चितवन । पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २४ स्थित रोधी गाउँमा खाल्डाखुल्डी हुँदा आवातजावतमा निक्कै सकस हुने गरेको छ ।
पिच भत्किएर ठूलाठूला खाडल भएको बर्ष दिन बितिसक्दा समेत सम्बन्धित निकायले खासै चासो नदेखाउँदा पर्यटकीय क्षेत्रको रूपमा चिनिएको मेघौली, गोलाघाट क्षेत्र नै माथि उठ्न सकेको छैनन् ।
स्मार्ट सिटीको उपनाम पाएको भरतपुर महानगरपालिकाले आफ्नो वडामा रहेको सडक चुस्त दुरुस्त भए नभएको बारे हेक्का नराख्दा स्थानीयलाई सकस हुने गरेको छ ।
सडक निर्माणमा भएको ढिलाइले बर्षौंदेखि यस क्षेत्रमा रहेका स्थानीय पीडित बनेको भए पनि मर्मतसम्भारको लागि यहाँका स्थानीय जनप्रतिनिधिले खासै चासो नदेखाउँदा स्थानीयलाई यस सडक भएर ओहोरदोहोर गर्न अप्ठ्यारो हुने गरेको छ ।