मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, July 04, 2022 |सोमबार, असार २०, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
अन्तर्वार्ता
  • गृहपृष्ठ
  • ‘भ्रमण वर्ष २०२०’ व्यापार विस्तार गर्ने सुनौलो अवसर
‘भ्रमण वर्ष २०२०’ व्यापार विस्तार गर्ने सुनौलो अवसर डा. पूर्ण कँडेल क्यानेडियनहरुको भ्रमणको औषत बजेट प्रतिव्यक्ति ४ हजार डलर हुन्छ
जनतापाटी
जनतापाटी बिहीबार, पुस १७, २०७६ मा प्रकाशित
viber sharing button
‘भ्रमण वर्ष २०२०’ व्यापार विस्तार गर्ने सुनौलो अवसर

काठमाडौं । २० लाख पर्यटक भित्रयाउने लक्ष्यसहित सरकारले हिजो(जनवरी १)देखि औपचारिक रुपमा नेपाल भ्रमण वर्षको शुरुवात गरेको छ । यसै सन्दर्भमा युरोप—अमेरिकामा नेपाल भ्रमण वर्षको तयारी, नेपाल र क्यानडा विचको व्यापार र त्यसका विविध पक्षहरु लगायतको विषयमा केन्द्रित रही जनतापाटी डटकमका कार्यकारी सम्पादक बाबुराम ढकालले क्यानडा नेपाल विजनेश नेटवर्कका अध्यक्ष डा. पूर्ण कँडेलसँग विस्तृत कुराकानी गरेका छन् ।

प्रस्तुत छ, केहीवर्षदेखि क्यानडाको टोरेण्टोमा व्यवसाय गरिरहेका चितवन शारदानगरका कँडेलसँगको कुराकानीको सारसंक्षेप  :

नेपालमा हिजो नेपाल भ्रमण वर्ष उद्घाटन भएको छ, तपाईहरुले चांही विदेशमा के के गर्नुभयो ?

यस्ता कार्यक्रमहरुको महत्व नेपालमै रहेका नेपालीहरुको लागि भन्दा विदेशमा रहेका नेपालीहरुलाई बढी हुन्छ । क्यानडा लगायतका विदेशी राष्ट्रहरुमा जनवरी ७ तारिखका दिन नेपाल भ्रमण वर्षको कार्यक्रमको उद्घाटन गर्ने नेपाल सरकारको कार्यक्रम छ । तर, हामीले हिजैदेखि यहाँ कार्यक्रम शुरु गरिसकेका छौं ।

उद्घाटन नहुँदै कार्यक्रम शुरु गर्नु भयो ?

हो, उद्घाटन भनेको औपचारिकता हो । तर, सरकारी अभियान त १ तारिखदेखि नै शुरु भयो । त्यसैले हिजो अन्टारियो प्रोभिन्सको स्मल विजनेश मिनिस्टर परमजित सरकारियाको प्रमुख आतिथ्यतामा नेपाल भ्रमण वर्ष र टोपी दिवसको कार्यक्रम गर्यौं । साँझ टोरेण्टोमा र्याली गर्यौं ।

उद्घाटनको दिन ७ तारिखमा राजदूतावासले आयोजना गरेको अरु विभिन्न कार्यक्रमको साथमा टोरेण्टो टावरमा २ वटा हेलिकोप्टरले नेपालको राष्ट्रिय झण्डा र नेपाल भ्रमण वर्षको लोगो प्रदर्शन गर्ने कार्यक्रम राखिएको छ । नेपालीहरुका विभिन्न समुदायले विभिन्न किसिमका कार्यक्रमहरु गरिरहेका छन् । समग्रमा भन्दा नेपाल भ्रमण वर्षले क्यानडाका मात्र होइन, विदेशमा बसेका हरेक नेपालीलाई उत्साहित गरेको छ, नेपालप्रति चासो राख्नेहरुलाई पनि उत्साहित गरिरहेको छ ।

क्यानडामा रहेका नेपालीहरुको संख्या कति छ र तिमध्ये कतिले यो वर्ष नेपाल भ्रमण गर्लान् ?

औपचारिक तथ्याङ्क त छैन । तर, करिब ८० हजारदेखि १ लाख नेपाली क्यानाडामा वसोवास गरिरहेको अनुमान गरिएको छ । यो वर्ष ती सबै नेपालीहरु एक पटक नेपाल पुग्छन् भन्ने अनुमान हामीले गरेका छौं ।

भ्रमण वर्षको लक्ष्य त विदेशमा रहेका नेपालीहरु भन्दा पनि विदेशी नागरिकलाई नेपाल भ्रमण गराउनु हो, कति क्यानेडियनहरु नेपाल भ्रमण गर्लान् ?

गत वर्ष २० हजार क्यानेडियनले नेपाल भ्रमण गरेका थिए । यो वर्ष सकेसम्म त्यसको तेब्बर नभए पनि दोब्बर क्यानेडियनलाई नेपाल पठाउन सकिन्छ भन्ने लागेको छ । क्यानडा सरकारको स्तरबाट पनि मन्त्री सहितका भ्रमण टोलीहरु नेपाल जाने टुंगो भएको छ । त्यसले पनि नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेछ ।


नेपाल आउँदा क्यानेडियनहरुले कति खर्च गर्छन् ?

क्यानेडियनहरुको एक पटकको भ्रमणको औषत बजेट प्रतिव्यक्ति ४ हजार डलर हुन्छ । क्यानडा र नेपाल बीचको हवाई दूरी निकै लामो छ र करिब १ हजार डलर त हवाई भाडामै खर्च हुन्छ । त्यसैले औसतमा एकजना क्यानेडियनले नेपालमा ३ हजार डलर खर्च गर्छ ।


तपाईँ टोरेण्टोमा व्यापार गरिरहनु भएको छ, नेपाल र क्यानडाको व्यापारको अवस्था कस्तो छ ?

निकै असमान छ । नेपालबाट क्यानडामा वार्षिक करिब ४५ मिलियन डलरको समान निर्यात हुने गरेको छ भने नेपालले त्यसको करिब ९ गुना बढी ४ सय मिलियन डलरको समान आयात गर्छ । नेपालबाट कृषिउपज वस्तुहरुको निर्यात हुने गरेको छ भने क्यानडाबाट धेरैजसो औषधि र वायोमेडिकल उपकरण तथा हवाई सम्बन्धि समानहरुको निर्यात हुने गरेको छ । अहिलेसम्म पनि नेपाल र क्यानडाबीच ठूलो व्यापार असमानता छ र यो असमानता हटाई व्यापार घाटा कम गर्न नेपाल सरकारले नै विशेष कार्यक्रम सहित पहल गर्नुपर्छ ।

कस्तो पहल ?

नेपालबाट क्यानडामा चिया, गार्मेण्ट लगायतका समानहरु निर्यात हुन्छ । र, सम्भावना पनि कृषि उत्पादनकै हो । नेपालले कृषि उत्पादन वाहेक अरु समान निर्यातको सम्भावना त्यति धेरै देखिदैन । त्यसैले गुणस्तरिय कृषिजन्य वस्तुको उत्पादन, प्याकेजिङ र बजारीकरण गर्नु पर्छ । अरुदेशमा भन्दा पनि क्यानडामा नेपाली समानको बजारीकरण गर्न सजिलो छ । किनकी क्यानडा सरकारले नेपालबाट आउने केही समानहरु बाहेक ९९ प्रतिशत समानहरुमा भन्सार छुटको सुविधा दिएको छ ।

नेपालले त्यो छुटको उपयोगको लागि रणनीति बनाएर काम गर्ने हो भने क्यानडामा निकै ठूलो मात्रामा नेपाली उत्पादनको बजार देखिएको छ । त्यो बजार विस्तारको लागि पनि नेपाल भ्रमण वर्षको भरपुर उपयोग गर्नुपर्छ । त्यसैले केवल पर्यटक भित्र्याउने मात्र नभई नेपाली उत्पादनको प्रचार प्रसार गर्ने सुनौलो मौकाको रुपमा नेपाल भ्रमण वर्षलाई उपयोग गर्नु पर्छ ।

viber sharing button
जनतापाटीबाट थप
कालोपत्र गरेको दुई महिनामै भत्कियो सडक
कालोपत्र गरेको दुई महिनामै भत्कियो सडक ९ मिनेट पहिले
गण्डकी सरकारलाई पूर्वअर्थमन्त्रीको प्रश्न- झण्डा हल्लाउन मात्रै सरकारमा जानुभएको हो ?
गण्डकी सरकारलाई पूर्वअर्थमन्त्रीको प्रश्न- झण्डा हल्लाउन मात्रै सरकारमा जानुभएको हो ? २० मिनेट पहिले
जिसस र आर्सनलबीच पाँच वर्षको सम्झौता
जिसस र आर्सनलबीच पाँच वर्षको सम्झौता ३३ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
जनताले प्रत्यक्ष अनुभूत गर्नेगरी भ्रष्टाचाररहित परिणाममुखी काम गर्छु -कृष्ण रानामगर
राष्ट्रको विरुद्ध मैले गद्दारी गरेको छैन, प्रमाणित गर्न चुनौती दिन्छु -अर्थमन्त्री शर्मा
विराटनगरबाट पाँच जना प्रधानमन्त्री हुनुभयो, तर नजर यहाँ परेन - मेयर कोइराला
निर्वाचन परिणामलाई परिपक्‍वतापूर्वक विश्लेषण गरौँ, लाञ्छना नलगाऔँ -विश्‍वप्रकाश शर्मा
भरतपुरकी मेयर रेनु दाहाललाई ११ प्रश्न
कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण गर्छाैँ, कसले नमान्नु होला र ? - मेयर बालेन्द्र शाह
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP