मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, July 04, 2022 |सोमबार, असार २०, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
विश्व
  • गृहपृष्ठ
  • भारतमा प्रदर्शन : आप्रवासीले खुसी मनाउँदा आसामवासी रुष्ट
भारतमा प्रदर्शन : आप्रवासीले खुसी मनाउँदा आसामवासी रुष्ट ‘यो भारतको अनेकताबीच सङ्कीर्णता र कट्टरपन्थी शक्तिको जित हो ।’
जनतापाटी डेस्क
जनतापाटी डेस्क बिहीबार, मंसिर २६, २०७६ मा प्रकाशित
viber sharing button
भारतमा प्रदर्शन : आप्रवासीले खुसी मनाउँदा आसामवासी रुष्ट

काठमाडौं । विवादित नागरिकत विधेयकका कारण हाल भारतका विभिन्न स्थानहरु तनावग्रस्त वनेका छन् । भारतको तल्लो सदन लोकसभाले पारित गरेको विधेयक हाल माथिल्लो सदन राज्यसभाले पनि सदर गरिदिएको छ ।

राज्यसभामा १ सय २५ मत सो विधेयकको पक्षम खसेको थियो भने १ यस ५ मत विपक्षमा खसेको थियो । यो मतदानले सत्तारुढ भारतीय जनता पार्टी(भाजपा)को राज्यसभामा कत्तिको पकड छ भन्ने कुरा पनि स्पष्ट पारिदिएको छ । राज्यसभाम भाजपाको बहुमत छैन त्यसैले पनि यो विधेयस पास गर्न सफल बनेकाले भाजपाको निर्णय भारतीय राजनेतालाई परिक्षास्वरुप बनेको जानकारहरु बताउँछन् ।

अफगानिस्तान, पाकिस्तान, बंगलादेश लगायतका देशबाट आएका लैङ्गीक, धार्मिक, जातिय अल्पसंख्यको मुद्दा सम्बोधन गर्न यो विधेयक ल्याइएको भाजपा नेताको बुझाइ रहेको छ भने प्रतिपक्षी दल कांग्रेसले फरक मत राखेको छ । कांग्रेस नेतृ सोनिया गान्धिले सो विधेयक पास भएकै दिन ‘कालो दिन’ भनेर घोषण गरेकी थिइन् । उनले भनिन्, ‘यो भारतको अनेकताबीच सङ्कीर्णता र कट्टरपन्थी शक्तिको जित हो ।’

यस्तो नियमले भारतको जैविक विविधता, जातिय सहिष्णुता र भारतीय पहिचानमा असर गर्ने भन्दै प्रतिपक्षी कांग्रसले विरोध गरेको थियो । केही आलोचकहरुले उक्त विधेयक मुस्लिमहरुलाई सिमान्त पार्ने भाजापाको योजनाको अंश भएको आरोप लगाउँछन् ।

केही मानसिको भनाइ हेर्ने हो भने धार्मिक आधारमा गरिएको यस्तो विभेदले भारतको संविधानमा उल्लिखत धर्म निरपेक्षताको सिद्धन्तलाई उल्लङ्घन गरेको छ । धार्मिक आस्थालाई नागरिकता प्राप्तिको अनुकुलन बनाइनु हुँदैन भन्ने धारण एक प्रकारका मानिसहरुले बताएका हुन् ।

दिल्लीका एक प्रदर्शककारी भन्छन, ‘पहिलेबाटै नै मुस्लिममाथि आक्रमण भइरहेको छ । यो कानुनले त उनीहरुलाई अझ कमजोर बनाउँछ ।’

भारतको पूर्वोत्तर राज्य आसाममा पनि नागरिकता विधेयकको विरोधमा प्रदर्शन सुरु भैसकेको छ । यो विधेयकले बंगलादेशबाट आएका प्रवासी बंगलादेशीले स्थानीय आसामी जनतामाथी शासन गर्ने डर त्यहाँका जनतालाई छ । यसकारण सबैभन्दा धेरै विरोध सोही क्षेत्रमा भएको छ ।

तर, प्रधानमन्त्री नरेन्द्र मोदीले भने यस्तो हुन नदिने बताउँदै आएका छन् । उनले एक ट्वीटमा लेखेका छन, ‘धारा ६ अनुसार म र भारतीय सरकार यो कुरामा आसामी जनताको राजनीतिक, भाषिक, संस्कृतिक र भूमि अधिकारलाई सुरक्षित गर्नको लागि प्रतिबद्ध छौं ।’

उनले दुवै सदनबाट नागरिकता विधेयक पास भए तापनि आसामी जनतालाई चिन्ता नलिन आग्रह गरेका छन् । उनले भनेका छन, ‘म तपाइँ(आसामी)हरुको हक, पहिचान र सुन्दर संस्कृतिलाई मलजल गरेर फुलाउने विश्वास दिलाउन चाहान्छु ।’

राज्यसभामा बोल्दै गृहमन्त्री अमित शाहले तीन देशमा धार्मिक प्रताडना खेपेका मानिसलाई नागरिकता दिन यो कानुन आएको बताए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि विधेयक सबैलाई मिलाएर राख्ने र मानवीय मूल्यले भरिएको भारतको शताब्दियौँ पुरानो परम्परा अनुरूप आएको भनेका थिए ।

तर उन(प्रधामन्त्री र गृहमन्त्री)को यस्तो आश्वासन आए पनि बंगलादेशसँग सीमा जोडिएका भारतका राज्यहरुमा प्रदर्शन भने रोकीएको छैन् । यतिवेला सो विधेयक संसदीय प्रकृयाबाट पारित भैसकेको छ ।

त्यहाँका मानिसहरु उनको आश्वासनमा विश्वास गर्न सकिरहेका छैनन् । भारत सरकारले बंगलादेशबाट आउने मानिसको चेपुपामा पर्ने डर उनीहरुको मनबाट हटाउन नसकेको प्रष्टै देखिएको छ ।

हाल त्रिपुरामा पनि सेना परिचालन गरिएको छ । आसामको राजधानी गुहावटीमा प्रहरी र प्रदर्शनकारीबीच भिडन्त भएको थियो । सरकारले प्रदर्शन रोक्न भनेर विभिन्न ठाउँहरुमा कफ्र्यु जारी गरेको छ । यसअगाडि विरोध प्रदर्शनका कारण आसामका मुख्यमन्त्री सर्बानन्द सोनोवाल विमानिस्थलमा रोकिएका थिए । उनी गुहावटी विमानिस्थलमा रोकिएका थिए ।

अब प्रमाणिकरण भएपछि उक्त विधेयक कानून बन्नेछ ।

viber sharing button
जनतापाटी डेस्कबाट थप
पहिलो पटक सरकारी कार्यालयनै ठगिको सिकार
पहिलो पटक सरकारी कार्यालयनै ठगिको सिकार शुक्रबार, चैत ७, २०७६
चिनियाँ राष्ट्रपति सी’ले कसलाई भनेका रहेछन् ‘सैतान’ ?
चिनियाँ राष्ट्रपति सी’ले कसलाई भनेका रहेछन् ‘सैतान’ ? बिहीबार, चैत ६, २०७६
कोरोनाले जताततै तनाव : ऋण काढेर विदेश जानेको विचल्ली
कोरोनाले जताततै तनाव : ऋण काढेर विदेश जानेको विचल्ली बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
हङकङको मामिलामा हस्तक्षेप नगर्न क्यानडालाई चीनकाे आग्रह
इजिप्टमा पौडी खेल्दा सार्कको आक्रमणबाट दुई महिलाको मृत्यु
श्रीलंकामा इन्धन संकटः सबै सरकारी तथा निजी विद्यालय बन्द
सिड्नीमा बाढीको कहरः एक जनाको मृत्यु, हजारौँलाई घर छाड्न भनियो
श्रीलंकामा १ दिनलाई मात्र पुग्ने इन्धन
कोपेनहेगनको सपिङ मलमा गोली चल्यो, तीन जनाको मृत्यु
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP