मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • सम्पादकीय
    • विचार–ब्लग
    • विविध
    • सुरक्षा
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • शिक्षा
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
  • अर्थ - बाणिज्य
  • अन्य
खोज्नुहोस्
Sunday, February 17, 2019 |आइतवार, फाल्गुन ५, २०७५
  • हाम्रो टीम
  • सम्पर्क
  • English Edition
जनतापाटी
Tensberg
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • सम्पादकीय
    • विचार–ब्लग
    • विविध
    • सुरक्षा
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • शिक्षा
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
  • अर्थ - बाणिज्य
  • अन्य
खोज्नुहोस्
  • ट्रेण्डिङ
  • #छापामा आज
  • #पीपीएल क्रिकेट
  • # छापामा आज
  • #खेलकुद
  • # छापामा आज
विशेष - रिपोर्ट , राजनीति
  • गृहपृष्ठ
  • प्रचण्डको प्रस्ताव माथि ईश्वरको काउन्टर
प्रचण्डको प्रस्ताव माथि ईश्वरको काउन्टर
64x64
कृष्ण गिरी २३ असाेज
1140x725
United Cement

नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा पार्टी एकताको सुत्राधार वामदेव गौतम राजनीतिक जीवनमा धेरै कुराले चर्चामा आउछन् । 

उनी पछिल्लो समयमा राजनीतिक चर्चाको केन्द्रमा आएका छन् । केही महिना पहिला डोल्पाबाट उपनिर्वाचन लड्ने र सांसद बन्ने भनेर चर्चा भयो । जसरी चर्चा भयो त्यसरी उनी डोल्पाबाट सांसद बन्ने सपना तुहियो ।

अथवा डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढाले राजीनामा दिएनन् ।
त्यसपछि पनि सांसद हुने प्रयासमा निरन्तर लागेको नेकपाका केही नेताहरु बताउँछन् । उनले नवलपरासी(पूर्व)बाट पनि सांसद हुन सकिन्छ कि भनेर पहल गरेका नेकपाका एकजना नेताले बताए । त्यसमा पनि उनी सफल हुन सकेनन् । त्यसपछि उनी पुनः आफु बसेको जिल्ला बाँके ३ तर त्यहाँपनि असफलता नै हात लागेको थियो ।

तर गौतलले यतिमा नै हार मानेर बसेनन् । उनले यो प्रयास अहिलेसम्म पनि जारी राखेका छन् ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकमा जब अध्यक्ष प्रचण्डले गौतमलाई काठमाडौं ७ बाट चुनाव लडाउने प्रस्ताव गरे त्यसपछि गौतम पुनः चर्चाको शिखरमा पुगेका छन् ।

गत निर्वाचनमा काठमाडौं ७ बाट ओली निकट रामबिर मानन्धरले चुनाव जितेका थिए । तीनै मानन्धरलाई राजीनामा गराएर गौतमलाई चुनाव लडाउने प्रस्तावक नै प्रचण्ड बनेपछि नेकपाको सचिवालयमा खैलाबैला मच्चिएको छ ।

यो प्रस्तावको सबैभन्दा पहिलो विरोध सचिवालय सदस्य तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका थिए । उनले यस्तो गर्दा नराम्रो सन्देश जाने बताएका थिए । उनले भनेका थिए ‘यो गलत हुन्छ ,यो ठिक हुँदैन, यसरी नजाउँ ।’

सांसद रहेका मानन्धरलाई राजीनामा गराएर गौतमलाई उप–निर्वाचन गरेर सांसद बनाउन मानन्धरले सहमति भएको प्रचण्डले बैठकमा प्रस्ताव गरेका थिए । वामदेव गौतमले एक बर्ष पहिला बर्दिया क्षेत्र नं १ बाट ४४ हजार ७६ मत ल्याएका थिए । विजयी हुने संजय कुमार गौतमले ४४ हजार ८ सय २९ मत ल्याएर विजयी भएका थिए ।

बर्दियाबाट पराजित भएका गौतम नै एकमात्र त्यस्ता पात्र हुन् जो पार्टीको सचिवालयमा छन् । उनका अन्य ७ जना सहकर्मीले निर्वाचन जितेका छन् । उनलाई आफुले निर्वाचनमा पराजय भोगेको पीडा सधै बिझ्ने भएको छ ।

उनलाई जसरी पनि सांसद बनाउने वचन प्रचण्डले दिएको बताइन्छ । प्रचण्ड भूमिगत हुँदा देखि नै गौतमसँग राम्रो सम्बन्ध रहेको थियो । पहिलो संविधान सभाको निर्वाचनमा बर्दियाबाट पराजित भएपछि सिधै प्रचण्ड निवास नयाँ बजार पुगेका थिए । जब कि पहिलो संविधानसभाको निर्वाचनमा माओवादीकी सरला रेग्मीसँग पराजित भएका थिए ।

प्रचण्डका कार्यकर्ताबाट नै पराजित हुँदा पनि गौतम नयाँबजार पुगेका थिए । प्रचण्डसँगको निकटताले पटक पटक गौतमलाई माओवादी भएको आरोप लाग्ने गरेको थियो ।

प्रचण्डको प्रस्ताव पोखरेलको काउन्टर

नेकपाको ९ जनाको सचिवालयमा गौतम र नारायणकाजी श्रेष्ठ भने चुनाव हार्ने ठूला नेता हुन । गौतमले चुनाव हारेपछि पनि पूर्व एमालेमा ठूलै खैलाबैला भएको थियो । एमालेका कार्यकर्ताहरुले नै भोट नहालेको आरोप लागेको थियो ।

उनले निर्वाचन हारेपनि प्रचण्डले भने जसरी पनि गौतमलाई सांसद बनाउन खोजेका छन् । एक महिना पहिला पनि गौतमका बारेमा सचिवालयमा कुरा उठेको थियो । त्यो कुरा उठ्दा अर्का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले नै त्यसको काउन्टरमा गौतमलाई डोल्पा हो भने मलाई कता हो ? रोल्पा भनेका थिए ।

सचिवालय बैठकमा पटक पटक प्रचण्डले गौतमलाई सांसद बनाउने प्रस्ताव ल्याएपछि अर्का अध्यक्ष केपी ओलीले हुन्छ नि त भनेका थिए । त्यही समयमा अर्का नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भनेका थिए दुई अध्यक्षले नै सांसद बनाउन चाहेपछि म किन रोक्नु ?

तर सोमबार भने प्रचण्डको गौतमलाई सांसद बनाउने प्रस्तावमाथि अर्का सचिवालय सदस्य तथा रक्षामन्त्री ईश्वर पोखरेले काउन्टर गरेका थिए ।

ओली निकट रहेका पोखरेल पूर्व एमालेका महासचिव हुन । उनले एमालेमा आफुलाई ओली पछिको अध्यक्षको रुपमा हेरेका थिए । दशाैं महाधिवेशनमा आफु नै अध्यक्षको रुपमा प्रस्तुत गर्ने तयारीमा थिए । तर पार्टी एकता भएपछि उनको अध्यक्ष हुने महत्वकाक्षामा ब्रेक लागेको छ ।
अध्यक्ष हुने महत्वकांक्षामा मात्र ब्रेक लागेन ।

शक्तिशाली पार्टीको महासचिव पनि हुन पाएनन् । जब की एमालेको उनी निर्वाचित महासचिव थिए । उनले सोंचेका थिए महासचिव बनाएमा एकिकृत पार्टीको महासचिव आफु नै हो । तर उनको यो सपना पनि मैनको महल झैं भयो ।

उनी भन्दा पछिका व्यक्ति विष्णु पौडेल अन्तिमा आएर महासचिव भए । जबकी महासचिव हुने कुनै चर्चा थिएन । दुई अध्यक्ष रहने र अरु सचिवालयमा बस्ने भन्ने भएको थियो ।

तर अन्तिम समयमा ओलीले सुवास नेम्वाङलाई र वामदेव गौतमले विष्णु पौडेललाई महासचिवमा प्रस्ताव गरेका थिए । गौतमको प्रस्तावको पक्षमा प्रचण्ड लागेका थिए । पोखरेललाई महासचिव हुन रोक्नेमा गौतम र प्रचण्ड नै थिए । यसमा सहमति थियो ओलीको पनि ।

ओली र प्रचण्डको सहमतिमा गौतमको प्रस्तावमा पौडेल राजनीतिमा एकाएक उदाए । तर पोखरेल भने छाँयामा परे । उनले अहिले त्यही मौका लिन पछाडी हटेनन् । नेकपाका एक स्थायी समिति सदस्यले भने ‘ईश्वर पोखरेललाई वामदेव गौतमले आफुलाई महासचिव हुन दिएन भन्ने लागेको छ त्यही भएर उनी गौतमको र प्रचण्डको विरोध गदैछन् ।

यो भन्दा पहिला पनि त दुई ठाउँबाट पराजित भएका माधवकुमार नेपाललाई संविधान सभामा ल्याएकै हो । त्यो समयमा किन बोलेनन पोखरेल ? ’

पूर्वएमालेका एकजना काठमाडौं जिल्ला कमिटी सदस्य पनि पोखरेलको विचारमा सहमत छन् । उनले भने ‘गौतमलाई अब काठमाडौबाट उप–निर्वाचनमा उठाएर सांसद बनाउँदा जनतामा गलत सन्देश जान्छ । उहाँ धेरै ठूलो नेता हो ।

उहाँले अब पदको लोभ नगरेको नै राम्रो ।’
यता मानन्धर भने अहिलेसम्म मिडियामा आउन चाहेका छैनन । उनले आज बेलुका ४ बजे पत्रकार सम्मेलन गरेर राजिनामा दिने नदिने बारे आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुनको भाउ बढ्यो, तोलामा कति पुग्यो ?
शिवम सिमेन्टको आईपियो खुला, प्रतिकित्ता तिन सय रुपैयाँ
बादी समुदायको जीवन कष्टकर
तेस्रो नवलपुर युवा सम्मेलन सम्पन्न
पुलवा आक्रमणः मृत सुरक्षाकर्मीको सम्झनामा शोक प्रदर्शन
नेपाल इन्भेष्टमेन्ट बैंकले दुई अर्ब ऋणपत्र निष्काशन गर्ने
ताजा समाचार
सुनको भाउ बढ्यो, तोलामा कति पुग्यो ?
शिवम सिमेन्टको आईपियो खुला, प्रतिकित्ता तिन सय रुपैयाँ
बादी समुदायको जीवन कष्टकर
तेस्रो नवलपुर युवा सम्मेलन सम्पन्न
पुलवा आक्रमणः मृत सुरक्षाकर्मीको सम्झनामा शोक प्रदर्शन
नेपाल इन्भेष्टमेन्ट बैंकले दुई अर्ब ऋणपत्र निष्काशन गर्ने
Agni Cement
Golden Oak
Shivam Cement
Salt Trading
विचार–ब्लग
खोला तरियो भनेर लौरो नबिर्सौं !
खोला तरियो भनेर लौरो नबिर्सौं ! गाेपाल ठाकुर
लोकतान्त्रीक गणतन्त्रको सुदृढीकरणमा दलहरुको भुमिका
लोकतान्त्रीक गणतन्त्रको सुदृढीकरणमा दलहरुको भुमिका प्रेमलकुमार खनाल
‘सिमसार र जलवायु परिवर्तन’
‘सिमसार र जलवायु परिवर्तन’ सबिन शर्मा
Hetauda Cement
NIC ASIA
Smart Cell
Arghakhanchi Cement
Udayapur Cement
सर्वाधिक पढिएको
जब बच्चा पेटबाट बाहिर निस्कियो–सबै प्रसव वेदना बिर्सिएँ
मन्त्रीहरु विरुद्ध प्रधानमन्त्री कार्यालयबाटै कसले गर्यो मनपरी ?
यसरी नै पार्टी र सरकार संचालन भइरह्यो भने हामी सबै काँशी गए हुन्छ: नारायणकाजी
मधेश खोटा सिक्का अपचलन सहँदैन
एडिटर्स पिक
आशाभन्दा आलोचनाबढी, उपलब्धी कम
आशा बढी नतिजा न्युन जनता भन्छन् ‘जुन जोगी आए पनि कानै चिरेको ’
कहिले बन्द हुन्छ विद्युतीय धराप ?
सोसल मिडिया
Janatapati
Tweets by janatapati
सम्पर्क ठेगाना

प्रकाशक

समृद्धि न्यूज नेटवर्क प्रा.लि. सूचना विभाग दर्ता नं. २४६/०७३-७४

सम्पादक

गोपाल ठाकुर

ईमेल ठेगाना

newsjanatapati@gmail.com

टेलिफोन नंः

०१-५२४५०७७, ०१-५२४४६३४
© समृद्धि न्यूज नेटवर्क प्रा.लि. -2019 All rights reserved. Website Design by : SoftNEP
नोटिफिकेशन्स्
नयाँ
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
केही बेर अगाडि
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago