मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, July 04, 2022 |सोमबार, असार २०, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
विशेष - रिपोर्ट
  • गृहपृष्ठ
  • शुल्क फिर्ता प्रकरण : मध्यरातमा सहमति, विद्यार्थीमाथि यसरी खन्याइयो चिसोपानी
शुल्क फिर्ता प्रकरण : मध्यरातमा सहमति, विद्यार्थीमाथि यसरी खन्याइयो चिसोपानी
जनतापाटी डेस्क
जनतापाटी डेस्क बुधबार, मंसिर ११, २०७६ मा प्रकाशित
viber sharing button
शुल्क फिर्ता प्रकरण : मध्यरातमा सहमति, विद्यार्थीमाथि यसरी खन्याइयो चिसोपानी

काठमाडौं । तोकिए भन्दा बढी शुल्क लिने मेडिकल कलेजमाथि कारबाही गर्ने प्रतिबद्धताबाट सरकार पछि हटेको छ । मंगलबार राति अबेर शिक्षा मन्त्रालयमा गरिएको चारबुँदै सहमतिले सरकार आफ्नो प्रतिबद्धताबाट पछि हटेको पुष्टि गरेको हो । कार्तिक २४ गते दिएको १५ दिने अल्टिमेटम र सोमबार दिएको २४ घण्टे अल्टिमेटम गुजारेका मेडिकल कलेज सञ्चालकलाई कारबाही गर्नुको साटो सरकारले उल्टै दोभाषे ‘काइते’ सहमति गरिदियो । त्यो पनि मध्ये रातमा । अचम्म छ, पटक–पटकका निर्देशन अटेर गर्नेलाई कारबाही हुन्छ कि, ज्वाइँलाई जस्तो सत्कार ?

सरकारले गराएको चारबुँदे बाहिर आएको केही घण्टामै विद्यार्थीले जवाफ दिइसकेका छन्, हाम्रो आन्दोलन अझ सशक्त हुनेछ, भनेर । चिकित्सा शिक्षा संघर्ष समितिका महासचिव र प्रवक्ताले निकालेको प्रेस विज्ञिप्तिले मेडिकल कलेज सञ्चालकको संरक्षणका लागि चारबुँदे सहमति गरिएको र त्यो आफुहरुलाई मान्य नहुने कुरा बोलेको छ । विज्ञप्तिको ठहर खण्डमा ‘चिकित्सा शिक्षा संघर्ष समिति आफ्नो आन्दोलनको कार्यक्रम अझै सशक्त बनाउने प्रतिबद्धता जनाउँछ’ भनिएको छ ।

यस्तो छ, विज्ञप्ति


मेडिकल कलेज सञ्चालकले गरेको लिखित सहमतिलाई सरकार पक्षधरले ठूलो सफलता भन्ठानिरहेका छन् । र, जस लिन खोजिरहका छन् । मेडिकल कलेज सञ्चालकहरु पनि हामी आफुले जनाएको लिखित प्रतिवद्धता शतप्रतिशत कार्यान्वयन गर्छौ, भनिरहेका छन् । तर, सहमतिको चार बुँदा मध्ये कुनै पनि बुँदामा विद्यार्थीले चित्त बुझाउने ठाउँ भने भेटिदैन ।

किन ? -यसकारण
(क) विश्वविद्यालयबाट काउन्सेलिङ्ग गरी बैंकिङ प्रणालीद्वारा विद्यार्थी भर्ना प्रक्रिया थालनी गरिएको शैक्षिक सत्र ०७४–०७५ र ०७५–०७६ मा नेपाल सरकारले निर्धारण गरेको शुल्क भन्दा बढी रकम लिएका मेडिकल कलेजहरुले भोलि मिति २०७६ मंसिर ११ गतेदेखि नै बढी लिएको शुल्क रकम फिर्ता वा समायोजनको कार्य थालनी गर्ने ।

यो बुँदाको व्यवहारिक कुरा भन्ने हो भने –पहिलो र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीले तिरेको अतिरिक्त शुल्क तेस्रो वर्षमा तिर्नुपर्ने रकममा समायोजन गर्ने भन्ने नै हो । यो बुँदामा फिर्ताको कुरै आउँदैन । मेडिकल कलेज सञ्चालक इमानदार भएको खण्डमा हुने समायोजन नै हो । तर, यसमा पनि यति मिति भित्र समायोजन गरिसक्ने भन्ने कुरा सरकारले कडिकडाउसाथ लेख्न सकेको देखिएन । जहाँ के भनियो, ‘रकम फिर्ता वा समायोजनको कार्य थालनी गर्ने’ । थालनीको अर्थ विद्यार्थीलाई बोलाउने उनीहरुले के भन्छन्, त्यो आधारले व्यवहार गर्ने भन्ने हो । आह ! मेडिकल कलेज सञ्चालकलाई क्या सजिलो ।

