एजेन्सी । इटालियन क्लब इन्टर मिलानले च्याम्पियन्स लिग फुटबलमा सहज जित निकालेको छ ।
गएराति भएको खेलमा इन्टर मिलानले जर्मन क्लब मोन्चेङ्गलविचलाई ३–२ गोल अन्तरले हराएको हो ।
मोन्चेङ्गलविचको घरेलु मैदानमा भएको खेलमा इन्टरलाई जित दिलाउन रोमेलु लुकाकुले दुई गोल गरे । त्यस्तै माट्यो ड्रामियनले एक गोल गरे । मोन्चेङ्गलविचका लागि अल्साने पेलेले दुई गोल फर्काए ।
खेलको १७ औं मिनेटमा ड्रामियाले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । पहिलो हाफको इन्ज्यूरी समायमा मोन्चेङ्गलविचका लागि पेलेले गोल गर्दै टिमलाई बराबरीमा ल्याए ।
६४ औं मिनेटमा लुकाकुले गोल गर्दै टिमको अग्रता २–१ बनाए । ७३ औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई जिततर्फ अगाडि बढाए । पेलेले ७५ औं मिनेटमा मोन्चेङ्गलविचका लागि व्यक्तिगत दोस्रो गोल फर्काए पनि टिमको हार भने टार्न सकेनन् ।
जितसँगै इन्टरले समूह बी अन्तर्गत पाँच खेलबाट ५ अंक जोडेको छ । पराजित मोन्चेङ्गलविच ८ अंक सहित तालिकाको शीर्ष स्थानमा छ ।