मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, July 04, 2022 |सोमबार, असार २०, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
विशेष - रिपोर्ट
  • गृहपृष्ठ
  • सर्वोच्चकाे न्यायाधीश छनोट : ‘वैदिकको च्याप्टर क्लोज !’
सर्वोच्चकाे न्यायाधीश छनोट : ‘वैदिकको च्याप्टर क्लोज !’
जनतापाटी डेस्क
जनतापाटी डेस्क बिहीबार, मंसिर २६, २०७६ मा प्रकाशित
viber sharing button
सर्वोच्चकाे न्यायाधीश छनोट : ‘वैदिकको च्याप्टर क्लोज !’
null

काठमाडौं । सर्वोच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिमा नयाँ कोर्ष शुरु हुने देखिएको छ । न्याय परिषदले अब न्याय परिषद सदस्यबाट राजीनामा दिएका पदमप्रसाद वैदिकको विकल्प खोज्ने कुरा सुनिएको छ । वुधबार बसेको परिषद् बैठकले सर्वोच्चको रिक्त न्यायाधीशमा कसैको पनि नाम सिफारिस गरेन ।

यसैलाई लिएर वैदिकको विकल्प खोज्न लागिएको कुरा आउन थालेको छ । यसअघि बसेको बैठकमा वैदिकलाई न्यायाधीश सिफारिस गर्ने न्यायपरिषद अध्यक्ष एवं प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको प्रस्ताव स्वीकृत भएको थियो । त्यो बेला दुई पल्ट परिषद सदस्य एवं विभागीय मन्त्री उपेन्द्र यादव र परिषद सदस्य एवं सर्वोच्चकै बरिष्ठ न्यायाधीश दिपक कुमार कार्कीले आपत्ति जनाए ।

न्यायाधीश नियुक्तिको सिफारिस गर्ने जिम्मेवारी बोकेको न्यायपरिषद्का सदस्य वैदिकले सर्वोच्चमा न्यायाधीश बन्ने पक्का–पक्कीकै कारण राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका थिए । राजीनामा बुझाएलगत्तै उनलाई न्यायाधीश नियुक्तिको सिफारिस गर्न बसेको न्यायपरिषद् बैठकले निर्णय गर्न सकेन । उनले राजीनामा दिनासाथ सरकारकै प्रतिनिधिलाई न्यायाधीश बनाउन लागिएको भन्दै नेपाल बार एशोसिएशनले विरोध गरेको थियो ।

अहिले आएर परिषद अध्यक्ष एवं प्रधानन्यायाधीश राणाले बारको भावनाविपरीत न्यायाधीश नियुक्ति नगर्ने बताएका छन् । उनले यो कुरा बारको ४६औं कार्यकारिणी परिषद् बैठकमा सुनाए । जुन बैठक बुटवलमा भयो । उनले यसो भनेको भोलिपल्ट वुधबार बसेको बैठकले वैदिकलाई न्यायाधीश नियुक्ति सिफारिसको निर्णय रोकेको छ ।

हेराैँ,याे पनि 

सर्वाेच्चकाे न्यायाधीशमा र्‍याल चुहाउँदै 'प्रचण्ड', वैदिकलाई भर्ती गर्ने कसरत

अब न्याय परिषद्ले वैदिक अध्यक्ष रहेको एक छानबिन समितिको अध्यक्षको जिम्मेवारी सदस्य रामप्रसाद सिटौलालाई दिएको छ । जिल्ला न्यायाधीश अर्जुन कोइरालाले गरेको एक हाउजिङ मुद्दामा मिलापत्र गरेको उजुरी परेपछि छानबिन गर्ने निर्णय भएको हो । छानबिनका लागि वैदिकको अध्यक्षतामा उच्च अदालत पाटनका मुख्य न्यायाधीशसहितको तीन सदस्यीय समिति बनाइएको थियो । उनीबाट त्यो जिम्मेवारी खोसिएको छ ।

वैदिकको विकल्प को ?
वैदिकसहित यसअघि उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश कुमार चुडाल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश हरिकुमार पोखरेल, अधिवक्ता डा. दिनमणि पोखरेलको चर्चा भएको थियो । अब राजनीतिक आस्थाको आधारमा न्यायाधीश सिफारिस गरियो भने पूर्व माओवादी निकट डा. दिनमणि पोखरेल वैदिकको विकल्प हुन सक्छन् ।

यदि भित्रैबाट बढुवा गर्ने हो भने, उच्चका मुख्य न्यायाधीशद्वय चुडाल र पोखरेल मध्ये एक जना नियुक्त हुनेछन् । यी बाहेक अहिलेसम्म अन्यको नाउ बाहिर सुन्नमा आएको छैन । आफु निकटका वैदिकलाई टाँस्ने ठाउँ ठेगान भएन भने फेरि प्रचण्ड रिसाउने पक्का छ । केपी ओलीको अघिल्लो कार्यकालमा आफुहरुको एउटा पनि न्यायाधीश नभएको भन्दै प्रचण्ड सरकार ढाल्नै उत्रिएका थिए ।

वुधबारको बैठक पनि माछा–माछा, भ्यागुता
जसरी गएको विहीबार बसेको बैठक माछा–माछा, भ्यागुता भयो । त्यस्तै वुधबारको बैठक दुरुस्तै त्यस्तै भयो । विहीबार अब खाली हात उठ्नु भएन भन्दै जम्मा एक जना जिल्ला न्यायाधीशको सरुवा गर्दै बैठक सक्काइयो । यस्तै, वुधबार पनि उच्च अदालत पाटनका न्यायाधीश प्रभा बस्नेतलाई पुनःनिर्माण प्राधिकरणको उजुरी पुनरावेदन समितिको अध्यक्ष निर्णय भयो ।

पुनःनिर्माण प्राधिकरणको गुनासो सुन्ने र चित्त नबुझेपछि पुनरावेदन गर्ने समितिमा न्यायाधीश अध्यक्ष रहने व्यवस्था छ । उता, न्याय सेवा आयोगको बैठकले न्याय सेवा आयोगका सहसचिव, उपसचिवको बढुवा गर्ने निर्णय गरेको छ ।

न्याय परिषद बैठक : ‘माछा–माछा–माछा, भ्यागुता’ तर, प्रचण्ड निकट वैदिककै सम्भावना बलियो

viber sharing button
जनतापाटी डेस्कबाट थप
पहिलो पटक सरकारी कार्यालयनै ठगिको सिकार
पहिलो पटक सरकारी कार्यालयनै ठगिको सिकार शुक्रबार, चैत ७, २०७६
चिनियाँ राष्ट्रपति सी’ले कसलाई भनेका रहेछन् ‘सैतान’ ?
चिनियाँ राष्ट्रपति सी’ले कसलाई भनेका रहेछन् ‘सैतान’ ? बिहीबार, चैत ६, २०७६
कोरोनाले जताततै तनाव : ऋण काढेर विदेश जानेको विचल्ली
कोरोनाले जताततै तनाव : ऋण काढेर विदेश जानेको विचल्ली बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
शक्तिराष्ट्रसँग सरकारकाे टकरावः अमेरिकाकाे धम्की, चीनसँग बढ्दै दूरी र भारतसँग असन्तुष्टि
विपद्का ११ वर्षः १४ हजार जनाको मृत्यु, १२ सय बेपत्ता र नाै खर्बभन्दा बढी आर्थिक क्षति
गरिबका छोराछोरीलाई एमबीबीएस पढाउने प्रदेश १ सरकारको कार्यक्रम असफल
तीन वर्षमा ६३ हजार सडक दुर्घटना: राष्ट्रिय लक्ष्य एकातिर, सरकारको ध्यान अर्कोतिर
तेस्रो विश्वयुद्धको त्रासः आणविक हतियार कसको आदेशमा कसरी लन्च हुन्छ ?
‘एमसीसी’ र ‘व्याख्यात्मक घोषणा’को अनुमोदनलाई अमेरिका र चीनद्वारा ‘नोटेड’, कूटनीतिमा यसको अर्थ के ?
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP