मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, May 22, 2022 |आइतबार, जेठ ८, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
इकोनोमिक
  • गृहपृष्ठ
  • नारायणी नदीमा 'स्पीड मोटरवोट' संचालनमा
नारायणी नदीमा 'स्पीड मोटरवोट' संचालनमा
प्रनिश थापा
प्रनिश थापा शनिबार, असोज १८, २०७६ मा प्रकाशित
viber sharing button
नारायणी नदीमा 'स्पीड मोटरवोट' संचालनमा

चितवन । पर्यटन वर्ष–२०२० लाई लक्षित गर्दै चितवनको नारायणी नदीमा आजदेखि 'स्पीड मोटरवोट' संचालनमा ल्याएको छ । आयूस्मा मोटरवोट कम्पनी प्रालिले नारायणी नदीमा उक्त मोटरवोट संचालनमा ल्याएको हो ।

मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने इच्छाकामना गाउँपालिका–६ कालिखोलादेखि त्रिशूली नदीसम्म सुरु भइ भरतपुर महानगरपालिका–१६ मंगलपुर सानोगढी नजिक नारायणी नदीमा पुगेर सकिने उक्त मोटरवोटको आज एक कार्यक्रमकाुबीच प्रदेश सांसदद्वय घनश्याम दाहाल र कृष्ण भुर्तेलले समुद्घाटन गरेका छन् ।

मोटरवोटको उद्वाटन गर्दै प्रदेश सांसद दाहालले त्रिशूली नदीमा साहसिक मोटरवोट गर्न रुचाउने पर्यटकले र्‍याफ्टिङ गर्दै आएको र अब अन्य पर्यटकले पनि मोटरवोट मार्फत जलयात्राको आनन्द लिन पाउने बताए ।

नेपाल सरकारले स्वीकृती दिएको यो अहिले सम्मकै लामो स्पिड मोटरवोट भएको बताइएको छ । पाँच सय रुपैयाँ भन्दा माथि शुल्क तोकिएको 'स्पिड मोटरवोट' बाट इच्छाकामना गाउँपालिका ६ स्थित कालीखोलादेखि भरतपुरको सानोगढीसम्म ४५.५ किलोमिटर दुरीमा जलयात्रा गर्न सकिने कम्पनीले जनाएको छ ।

मोटरवोट चढ्नका लागि काठमाडौंको ठमेल र नारायणगढको पुल्चोकमा मूख्य टिकट काउन्टर राखिएको छ ।
कालीखोलादेखि सानोगढीसम्म प्याकेज सिस्टम, सिंगल र कपल टिकट समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ । हाल एउटा मात्र वोट संचालनमा आएको र थप दुई वटा 'स्पीड मोटरवोट' ल्याउने तयारी भइरहेको आयुश्मा मोटरवोट कम्पनीका उपाध्यक्ष गणेशबहादुर थापाले जानकारी दिए ।

यस्तै, नेपालमा जलयात्राको व्यवस्था कम भएकोले पर्यटन वर्ष २०२० लाई लक्षित गरेर कम्पनीले मोटरवोट सञ्चालनमा ल्याउदा यस्ले पर्यटन प्रर्वदनमा समेत राम्रो हुने स्थानीय कृष्ण बरालले जानकारी दिए ।

कम्पनीले आउँदो वर्षसम्ममा तीन देखि पाँच करोड सम्मको लगानी गर्दै ४० सिटरको स्मल क्रुज २ महिनाभित्रमा संचालन गर्ने योजना गरेको छ । आयूस्मा मोटरवोट कम्पनीले २०७५ साल फागुन ६ गते नेपाल सरकारबाट त्रिशुली र नारायणी नदीमा कार्य संचालन गर्नका लागि स्वीकृती पाएको थियो ।

viber sharing button
प्रनिश थापाबाट थप
चितवनकाे  तीन महिनामा ८.०३ प्रतिशतमात्र पुँजीगत खर्च
चितवनकाे तीन महिनामा ८.०३ प्रतिशतमात्र पुँजीगत खर्च बिहीबार, मंसिर ५, २०७६
भरतपुर अस्पतालमा फरेन्सिक डाक्टर नहुँदा पोस्टमार्टममा समस्या
भरतपुर अस्पतालमा फरेन्सिक डाक्टर नहुँदा पोस्टमार्टममा समस्या बिहीबार, मंसिर ५, २०७६
ईन्टरनेट सेवा प्रदायक कम्पनीमाथि चितवन प्रहरीको निगरानी
ईन्टरनेट सेवा प्रदायक कम्पनीमाथि चितवन प्रहरीको निगरानी बिहीबार, मंसिर ५, २०७६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
नवलपुर र तनहुँ जोड्ने कालीगण्डकी नदीको पुल निर्माण अलपत्र
बढ्यो सुनको मूल्य
डोल्पामा जेठ ११ गतेदेखि यार्सा सङ्कलन खुला गरिने
स्थानीय सरकारको पहिलो निर्णयः स्वास्थ्य बीमामा छुटदेखि निःशुल्क बिजुलीसम्म
निर्वाचनमा फूलमाला बिक्री बढ्यो
बढ्यो सुनचाँदीको मूल्य
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP