मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Friday, July 01, 2022 |शुक्रबार, असार १७, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
विचार–ब्लग
  • गृहपृष्ठ
  • यत्ति काम गर्दा मिर्गाैला बच्छ भने किन नगर्ने ?
यत्ति काम गर्दा मिर्गाैला बच्छ भने किन नगर्ने ?
वैकुण्ठ ढकाल
वैकुण्ठ ढकाल शनिबार, माघ ११, २०७६ मा प्रकाशित
viber sharing button
यत्ति काम गर्दा मिर्गाैला बच्छ भने किन नगर्ने ?

ठ्याक्कै रातको १० बजेर २४ मिनेट जाँदा यो पहिलो वाक्य लेखेको हुँ । आज विहान १० बजेर ४७ मिनेटमा कार्यालय पुग्ने वित्तिकै सहकर्मी साथीले हात मिलाउँदै बधाई दिए । कारण सोध्दा विहानै थाहा खबरमा फोटो देखेकोमा । माघ १० गते शहीद सप्ताह शुरु हुने दिन, शहीदलाई सम्झने सानो प्रयास थियो त्यो ।

१० बजेर २७ मिनेट गयो, अर्को सहकर्मीको पनि जवाफ दिनु छ, लेख्ने समय कहिले ? जवाफ यही हो । १० बजेर २९ मिनेट गयो, अबको १२ घण्टा पछि त सम्पादकले लेख खै भन्ने प्रश्न गरिहाल्छन । त्यसको जवाफ अब यसरी दिनु छ ।

शुरुमै भनौं, म डाक्डर हैन, स्वास्थ्यकर्मी पनि हैन । स्वास्थ्यको विद्यार्थी पनि हैन । लेख्न खोज्ने र सिक्ने भने पक्कै हुँ । डाक्टर भइदिएको भए, म यत्तिखेर यी पंक्तिहरु लेखिरहेने थिइन । बसाईको स्थिति पनि मिलेको छैन । ओछ्यानमा पल्टिएर तीघ्रामाथि पेटले ल्यापटप च्यापेर लेख्नु राम्रो हैन । विद्युतीय सामान निश्चित तापमान रहनु पर्ने अण्डकोशमाथि हुँदा यसले के के हानी गर्ने हो ? कतै यसले प्रजनन क्षमतामै पो असर गर्ने हो कि ? त्यही माथि शरीरको महत्वपूर्ण अंग मिर्गौलालाई पनि ल्यापटपले थिचिरहेको छ । कतै मिर्गौलाई केही भइ पो हाल्छ कि ?

जे जे भए पनि होस, आज मिर्गौलाको बारेमा केही त लेख्ने नै हो । अलिकति चलाखी पनि अपनाएको हो मैले यहाँ म कुनै स्वास्थ्यकर्मी हैन भनेर । दुई वर्ष अघि मिर्गौला रोग विशेषज्ञ डाक्टर ऋषिकुमार काफ्लेसँग कुराकानी पनि गरेको थिएँ, त्यो कुराकानी रेडियोमा बजाएँ पनि । कुराकानी गरेको याद छ, त्यसको रौंचिरा चाहिं याद छैन ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि मिर्गौलाका विरामी हुन । अहिले उनलाई हप्ताको दुई पटक डायलासिस गराइरहनु परेको छ । उनी दोस्रो पटक प्रत्यारोपणको तयारीमा छन । यसको जोखिम के कति हुन्छ ? भन्नेतिर आज जाने नै हैन ।

यो लेखाइ पछि पंक्तिकारले कम्तिमा दुई पात्रको गाली खानुपर्छ, जो यहाँ उल्लेखित हुन्छन । सामाजिक सञ्जालमा केही समय राम्रै कुराकानी भयो, व्यावसायिक जीवनका सफलता र असफलताको पनि कुरा भयो । उपचारको लागि धेरै पटक आएको कुरा पनि उनले गरेकी थिइन, तर कहिले पनि भेट भएन । माघ महिना विवाहको मौसम भएकाले प्रसङ्गबस त्यही विषय जोडिन पुग्यो । उमेर पनि सोधेकै हो, नेपालीहरुले विवाह गर्ने औसत उमेरभन्दा उनको धेरै नै थियो । कानूनले व्यवस्था गरेको भन्दा पनि धेरै नै थियो ।

