काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको शनिवार हुने निर्वाचनमा अध्यक्षका लागि एक प्रत्यासी हुन विनयराज पाण्डे । क्यानको निर्वाचनमा पाण्डेका प्रत्यासी चतुर बहादुर चन्द हुन् । ४० वर्षसम्म विभिन्न पदमा रहेर क्यानमा काम गरिसकेका पाण्डे यसपटक अध्यक्षका लागि उम्मेदवार बनेका हुन् । अहिले क्यान आइसीसीको प्रतिवन्धमा छ । पाण्डे आफ्नो अनुभवका कारण पनि उम्मेदवारका लागि योग्य रहेको बताउँछन् । यसै सन्दर्भमा पाण्डेसंग हामीले तपाईको उम्मेदवारी किन ? तपाई विजयी हुनुभयो भने क्यानको प्रतिवन्ध फुकुवाका लागि के गर्नुहुन्छ ? भन्ने विषयमा कुराकानी गरेका छौँ ।
१. क्यानको अध्यक्षका लागि तपाईले उम्मेदवारी किन ?
क्यान अहिले निलम्बनमा छ । यदि नेपाल अहिलेको यस्तो अवस्थामा हुने थिएन भने मलाई कुनै रहर थिएन फेरी अध्यक्षका लागि चुनाव लड्न । सबैलाई थाहा छ मैले ४० वर्षसम्म क्यानमा अध्यक्ष, उपाध्यक्ष महासचिव भएर काम गरिसकेको छु । मलाई कुनै रहर छैन् । तर अहिलेको परिस्थिती फरक छ । क्यान निलम्बनमा छ । बाहिर हल्ला निर्वाचन हुने वित्तिकै निलम्बन फुकुवा हुन्छ भन्ने छ । मेरो विचारमा के छ भने, अहिलेको अवस्थामा क्यानमा अनुभवि, क्षमतावान र राम्रो मान्छे आएनन भने निलम्बन फुकुवाको प्रकृया पु¥याउन सकिँदैन ।
३-४ वर्ष नै भइसक्यो संघको यस्तो हालत भएको छ । नेपाली क्रिकेटको विकासका लागि आवश्यक बेसिक कुराहरु नै छैनन । मेरो आफ्नो ४० वर्षे अनुभवले म आफु सक्षम छु जस्तो लाग्छ । आइसीसी एसीसीम मेम्बर भएको मान्छे । यदि म क्यानको अध्यक्ष भएभने कुनै पनि ठाउँमा काम गर्नका लागि पारदर्शीता र सहजता हुन्छ भन्ने हो । नेपाली क्रिकेटले ठूलो क्षति व्यहोरिसकेको छ । ठूलो जरिवाना तिर्नुपरेको अवस्था छ ।
२. तपाईले २०७२ मा चन्द नेतृत्वमा आएपछि सरकारले तदर्थ समिति गठन ग¥यो र त्यसपछि नेपाली क्रिकेट निलम्बनको बाटोतिर लागेको हो भन्न खोज्नुभएको हो ?
०७२ को निर्वाचन भन्दा पनि त्यो भन्दा अगाडी देखि नै क्यान समस्यामा परेको थियो । त्यति बेला १० हजार डलर जरिवनामा प¥यो । जुन संघले ४० वर्षसम्म १ रुपैयाँ पनि जरिवना तिर्नुपरेको थिएन त्यही संघले ०७२ भन्दा अगाडीको कार्यसमितिको समयमा जरिवाना खायो । दोस्रो वर्ष ८४/८५ हजार डलर जरिवाना खायो ।
विभिन्न पटक विभिन्न विषललाई लिएर आइसीसीले चेतावनी दिएको छ । उसले चिठ्ठी लेखेको छ । कुनै रिस्पोन्स दिएको छैन् । त्यसपछि आइसीसीले दिने फण्ड रोकियो । उहाँहरुको कार्यकाल सकिएपछि ०७२ मा निर्वाचन भयो । जुन, गलत थियो ।
त्यो निर्वाचन प्रोपर नभएका कारण मान्यता दिएन । राजनीतिक हस्तक्षेत्र गर्नुपर्ने अवस्था निर्वाचन पारदर्शी नभएरै हो भनेर आइसीसीले भन्यो । सुरु देखिनै आइसीसीले पटक पटक चेतावनी दिँदा पनि निर्वाचनपछि निलम्बन नै भयो । निर्वाचनमा जो जो उठे जसले भाग लिए उनीहरुकै कारण क्यान निलम्बनमा प¥यो ।
यसको मतलब त्यो समयमा राखेपले गठन गरेको तदर्थ समिति ठिक थियो भन्न सकिन्छ ?
ठिकै छ भन्ने कुरा नै होइन् । त्यसपटक हुने चुनाव पनि पारदर्शी भएन । खेलकुद परिषद र आइसीसीले मान्यता दिँदैन नी । चुनाव भन्ने तर मत नै दिन नपाउने यस्तो पनि लोकतान्त्रिक विधि हुन्छ ? तपाई अध्यक्षमा निर्वाचित हुनुभयो भने । तपाईले खेल्न भूमिका के हुन्छ ? निर्वाचन मात्रै निलम्बन फुकुवाका हुने कुरा होइन् अरु ७÷८ चरणहरु पनि छन् । निर्वाचनपछि ती ७÷८ वटा चरण पार भए भने अनि मात्रै निलम्बन फुकुवा हुने हो ।
तर अहिले संघमा मात्रै आउन खोज्नेहरुका कारण केही समस्या हुन्छ की भन्ने हो । कुनै पनि संस्थालाई गतिशिल बनाउन समय दिनुपर्ने हुन्छ । यसका लागि पनि जो आएपनि समय दिन सकेन भने त्यो सम्भव हुँदैन । यदि आइसीसीको मापदण्ड पुरा गर्दै जाने हो भने समस्या हुँदैन् ।
४. क्यानलाई नयाँ सिराबाट अगाडी बढाउनुपर्छ भनीरहाँदा अध्यक्षका प्रत्यासी तपाईहरु दुबै जना पुरानो मान्छे हुनुहुन्छ । कसरी सम्भव छ त्यो ? अर्को व्यक्तिलाई अवसर दिनुपर्ने समय होइन यो ?
मान्छे टुंडिखेलमा खोजेर पाइने होइन् । बुझेको र योग्य मान्छे आउनुप¥यो । अहिले प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ उहाँको ठाउँमा टुंडिखेलमा प्रधानमन्त्री खोज्यो भने त भेटिदैन । ठिक छ मेरो ४० वर्षको अनुभव छ । कसैको १० वर्ष होला । कसैको २० वर्ष होला । मलाई नै छान्नु पर्छ भन्ने पनि होइन् ।
मैले क्यानलाई नयाँ किसिमले अगाडी बढाउन सक्दिन भन्ने कसैलाई लाग्छ भने अर्को मान्छे चुनिन्छ ।