(ख) शैक्षिक सत्र ०७२–०७३ र ०७३–०७४ को हकमा विश्वविद्यालयहरुको समन्वयमा अध्ययन, छलफल र छानविन गरी चिकित्सा शिक्षा आयोगबाट उपयुक्त निर्णय लिन चिकित्सा शिक्षा आयोगसमक्ष अनुरोध गर्ने ।

यसको खास अर्थ चाँहि–अहिले तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीबाट लिएको अरिरिक्त शुल्क त्यो बेला विश्वविद्यालयको स्वीकृतिमै लिएको बहाना देखाउँदै नदिने भन्ने नै हो । र, चिकित्सा शिक्षा आयोगलाई बिचमा त्यसै घचेटिएको छ । ‘चिकित्सा शिक्षा आयोग’झुण्ड्याउनु भनेको विद्यार्थीको आन्दोलनमा चिसो पानी खन्याउनु हो । यदि त्यसो होइन भने चिकित्सा आयोगमार्फत सबै काम हुनपर्छ भनेर आवाज उठेको अहिले हो र ? खै त्यो अनुसार काम भएको ? शंका गर्ने ठाउँ धेरै छन् ।

(ग) शैक्षिक शत्र ०७६–०७७ का हकमा चिकित्सा शिक्षा आयोगबाट निर्धारण गरिएको शुल्क लिई विश्वविद्यालयको अनुमतिमा भर्ना प्रक्रिया सुचारु गर्ने ।

विद्यार्थीका लागि यो बुँदाको के औचित्य ? मेडिकल कलेज सञ्चालकका लागि भने यो खुसीको खबर हो । यसअघि प्राभेट मेडिकल कलेज एशोसिएशनले अड्काएको नयाँ भर्ना मंगलबारदेखि नै खुल्ला भएको घोषणा यो तेस्रो बुँदाले गरेको छ । अनि, मेडिकल कलेज सञ्चालक खुसी हुनु परेन !

(घ) शैक्षिक सत्र ०७७–०७८ र त्यस पछिका लागि वैज्ञानिक ढंगले शुल्क निर्धारणका लागि चिकित्सा शिक्षा आयोगबाट कार्य अघि बढाउने ।
यो बुँदाबारे धरै सोच्नै परेन । भोलि जे होला हेर्दै जाउँला भन्ने नैैै हो ।

यही हो, चार बुँदे सहमति

सरकार र मेडिकल कलेज सञ्चालकको बोली एउटै
मंगलबार अबेर भएको चारबुँदेको पहिलो बुँदामा भनिएको फिर्ता वा समायोजनको अर्थ के हो ? भनी हामीले शिक्षा सचिव महेश प्रसाद दाहाललाई सोध्यौँ । उनको जवाफ आयो, ‘त्यो दुबै हो । दुबै कार्यान्वयन गर्ने कुरा हो ।’ त्यसो कसरी ? उनले भने, ‘सबै विद्यार्थीले चारै वर्षको रकम तिरेका हुँदैनन् । तिर्न बाँकी भएकाको अहिले अतिरिक्त लिएको रकमबाट कट्टा गर्ने र तिरिसकेकाको फिर्ता गर्ने हो । यसमा धेरै सोच्नु पर्ने कुरा के छ र ?’ यदि विद्यार्थीले फिर्ता नै माग्छन् भने फिर्ता नै दिने हो, उनले थपे, ‘समायोजन गर्ने वा फिर्ता लिने त्यो विद्यार्थीले निर्णय गर्ने कुरा हो । मेडिकल कलेज सञ्चालकहरु अब यो सहमति कार्यान्वयनका लागि शतप्रशित तयार भएका छन् ।’

नेशनल मेडिकल कलेज विरगन्जका सञ्चालक बसुरुद्दिन अन्सारीले समेत सुरुमा सरकारी भाषा नै बोले । जे कुरा शिक्षा सचिवले भने ठ्याम्मै उस्तै –‘विद्यार्थीले समायोजन रोजे समायोजन, फिर्ता मागे फिर्ता ।’ तर, पछि उनले फरक कुरा गरे । उनले भने, ‘रकम फिर्ता मागेर विद्यार्थीलाई कुनै फाइदा छैन । समायोजन नै हो । तपाइँहरुले पनि त्यही बुझे हुन्छ । हामी समायोजन नै गर्छौँ ।’ कुरा गर्दै जाँदा उनले दोस्रो वर्षमा फेल हुने विद्यार्थीलाई त सम्बन्धित विश्वविद्यालयले निकालिदिने कुरा सुनाए । उनले अगाडि भने, ‘दोस्रो वर्षमा तीन पल्टसम्म मौका दिइन्छ । तीन पल्टमा पनि सफल भएन भने विश्वविद्यालयले नै घर पठाइदिन्छ । घर पठाएको विद्यार्थीलाई चाँहि रकम फिर्ता दिनु पर्ने हुन्छ ।’ यदि अरु विद्यार्थीले पनि फिर्ता दिनुस, तिर्नु पर्ने ठाउँमा पछि नै तिरौँला भन्यो भने फिर्ता दिन्छौँ ।

यो त विद्यार्थीलाई झुक्याउने खेल हो
नेशनल मेडिकल कलेजका विद्यार्थीले आफुहरु समायोजन पनि मान्न तयार रहेको तर त्यसका लागि मिति नै तोकेर प्रतिवद्धता आउनु पर्ने बताएका छन् । यस्तै, चिकित्सा शिक्षा सुधार अभियानमा लामो समयदेखि लागिरहेका डा. जीवन क्षेत्रीले मंगलबार राति भएको सहमति विद्यार्थी झुक्याउने र आन्दोलन तुहाउने जुक्ति मात्रै भएको बताए । उनले भने, ‘सहमतिको कुनै पनि बुँदामा ग्यारेन्टीसाथ लेखिएको भेटिएन । यसले कार्यान्वयनमा धोका हुन्छ भन्ने प्रष्ट छ । यसलाई विद्यार्थीले पनि मान्दैनन्, हामी पनि मान्दैनौ । संघर्ष जारी रहन्छ ।’ तपाई नै भन्नुस, तेस्रो र चौथो वर्षका विद्यार्थीले फिर्ता नगरी मान्छन् ?

कसरी लिइन्छ शुल्क ?
शैक्षिक सत्र ०७४–०७५ मा मात्रै आएर विश्वविद्यालयबाट काउन्सिलिङ गरी बैंकिङ प्रणालीबाट भर्ना प्रक्रिया थालनी भयो । तर, मेडिकल कलेजले ०७२ देखि नै बढी रकम लिँदै आएका थिए । मेडिकल कलेजले पहिले तीन किस्तामा रकम लिन्थे । सुरुमा ५० प्रतिशत, त्यसपछि २५–२५ प्रतिशत । अहिले वार्षिक रुपमा लिने गरेका छन् । सुरुमा एकतिहाई लिन्छन् । पछि वार्षिक रुपमा ७५ प्रतिशत लिन्छन् । यही वार्षिक रुपमा लिइने शुल्कमा अतिरिक्त शीर्षक थपेर उनीहरुले विद्यार्थीसँग करोडौँ असुले । अहिले फिर्ता दिन मानिरहेका छैनन् । मंगलबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले गरेको ५ घण्टे गृहकार्यले समेत कुनै तातो लगाउने देखिएन ।

यो पनि हेर्नुस्,

प्रकाश चन्दको हातमा आएकै हो त विद्यार्थी आन्दोलन ?

सरकार र निजी मेडिकल कलेजबीच सहमति, आजैबाट अतिरिक्त शुल्क फिर्ता हुने

मेडिकल कलेजमाथि भाेलीदेखी कानूनी कारवाही अगाडि बढाउने

मेडिकल कलेजले विद्यार्थीको अतिरिक्त शुल्क फिर्ता नगर्ने

 

viber sharing button
जनतापाटी डेस्कबाट थप
पहिलो पटक सरकारी कार्यालयनै ठगिको सिकार
पहिलो पटक सरकारी कार्यालयनै ठगिको सिकार शुक्रबार, चैत ७, २०७६
चिनियाँ राष्ट्रपति सी’ले कसलाई भनेका रहेछन् ‘सैतान’ ?
चिनियाँ राष्ट्रपति सी’ले कसलाई भनेका रहेछन् ‘सैतान’ ? बिहीबार, चैत ६, २०७६
कोरोनाले जताततै तनाव : ऋण काढेर विदेश जानेको विचल्ली
कोरोनाले जताततै तनाव : ऋण काढेर विदेश जानेको विचल्ली बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
शक्तिराष्ट्रसँग सरकारकाे टकरावः अमेरिकाकाे धम्की, चीनसँग बढ्दै दूरी र भारतसँग असन्तुष्टि
विपद्का ११ वर्षः १४ हजार जनाको मृत्यु, १२ सय बेपत्ता र नाै खर्बभन्दा बढी आर्थिक क्षति
गरिबका छोराछोरीलाई एमबीबीएस पढाउने प्रदेश १ सरकारको कार्यक्रम असफल
तीन वर्षमा ६३ हजार सडक दुर्घटना: राष्ट्रिय लक्ष्य एकातिर, सरकारको ध्यान अर्कोतिर
तेस्रो विश्वयुद्धको त्रासः आणविक हतियार कसको आदेशमा कसरी लन्च हुन्छ ?
‘एमसीसी’ र ‘व्याख्यात्मक घोषणा’को अनुमोदनलाई अमेरिका र चीनद्वारा ‘नोटेड’, कूटनीतिमा यसको अर्थ के ?
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP