चितवन । पुर्वी चितवनको कालिका नगरपालिका ४ पदमपुरवाट नगद ५६ हजार रूपैयाँसहित ६ जना जुवाडेलाई चितवन प्रहरीले शुक्रबार बेलुकी पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा चितवन कालिका नगरपालिका ४ बस्ने बर्ष ३५ को दुखराम चौधरी, बर्ष ४० को महेन्द्र श्रेष्ठ, बर्ष २४ को बिमल महतो, बर्ष ३५ को सन्त वहादुर महतो, बस्ने बर्ष ३१ को बिरेन्द्र चौधरी र बर्ष ३८ को हरेराम तामाङ् रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पदमपुरमा रहेको दुखराम चौधरीको घरमा तास खेलिरहेको अवस्थामा खटिएको प्रहरीको बिशेष टोलीले ७ बुक तास र घरधनीसहित ६ जनालाई नगद ५६ हजार ७ सय ५० रुपैयाँ सहित नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएकाहरु माथि थप अनुसन्धानका भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए ।