काठमाडौँ । प्रदेश १ सरकारले माघ ७ गते हिउँदे अधिवेशन बोलाउने निर्णय गरेको छ।
आइतबार विहान बसेको मन्त्रिपरिषद बैठकले माघ ७ गते दिउँसो २ बजेबाट सुरू हुने गरी बैठक आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जानकारी दिए ।
मुख्यमन्त्री शेरधन राईले शनिबार अर्थमन्त्री इन्द्र आङ्बोलाई पदमुक्त गरेका थिए । यसैबीच आज सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटनमन्त्री विजयकुमार विश्वासले राजीनामा दिएका छन्।