका छन् भने गगन थापा नेपालगञ्जको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रदर्शन:-



