सुखद पीडा । पीडा पनि सुखद ? हुन्छ कहिले काहीं । सन्तान प्राप्ति अगाडिको पीडा । किशोरावस्थाको बलियो संकेत देखिनु अघिको पीडा, अहो कत्ति आनन्ददायी हुन्छ नि । त्यही आनन्ददायी क्षणहरु यहाँ उल्लेख गर्न खोजिएको हो ।
एक रात मेरो छाती निकै दुख्यो । दुबै छातीमा हात लगेर केहीबेर थिचें । केही राहत मिल्यो । अँध्यारो थियो, केही देखिने थिएन । तर छाम्दा नै महशुश भयो, दुबै छाती केही सुनिएको । दुबैतिर साना साना गिर्खा ।
भोलिपल्ट विहानै आमा (हजुरआमा) लाई भनें, आमाले अब तँ ठूली भइस भन्नुभयो । अनि त्यही दिनबाट म हजुरबासँग सुत्न छाडिदिएँ । ती १२ वर्षे किशोरीलाई कसले भनिदिनुु स्तन पोटाउने बेलामा दुख्छ भनेर ।
समय कहाँ एकै रहन्छ र ? अहिले ती १२ वर्षे किशोरी आमा भएको पनि १२ वर्ष नै भयो । सायद छोरीलाई पनि त्यस्तै भयो होला वा हुने बेला पो भयो कि ? छोरीलाई यो बेलामा यस्तो हुन्छ भनेर आफ्नो अनुभव भनेकी होलिन कि ? छोरीले जिज्ञासाको भकारी खोेलेपछि मात्रै जवाफ देलिन कुन्नि ?
∞∞
असार साउनमा स्कूलमा वर्खे छुट्टि हुन्थ्यो । बर्खा बेलामा लाग्ने पारिलो घाम, खोलामा ठूलो पानी । अनि साथीसाथी मिलेर हजुरआमाको आँखा छलेर पौडिनुको मज्जा बेग्लै । यो क्रम चलिरहेकै थियो । पौडिदै पौडिदै त्रिवेणीसम्म पुग्नु, अनि लखतरान भएर घर फर्कनु अनि हजुरआमाको गाली खानु, अनि कहिलेकाहीं सिम्कनु खानु, मज्जै थियो । एक दिन, त्यो एक दिन अलि फरक घटना आइपर्यो । अघिपछि पौडी खेलेर फर्कंदा हात गोडा दुख्थ्यो । यो पटक त्यसलाई माथ खुवाउने गरी छाती दुखिरहेको थियो । लाग्यो, पौडी खेल्दा कहीं ढुंगामा ठोक्कियो अनि दुख्यो । घर पुग्दा अचम्मै भयो, हजुरआमा त्यो दिन हँसमुख चेहेरामा हुनुहुन्थ्यो । सरासरी गएर हजुरआमालाई आफ्नो पीडा सुनाएँ, हजुराआमाले शीरदेखि पाउसम्म एक जोडी आँखा केहीबेर फ्याँक्नु भयो, अनि मुस्कुराउनु भयो । पीडा सुनाउँदा हजुरआमा हाँसेको पहिलो पटक देखें, झनक्क रीस पनि उठ्यो । त्यत्तिखेरै हजुरआमाको दुई ओठ अलग भए–‘केही भएको हैन, तँलाई बैंश आ’को ।’
खै किन हो, हजुरआमाको यो वाक्यले नजर झुक्यो, दौडेर कोठामा पुगेर लुगा फेंरे, अघिपछि कहिले पनि लुगा फेर्दा छातीतिर हेर्ने थिइन, आज धेरैवेर हेरें, हेरें मात्रै हैन, सुस्तरी सुम्सुम्याएँ । छाती केही फरक भए जस्तो लाग्योे । केही उच्च, अनि त्यही दिनबाट पौडिन जाने क्रम पातलियो । ठूलो ऐना अगाडि उभिएर आफूलाई हेर्ने क्रम बाक्लियो । हरेक पटक लुगा फेर्ने बेलामा हजुरआमाको बोली कानमा गुन्जिन्छ –‘केही भएको हैन, तँलाई बैंश आ’को ।’
∞∞
हो, असाध्यै दुख्दो रहेछ । खप्नै सकिन । आमालाई भनें, सायद आमाले पनि आफ्नो बेलाको बिर्सिसक्नु भएको रहेछ । छातीमा ट्यूमर पलायो भनेर अप्रेशनका लागि भनेर अस्पताल पनि पुग्यौं । डाक्टरले यो उपचार गर्नुपर्ने समस्या हैन भने केही दिनमा आफैं ठीक हुन्छ भनेर पठाए । पछि मात्रै बुझें, डाक्टरले भनेका स्वभाविक प्रक्रिया हो । आत्तिनु पर्दैन भनेर । दिन ठीकठाक चल्दै थियो, केही दिनमा छातीको ‘ट्यूमर’ बढ्दै गयो । कपडा के लगाउने कसरी लुकाउने भन्ने हुन थाल्यो, जे लुगा लगाए पनि अप्ठ्यारो भयो । हो त्यत्तिबेला ‘ट्यूमर’ ठानेको कुरा नै मलाई संसारकै सुन्दर चिज लाग्छ, अब त म बुझ्ने भएँ त्यसलाई म अहिले स्तन भन्छु । अहिले लुगा लगाउँदा मलाई कुनै अप्ठ्यारो लाग्दैन, जे सुहाउँछ त्यो गजब्बले लगाउँछु । तर फरक यत्ति हो, हरेक पटक लुगा किन्दा ‘ट्रायल रुम’ जरुर पस्छु ।
∞∞
हामी केटीहरुको ग्याँङ थियो, पञ्चकन्या ग्याँङ । त्यसको लिडर म नै थिएँ, कक्षाको पहिलो हुनुको फाइदा कहिलेकाहीं उठाउँथे । एक दिन सपनीमा कहिल्यै नदेखेको कुरा देखें । हाम्रो ग्याँङ हामटाइममा स्कूल नजिकैको जंगलमा गयौं, हामी मध्येका उमेरले सबैभन्दा जेठी । उमेरले मात्रै हैन, कदले पनि ठूली साथी थिइन । खाइलाग्दो शरीर, पुष्ट छाती । खै के भयो, हामी साथी साथी मिलेर त्यही छाती हेर्न खोजिरहेका थियौं, त्यो साथी भागिरहेकी थिइन्, ज्यान र उमेरमा ठूली भए पनि हामी चार जना एकतिर अनि उनी एकतिर हुँदा हारिन, हामीले उनको छाती हेर्यौँ, म चाहिं छाती स्पर्श गर्न भनेर हात अघि बढाउँदै थिएँ । झल्याँस्स ब्यूझिएँ । ब्यूझिँदा असिनपसिन भएको थिएँ ।
अनि सपनालाई कसरी बिपनामा लागू गर्ने भन्ने लागिरह्यो । सपनामा देखेको ठाउँ र समयमै साथीहरु लिएर हिंडे म । सपनाको दृश्य बिपनामा उतार्ने योजना बनाएँ, सपनामा देखिएकी साथीलाई मात्रै भन्दा मान्ने कुरा थिएन, अनि सबैको पालो पालै हेर्ने भनें । तर मानिन ती साथीले । अनि मैले अस्त्र प्रयोग गरें, तँलाई म्याथको होमवर्क सिकाउँदिन अनि देखाउँदिन । यत्ति भनेपछि उसले नाइँ भन्न सकिन, यसको कारण अर्को पनि छ ती साथी म्याथमा निकै कमजोर थिइन, तर म्याद टिचर निकै कडा । एउटा हिसाब बिग्रिए पनि रामधुलाई भेटिन्थ्यो । निकै गाह्रो मानीमानी साथी तयार भइन, त्यही बेला हेर्ने मात्रै हैन, छुने मौका पनि गुमाइन । अहो पहिलो पटकको त्यो स्पर्श कहिल्यै बिर्सन्न म । त्यो हेराइ, त्यो स्पर्शमा कल्पिएर, रात काटियो । भोलिपल्ट अर्को, पर्सिपल्ट अर्को साथीको पालो । अब त सबै स्वतस्पूर्त हुन थाल्यो । सबै साथीहरु रमाउन थाल्यौं । यो क्रमले सीमा नाघ्यो, अब माथि मात्रै हैन, तल पनि हेर्ने क्रम शुरु भएको थियो ।
एक दिनको कुरा हो, हो त्यही एक दिनको कुराले त गर्छ जे जे गर्नु । तालिका अनुसार नै सबै काम भइरहेको थियो । तर त्यो दिन हामीभन्दा सिनियर क्लासका केटाहरुले हाम्रा क्रियाकलापहरु देखे । अनि के चाहियो केटाहरुलाई, उनीहरु पनि नजिकै आएर हामीलाई पनि देखाओ नत्र हेडसरलाई भन्दिन्छौं, भन्न थाले । परेन फसाद । हेडसर सा¥है कडा, साँच्चै केटाहरुले पोल लगाइ दिए भने त बर्बाद हुन्थ्यो । बर्बाद हुन्छ भनेर नि केटाहरुलाई आफ्नो गोप्य कुरा देखाउने कुरा भएन ।
नभन्दै केटाहरु हामीभन्दा अघि पुगेर हेडसरलाई पोल लगाई सकेछन् । हामी पाँचै जना हेडसरको कोठामा पुग्यौं, खैै के भयो सरलाई त्यो दिन । हात उठाएनन, एक वाक्यमै सबै कुरा टुङ्याईदिए –‘आजको गतिविधि दोहोरिएको सुनें भने तिमीहरु पाँचै जनालाई सदाका लागि स्कूलबाट रेस्टिकेट गरिदिन्छु ।’ कक्षाकी पहिलो छात्रा अनि स्कूलबाट निकालिने कुरा मेरो कल्पनामा कहिल्यै थिइन, न त सपनामै देखेको नै थिएँ । आफैं टोली नेता भएकाले भोलिपल्टदेखि नै त्यो क्रियाकलाप बन्द भयो । तर अहिले पनि स्कूले जीवनको त्यो घटना पटक पटक सझिन्छु । सम्झँदा मात्रै पनि भित्रैदेखि मीठो काउकुति लाग्छ, जीउ सिरिङ हुन्छ । श्रीमानसँगको सहवासभन्दा पनि त्यो पल मीठो लाग्छ, कता हो कता माथि लाग्छ ।
∞∞
स्कूल जीवनमा तपाईंले गरेको रमाइलो उटपट्याङ के हो ? भनेर गरेको प्रश्नको जवाफ हो यो । किशोरवस्थामा गरिने यस्ता क्रियाकलापको असर के हुन्छ भन्ने व्यक्ति विशेषमा निर्भर रहला । तर किशोरावस्थामा आउने परिवर्तनलाई मसिनो गरी हेर्ने र बुझ्ने अभ्यास अझै शुरु भएको छैन । किशोरावस्थामा केटाकेटीले जिज्ञासा राखेपछि मात्रै जवाफ दिनुभन्दा पनि पहिल्यै यस्तो यस्तो हुन्छ है भनेर बुझाउन सक्ने अभिभावक र शिक्षक आवश्यक छ । पाठ्यक्रम वा पाठ्यपुस्तक अनुभव र भोगाइ भन्दा टाढा नै हुन्छ । हुन त सबै घटनालाई सामान्यीकरण गरेर हेर्नु मात्रै ठीक हो भन्न पनि सकिन्न । यी कुरा यहाँ उल्लेख भएका पात्रहरुले लेखेको भए अझै विश्वसनीय हुन्थ्यो, विश्वसनीयतासँगै गोपनीयताको पनि कुरा हुन्छ नि !