रुप, रङ, ढंग सबै ठीकठाक जस्तै लाग्थ्यो, विवाहको लागि पनि उनी तयार नै रहिछन । तर विवाह नहुनुको कारण ? धेरै मेहनत पछि बल्लबल्न भन्न तयार भइन । हो उनी प्रेममा रहिछन । उनी मात्रै प्रेमी पनि विवाहका लागि तयार रहेछन, जबसम्म उनले एउटा कुरा भन्न बाँकी राखेकी रहिछन । तपाईंलाई लाग्यो होला उनले अर्को प्रेमी छ मेरो भन्छिन भनेर अहँ हैन, उनी प्रेममा निकै इमान्दार रहिछन, प्रतिवद्ध पनि । विवाहको बारेमा कुराकानी भयो प्रेमी प्रेमिकाबीच। धेरै समयदेखि भन्न बाँकी कुरा त्यही दिन भनिन ।

त्यसको लागि नी तयार थिइन । डाक्टरहरुसँग कुराकानी पछि विवाहका लागि कुनै समस्या नहुनेमा ढुक्क थिइन । प्रेमिकाले हरेक कुरा पनि आफू नियमित उपचारका लागि गइरहेको त यसै पनि प्रमीलाई थियो । उनी पिसावको संक्रमणको उपचारमा थिइन । निकै पछि मात्रै उनलाई पनि थाहा भए, अरु मानिसमा दुई वटा हुने उनको शरीरमा एउटा मात्रै रहेछ । दुई वटा हुने र नहुनेका बीचमा हुने फरकका बारेमा उनले डाक्टरसँग धेरै परामर्श पनि गरेकी थिइन । ती सबै कुराको बृतान्त सुनाएर, प्रेमी पनि पूणै रुपले तयार भए पछि उनले भनिन ‘म जन्मजात’ एउटा मिर्गौला लिएर जन्मेकी हुँ । सुन्दा प्रेमीले पनि कुनै असामान्य प्रतिक्रिया दिएन । यसले आफूलाई केही फरक पार्दैन भनेर ढुक्क पार्न कोशिस गरेको थियो । दुबै जनाको परिवारसँगको कुराकानी पनि विवाहको मिति तय गर्ने साझा निष्कर्षका साथ उनीहरु छुट्टिए ।

तर भोलिपल्ट सूर्य पुरानो दिन नयाँ उदायो । प्रेमी बटारियो, उसका बाआमालाई दोष दिएर पन्छियो । एउटा मात्रै मिर्गौला भएका पुरुषसँग विवाह गर्ने नारीहरुको फेहरिस्त सुनाउने प्रेमी एउटा मात्रै मिर्गौला भएकैले प्रेमिकासँग टाढिएको थियो । यो लेखमा तथ्यांकको कुरा गर्ने नै हैन भन्दा भन्दै पनि पुरुषको तुलनामा महिलाले मिर्गौला बढी दिएकै छन ।

के थाहा त्यो प्रेमीको पनि मिर्गौला एउटा मात्रै पो छ कि ? कुनै ठूलो समस्या नभई अस्पताल नपुग्ने आमनेपालीको प्रवृत्ति हो । यसो त मिर्गौलामै समस्या हुँदा देखिने लक्षणहरु यही हुन भन्ने पनि छैनन । यी पंक्तिहरु पढिरहँदा तपाईलाई पनि आफ्नो मृगौला दुई वटा छन कि छैनन भन्ने जाँच्न मन लाग्यो कि ? जसले कसैलाई पनि नभन्नु भनेर आफ्नो कुरा मलाई सुनाइन । मैले पनि त्यसको पालना गरेकै छु, कारण तपाईंले यी पंक्तिहरु नसुनेर पढिरहनु भएको छ ।

यी पंक्तिका लागि मैले अनुमति लिएको छैन । मेरी स्वयंसेविका भाउजू अहिले पनि हप्ताको तीन दिन शिक्षण अस्पताल डायलासिसका लागि जान्छिन । निकै विरामी परेकी भाउजूको मिर्गौलामा समस्या आएको धेरै पछि मात्रै थाहा भयो । जबकी दुबै मिर्गौला काम गर्नै नसक्ने अवस्थामा पुगिसकेका रहेछन । यो अवस्थामा दुई वटा मात्रै बिकल्प हुन्छन डायलासिस वा मिगौला प्रत्यारोपण । पहिलो कुरा भाउजूलाई मिर्गौलादाता भेट्नै गारो भयो । भेटे पनि आर्थिक स्रोत जुटेन । अलिअघि त आर्थिक संकलन अभियान नै चल्यो, तर अहिले के भइरहेछ, म पनि अपडेट छैन । यत्तिचाहिं पक्का हो । दाइले स्कूल पढाएर कमाएको पैसा भाउजूको उपचारको लागि पठाइरहेका छन । विहान बेलुका पसल चलाएर आएको पैसाले पेट पालिरहेछन । तपाईं भन्नुहोला डायलासिस त सरकारले निःशुल्क गरेको छ नि ?हो म पनि मान्छु, खर्च अस्पताल भित्र मात्रै हैन, बाहिर पनि त हुन्छन नि । अस्पताल आउन जान पर्ला, विरामीले आर्थिक स्रोतले धाने पनि नधाने पनि ट्याक्सी चढ्नु प¥यो । काठमाडौंमा बसेपछि कोठा भाडा तिर्नै प¥यो । नुनदेखि नुन घोल्ने पानी पनि त किन्नु प¥यो नि ।

यी पंक्तिहरु पढिरहने कतिलाई लाग्दो हो मैले त मिर्गौला बिगार्ने काम केही गरेको छैन भन्ने लागिरहेको होला ? तर जाडो धेरै छ भनेर म जस्तैै अल्छि गरेर पिसाव लामो समय रोकेर सिरक भित्रै बसिरहनु भएको छ कि ?भारीका भारी गुट्टा किनेर खानै पर्दैन यो पनि मिर्गौला विगार्ने एउटा कारण हुन सक्छ । अनि केटीहरु मख्ख होलान हामी त पराग खाँदै खाँदैनौ हाम्रो मिर्गौला सुरक्षित छ भनेर तर मिन्स हुँदा सहनै सकिन भनेर खट्टु चपाए जसरी पेनकिलर चपाएको बिर्सनु भयो । म स्वास्थ्यकर्मी त हैन तर यत्ति त भन्नै पर्छ पेनकिलरबाट टाढै रहनु मिर्गौला बचाउने एक उपाय हो । म त कुनै पनि चिजको अम्मली हैन, छैन भनेर ढुक्क हुने अवस्था छैन ।

र नेपालीले विषादी खाइरहेछ । दाल, भात र तरकारीबाहेक केही खान्न भन्नेले पनि दिनहुँ विषादी खाइरहेछ । तरकारीको बीज, विरुवादेखि भाँडोमा ओरिनेबेलासम्म विषादीकै संसर्ग छ । पोलिस गरेर नचम्काईएको दाल र चामल भेट्नै मुस्किल । फलफूललाई चम्किलो बनाउन मात्रै हैन, पकाउन समेत केमिकल हालिएकै छ । कुखुरा छिटो हुर्काउन भनेर सुई घोपिएकै छ । माछालाई धेरै दिन टिकाउन भनेर शव नसडोस भनेर हालिने रसायन हालिएकै छ । यसर्थ कसैले दाबी गर्नै पर्देन यहाँ कसैको पनि मिर्गौला सुरक्षित छँदैछैन ।

नेपालमा रोगको बारेमा थाहा पाएर मात्रै पनि हुने अवस्था छैन । यहाँ त एउटा औषधिमा समेत कमिशनको खेल छ । उपचारका लागि पुग्ने बिरामीहरुमा कमिशन, शैयामा कमिशन, सरकारीबाट निजी अस्पतालमा लैजान कमिशन, एम्बुलेन्समा कमिशनको जमाना आएको छ । एकआधलाई छाड्ने हो भने रोगको बारेमा जानेको भनिदिंदा समेत कमिशन वा पैसा लिनुपर्छ भन्ने प्रबृति हुर्किदै गएको छ । रोग चिनेर अस्पताल पुगे पनि ढिलासुस्तीले गलत उपचारले वा यस्तै यस्तै कारणले मानिस मरिरहेका छन । रोगको पीडाले भन्दा पनि स्वास्थ्यकर्मीले, अस्पताल प्रशासनले वा चरम कर्मचारी तन्त्रले बिरामीलाई गिजोली गिजोली तन्नम बनाइन्छ । यसर्थ सुरक्षित रहन धेरैभन्दा धेरै सहज हुनु आवश्यक छ ।ल अब त घडीले रातको १२ः०८ बजायो । सबैभन्दा पहिले अघिदेखि रोकेर राखेको सुसु फ्याँकेर मिगौला जोगाउन लाग्छु ।

viber sharing button
वैकुण्ठ ढकालबाट थप
किशोरावस्थामा मैले जे भोगें ...
किशोरावस्थामा मैले जे भोगें ... शनिबार, भदौ २७, २०७७
घरजमको कुरा
घरजमको कुरा शनिबार, जेठ १७, २०७७
विवाह टिकाउने आधार
विवाह टिकाउने आधार शनिबार, वैशाख २०, २०७७
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
रामकुमारी झाँक्रीलाई खुल्लापत्रः किन अवरुद्ध भयो तपाईको गला ?
बाघको छालामा स्यालको रजाइँ
होलीको यथार्थ
नाम र पैसाको पछाडि लाग्दा गुमेको ‘मानवता’
नेपाल रहेसम्म श्री ५ पृथ्वीनारायण अमर रहने छन्
अन्योलको भुँमरीमा एमसीसी परियोजना
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP