चितवन । चितवन प्रहरीले झन्डै २ लाख रुपैयाँ नगद सहित २० जना जुवाडेलाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीको विशेष टोलीले गएराती सिमलघारीबाट कौडा खेलिरहेको अवस्थामा २० जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले नगद १ लाख ९१ हजार र १२ वटा मोटरसाइकल समेत बरामद गरिएको छ ।
प्रहरी निरीक्षक धनदेव साउदका अनुसार कयर खोलाको छेउमा रहेको एउटा एकान्त घर भित्र कौडा खेलिरहेको अवस्थामा खैरहनी नगरपालिका वडा नम्बर-१ बस्ने बर्ष ३८ को अर्जुन डल्लाकोटी, सोही स्थान बस्ने बर्ष ४८ को कुमार डल्लाकोटी, बर्ष ४५ को सुरेश सुबेदी, बर्ष ४४ को राजाराम पन्त, बर्ष ४८ को मुकुन्दसेन कार्की, बर्ष २३ को मिलन सुनार, बर्ष ३२ को धुर्ब उप्रेती, बर्ष ३१ को अर्जुन थापा, बर्ष ३४ को उमेश सुनार , बर्ष ३९ को राजेन्द्र अर्याल, बर्ष ३४ को अमृत बि।क , बर्ष ३२ को प्रदिप पाठक , बर्ष ३० को बिशाल राना , बर्ष ३० को जीवन बि.क., बर्ष ४३ को प्रेम थापा, बर्ष ५२ को छोटु थापा मगर, बर्ष ३२ को सुमन रोक्का, बर्ष ४० को अर्जुन पुरी, बर्ष ३० को सन्तोष साह र बर्ष ४५ को राम प्रसाद डल्लाकोटी लाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेकाहरुलाई अहिले ईलाका प्रहरी कार्यालय खैरहनीमा राखिएको छ भने उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक साउदले जानकारी दिए ।