काठमाडौं । डिजिटल अनलाईन मार्फत सेवा दिदै आएको ईसेवाले समाचार हटाइएको भनिएको अनलाइन पोर्टल र इसेवाको कुनै सम्बन्ध नरहेको दाबी गरेको छ । ईसेवाले आज एक विज्ञप्ती जारी गर्दै उक्त समाचार पोर्टलको समाचार हटाइएको विषयमा इसेवालाई मुछेर निरन्तर प्रहार गर्ने कार्य विरुद्ध खेद प्रकट गरेको छ ।
ईसेवाले विभिन्न अनलाइनमा श्रृङ्खलाबद्ध रुपमा आएका समाचार, सामाजिक सञ्जालमा नियोजित रुपमा फैलाइएका अफवाह तथा दुश्प्रचारका पछि नलाग्नसमेत ग्राहकलाई आग्रह गरेको छ । ‘समाचार हटाइएको भनिएको अनलाइन पोर्टल र इसेवाको कुनै सम्बन्ध नरहेको अवस्थामा नियोजित रुपमा इसेवा माथि निरन्तर प्रहार गर्ने कार्य कुनै किसिमले न्यायोचित छैन’, विज्ञप्तिमा भनिएको छ । ‘इसेवाले ग्राहकलाई भुक्तानी सेवा दिने हुनाले यसको लागि आवश्यक पर्ने प्रविधि तथा व्यवस्थापन प्रणाली सुरक्षित राख्न अत्यन्त संवेदनशील र प्रतिवद्ध छौँ ।
‘लकडाउनको यस विषम परिस्थितिमा पनि ग्राहकहरुलाई अनवरत सेवा दिनका लागि हाम्रा कर्मचारीहरु २४ सै घण्टा घरमा वसेर सेवा दिई रहेका छन् । मुलुकको यस विषम परिस्थितिमा नगदरहित भुक्तानी लगायतका सेवाहरु अझ प्रभावकारी र अपरिहार्य भएको र यसको भरपर्दो सारथी भएको महशुस गरेको,’ ईसेवाले जानकारी दिएको छ ।
इसेवा नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त र नियमन भएको कम्पनी हो । इसेवाको संरचना, प्रविधि तथा सेवाहरु नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षणमा रहेको कुरा आम ग्राहकलाई जानकारी गराउछौँ । इसेवाले ग्राहकलाई भुक्तानी सेवादिने हुनाले यसको लागि आवश्यक पर्ने प्रविधि तथा व्यवस्थापन प्रणाली सुरक्षित राख्न अत्यन्त संवेदनशील र प्रतिवद्ध छौँ । कम्पनीको गोपनियता नीति तथा प्रयोगका शर्तहरु वेवसाइटमा उल्लेख गरेका छौँ र यसको अक्षरसःपालना गरेका छौँ, विज्ञप्तिमा भनिएको छ ।
‘विभिन्न अनलाइनमा श्रृङ्खलाबद्ध रुपमा आएका समाचार, सामाजिक सञ्जालमा नियोजित रुपमा फैलाइएका अफवाह तथा दुश्प्रचारका पछि नलाग्न ग्राहक, एजेन्ट, सेवा प्रदायक र बैंक तथा वित्तीय संस्थाहरुलाई हार्दिक अनुरोध गर्दछौँ । हामी नगदरहित नेपाल बनाउने अभियानमा कदापि पनि बिचलित हुने छैनौं, विज्ञप्तीमा भनिएको छ ।