धनगढी । प्रहरीले चोरी गरिएको भारतीय रुपैयाँ सहित तीनजनालाई पक्राउ गरेको छ । कैलाली प्रहरीले २६ लाख भारतीय रुपैयाँ (भारु) सहित ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कैलालीको भजनी नगरपालिका–८ का एकेन्द्र भण्डारी, कैलालीकै बर्दगोरिया गाउँपालिका–४ की शर्मिला खड्का र बसन्ती पोखरेल छन् ।
प्रहरीका अनुसार केही महिला अगाडि उनीहरुले भारतको बैङ्गोलरमा लुटपाट गरेका थिए ।
भारतबाट लुटपाट गरेका भागेका उनीहरु गत कात्तिकमा नेपाल पुगेका थिए ।
प्रहरीका अनुसार भण्डारी, खड्का र पोखरेलसहितको समूहले झण्डै २ करोड भारु लुटपाट गरेको थियो । उक्त समूहका रोशन सुनार र १ जना भारतीय नागरिक फक्राउ परिसकेका छन् ।