मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, July 04, 2022 |सोमबार, असार २०, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
अन्तर्वार्ता
  • गृहपृष्ठ
  • ‘वार्षिकोत्सव बहिष्कार गरेको होइन, साथीहरु कुरै नबुझि समाचार लेख्छन्’
‘वार्षिकोत्सव बहिष्कार गरेको होइन, साथीहरु कुरै नबुझि समाचार लेख्छन्’ लिला गिरी, उद्योग वाणिज्य तथा पर्यटनमन्त्री प्रदेश-५
जनतापाटी
जनतापाटी बिहीबार, माघ २३, २०७६ मा प्रकाशित
viber sharing button
‘वार्षिकोत्सव बहिष्कार गरेको होइन, साथीहरु कुरै नबुझि समाचार लेख्छन्’

प्रदेश ५ को पर्यटन क्षेत्रको अवस्थाबारे केन्द्रित रही जनतापाटीले प्रदेशका उद्योग वाणिज्य तथा पर्यटनमन्त्री लिला गिरीसँग कुराकानी गरेको छ । प्रस्तुत छ–कुराकानीको सारसंक्षेपः

मन्त्री हुनुहुन्छ, प्रदेश ५ को स्थापना दिवसको कार्यक्रम नै वहिस्कार गर्नु भएछ, किन ?

–साथीहरु कुरै नबुझि हावाको तालमा समाचार लेख्छन् । कार्यक्रममा अनुपस्थित वा ढिलो उपस्थित हुने वित्तिकै बहिस्कार भन्ने हुन्छ ? काठमाडौंबाट संघीय पर्यटनमन्त्री योगेश भट्टराई लुम्बिनी आउनु भएको थियो । लुम्विनी, सिद्धार्थ गौतम वुद्ध विमान स्थल, नेपाल भ्रमण वर्ष, लुम्बिनी भ्रमण वर्ष आदी विषय छलफल गर्नु पर्ने थियो । हामी सबैजना त्यहाँ थियो । मुख्यमन्त्री शंकर पोख्रेल पनि हुनुहुन्थ्यो, भौतिक योजना मन्त्री वैजनाथ चौधरी पनि सँगै हुनुहुन्थ्यो । हाम्रो मिटिङ सकिएन । तपाईहरु छलफल गर्दै गर्नुस्, म जान्छु भनेर मुख्यमन्त्री जानु भयो ।

मुख्यमन्त्री प्रदेशको कार्यकारी प्रमुख भएकोले उहाँ समयमै पुग्नु पर्दथ्यो, हामी ढिलो गए पनि फरक पर्दैनथ्यो । त्यसैले सल्लाह मै मुख्य मन्त्री छिटो जानु भयो, हामी केन्द्रीय पर्यटन मन्त्रीसँग छलफल गर्यौं र ढिला पुग्यौं । त्यत्ति कुरालाई साथीहरुले समाचार बनाएछन् । कम्तिमा समाचारको पुष्टि त गर्नु पथ्र्यो, त्यो पनि गरिएन । यस्ता साथीहरुलाई के भनौँ र ?

नेपाल भ्रमण वर्ष सँगसँगै लुम्बिनी भ्रमण वर्ष पनि मनाइरहनु भएको छ, खासगरि चिनियाँ पर्यटकहरुलाई लुम्बिनी घुमाएर कार्यक्रम भ्रमण वर्ष सफल बनाउने योजना कोरोना भाइरसले असफल बनाइदियो होइन ? 
–असफल बनाएको छैन र कार्यक्रम असफल हुने सम्भावना पनि छैन । हो, निकै चुनौति थपिदिएको छ, लक्ष्य पुरा हुँदैन कि भन्ने चिन्ता बढाएको छ । तर, भ्रमण वर्ष असफल हुने भन्ने त कुरै छैन नि १ वास्तवमा कोरोना भाइरसको बारेमा अलि बढी हो हल्ला भयो कि भन्ने मलाई लागेको छ । किन कि नेपाल अहिलेसम्म सुरक्षित छ । कसैलाई केही भएको छैन । सचेतता अपनाउनु पर्छ । तर, त्यसो भन्दैमा अहिले जसरी आतंक फैलिएको छ, त्यो चाँही अलि बढी भयो कि भन्ने मलाई लागेको छ । अनावश्यक हल्लाले हामीलाई मानसिकरुपमै कमजोर बनाएको छ । सचेत हुनुपर्छ, आतंकित हुनुहुदैन ।

जे भए पनि यसले पर्यटन आवागमन त ठप्पै हुने अवस्था आयो नि, यसले त सिंगो देश र तपाईहरुको प्रदेशको आर्थिक अवस्थालाई पनि नकारात्मक प्रभाव पार्दैछ नि, होइन ? 
–कोरोनोको संक्रमण चीनबाट शुरु भएको हो र हाम्रो प्रदेशको सीमा चीनसँग जोडिएको छैन । भारतसँग जोडिएका मुख्य दुई नाका सुनौली र रुपैडियामा विशेष सर्तकता अपनाइएको छ । प्रदेशका अस्पतालहरु पनि सचेत अवस्थामा रहेका छन् । तर, अहिलेसम्म हाम्रो प्रदेशमा कँही कतैबाट कोरोना भाइरसको प्रभाव परेको छैन । तर, पर्यटक आउंदै नआएपछि सरकारले के गर्ने रु विदेशबाट आउने पर्यटकहरु नै नआएपछि हामीले केही गर्न सक्दैनौ । तिमीहरुको देश पो असुरक्षित छ, हाम्रो देश सुरक्षित छ, ढुक्क भएर आउ भनेर ग्यारेण्टि गर्न त सक्दैनौ । त्यसमाथि हामीले ग्यारेण्टि गरेर पनि हुँदैन, सम्बन्धित देशको सरकारको अनुमति चाहियो । त्यहीकारण पर्यटक आवागमन लक्ष्य अनुसार हुँदैन कि भन्ने लागिरहेको छ । तर, भरखर पहिलो महिना वित्यो । अझै ११ महिना सिंगै बाँकी छ । कोरोना भाइरसको आतंक पनि सधै नरहला, त्यसैले पर्यटक आवागमन घट्छ कि भन्ने लागे पनि अहिले नै आत्तिइहाल्नु पर्ने अवस्था छैन ।

पर्यटन प्रवद्र्धनको लागि प्रदेश सरकारले के काम गर्दै आएको छ ?
–पर्यटकीय हिसाबले प्रदेश ५ अत्यन्त धनी छ । हामीसँग पर्यटकहरुलाई कहां लगेर के देखाउने होला भनेर चिन्ता गर्नु पर्ने अवस्था छैन । लुम्बिनी र बर्दिया राष्ट्रिय निकुन्ज मात्र होइन, हरेक जिल्लामा केही न केही अति नै महत्वका पर्यटकीय स्थलहरु छन् । तपाईकहाँ गएर कति समय बस्ने भन्ने मात्र कुरा हो ।

हामीसँग पूर्वाधारहरुको पनि खासै कमी छैन । हरेक जिल्ला र पर्यटकीय स्थलहरुमा सडक सुविधा छ । खान बस्नको सुविधा छ । हो, कतिपय ठाउँमा तिनीहरुको स्तरोन्नति गर्नु पर्ने कामहरु छन् । तर, ती पनि क्रमिकरुपमा हुंदैछन् । गौतमवुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । त्यो सँगसँगै अन्तर्राष्ट्रियस्तरका होटल रेष्टुराँहरु पनि खुलिरहेका छन् । पर्यटकहरुको रुची र व्यवहार अनुसारका सेवा दिने निकाय र व्यवसायहरु पनि सञ्चालन भैरहेका छन् । त्यसैले अब प्रदेश ५ पर्यटकको मुख्य गन्तव्य बन्नेछ भन्ने मलाई लागेको छ ।

अरु काम त गर्नुहोला, प्रदेशको नाम र राजधानी चाँही कहिले टुंग्याउनुहुन्छ ? 
–प्रदेश सभाको यसपटकको वैठकले ती दुई कुरा टुग्याउंछ भन्ने मलाई लागेको छ ।

प्रदेशको नाम लुम्बिनी र राजधानी बुटवल नै हुने भो होइन ?
–त्यो प्रदेश सभाले टुंगो लगाउने कुरा हो । कुन ठाउँमा भनेर अहिलेसम्म टुंगिसकेको छैन ।

viber sharing button
जनतापाटीबाट थप
गण्डकी सरकारलाई पूर्वअर्थमन्त्रीको प्रश्न- झण्डा हल्लाउन मात्रै सरकारमा जानुभएको हो ?
गण्डकी सरकारलाई पूर्वअर्थमन्त्रीको प्रश्न- झण्डा हल्लाउन मात्रै सरकारमा जानुभएको हो ? ९ मिनेट पहिले
जिसस र आर्सनलबीच पाँच वर्षको सम्झौता
जिसस र आर्सनलबीच पाँच वर्षको सम्झौता २२ मिनेट पहिले
बजेटप्रति ओलीकाे कटाक्ष- यो देशको लागि होइन, निश्चित घरानाको अनुहार देखिन्छ
बजेटप्रति ओलीकाे कटाक्ष- यो देशको लागि होइन, निश्चित घरानाको अनुहार देखिन्छ २४ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
जनताले प्रत्यक्ष अनुभूत गर्नेगरी भ्रष्टाचाररहित परिणाममुखी काम गर्छु -कृष्ण रानामगर
राष्ट्रको विरुद्ध मैले गद्दारी गरेको छैन, प्रमाणित गर्न चुनौती दिन्छु -अर्थमन्त्री शर्मा
विराटनगरबाट पाँच जना प्रधानमन्त्री हुनुभयो, तर नजर यहाँ परेन - मेयर कोइराला
निर्वाचन परिणामलाई परिपक्‍वतापूर्वक विश्लेषण गरौँ, लाञ्छना नलगाऔँ -विश्‍वप्रकाश शर्मा
भरतपुरकी मेयर रेनु दाहाललाई ११ प्रश्न
कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण गर्छाैँ, कसले नमान्नु होला र ? - मेयर बालेन्द्र शाह
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP