मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, May 22, 2022 |आइतबार, जेठ ८, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
समाज
  • गृहपृष्ठ
  • पुल निर्माण नहुँदा सात वर्षदेखि स्थानीयलाई सास्ती
पुल निर्माण नहुँदा सात वर्षदेखि स्थानीयलाई सास्ती
प्रनिश थापा
प्रनिश थापा आइतबार, असोज १९, २०७६ मा प्रकाशित
viber sharing button
पुल निर्माण नहुँदा सात वर्षदेखि स्थानीयलाई सास्ती

चितवन । पश्चिम चितवनको मेघौली धरमपुरका स्थानीय बासिन्दालाई समयमै पुल निर्माण नहुँदा आवातजावतमा निक्कै सकस हुने गरेको छ ।

विसं २०६९ सालमा बेतरी खोलामा आएको बाढीले भरतपुर महानगरपालिकाको वडा नम्बर २७ स्थित तेलौलीबाट धरमपुर जाने बेतरी खोलाको पुल भत्काएको लामो समय बित्दा समेत पुल निर्माणकार्य नहुँदा मेघौली तेलौलीका बासिन्दालाइ घन्टौँ हिँडेर धरमपुरमा जानुपर्ने बाध्यता रहेको छ ।

झन्डै २०० जनाको संख्यामा रहेका यस क्षेत्रका घरधुरीलाइ आवातजावतमा अत्यन्त कष्ट भैरहेको छ भने, पुल नहुँदा बर्खा लागेको समयमा विद्यार्थी स्कुल जान पनि सकिरहेका छैनन् ।

अहिले सम्म तीनपटक डीपीआर भए पनि अझ निर्माण हुन नसक्ने सामान्य मर्मत मात्रै हुँदा बाढीले भत्काउने गरिएको स्थानीयको भनाइ छ ।

हिउँदमा गाडीले खोला तर्न सक्ने भए पनि वर्षायाममा समस्या छ । खोलाले पुल भत्काएको यतिका समय भइसके पनि सम्बन्धि निकाय भने मौन छन् । पुल निर्माण नहुँदा खोलापारीको गाउँ र वारीको गाउँको सम्बन्धविच्छेद भएको स्थानीयको भनाइ छ । यो पुललाइ प्रचण्डपथ नामाकरण गरिएपनि मर्मत सम्भार भने हुन नसकेकोमा स्थानीय कृष्ण बस्यालले दुखेसो पोखे ।

त्यस्तै, अर्का स्थानीय रोशन चौधरीले पनि पुल निर्माण नहुँदा यस क्षेत्र भएर स्कुल बस, एम्बुलेन्स लगायतका साधनहरु सहजरुपमा पुग्न नसकेको बताए । उनले विशेष गरेर बच्चालाई आवातजावतमा निक्कै कठिनाइ हुने गरेको बताए ।

त्यस्तै, अर्का स्थानीय मन्जु थारुले पुल निर्माण नहुँदा आवातजावतमा समस्या हुने गरेको र प्रचण्डपथ नामाकरण गरिएपनि पुल भने भत्किएर काम नलाग्ने अवस्था भएको बताइन् ।

ग्रामीण जीवन आफैँमा कष्टकर त छँदैछ, अझ यस्ता समस्याहरुमा जिम्मेवार निकायहरु नै उदासीन बनिदिँदा स्थानीयलाई थप दुःख हुने गरे पनि भरतपुर महानगर २७ का वडाध्यक्ष गोविन्द तामाङले भने पुल निर्माणका लागि कुनै सुरसार गरेका छैनन् । जस्ले गर्दा यहाँका स्थानीय बासिन्दालाई यो बाटो भएर ओहोरदोहोर गर्न निक्कै कठिनाइ त भएको छ नै सम्बन्ध बिच्छेद समेत भएको छ ।

viber sharing button
प्रनिश थापाबाट थप
चितवनकाे  तीन महिनामा ८.०३ प्रतिशतमात्र पुँजीगत खर्च
चितवनकाे तीन महिनामा ८.०३ प्रतिशतमात्र पुँजीगत खर्च बिहीबार, मंसिर ५, २०७६
भरतपुर अस्पतालमा फरेन्सिक डाक्टर नहुँदा पोस्टमार्टममा समस्या
भरतपुर अस्पतालमा फरेन्सिक डाक्टर नहुँदा पोस्टमार्टममा समस्या बिहीबार, मंसिर ५, २०७६
ईन्टरनेट सेवा प्रदायक कम्पनीमाथि चितवन प्रहरीको निगरानी
ईन्टरनेट सेवा प्रदायक कम्पनीमाथि चितवन प्रहरीको निगरानी बिहीबार, मंसिर ५, २०७६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
रुख ढल्दा कर्णालीमा विद्युत् सेवा अवरुद्ध
दक्षिणी रसुवामा दर्जनौँ घर चोरी, प्रहरीले थाल्यो अनुसन्धान
अब स्रोतमै वर्गीकरण गरेर फोहर व्यवस्थापन गरिने
बिहानै तीन प्रदेशमा वर्षा, चट्याङ र हावाहुरीकाे पनि सम्भावना
मकवानपुरको इन्द्रसरोवरमा दुर्घटना अपडेटः मृतक संख्या चार पुग्यो
मकवानपुरमा जिप दुर्घटनाः तीन जनाको मृत्यु, पाँच घाइते
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP