मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Tuesday, March 09, 2021 |मंगलबार, फागुन २५, २०७७
  • ई-पेपर इकोनोमिक पोस्ट
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Fresho
समाज
  • गृहपृष्ठ
  • नेपाल लिटरचेर फेस्टिभलको आठौँ संस्करण मंसिर २७ देखि पोखरामा हुने
नेपाल लिटरचेर फेस्टिभलको आठौँ संस्करण मंसिर २७ देखि पोखरामा हुने
जनतापाटी
जनतापाटी सोमबार, साउन २७, २०७६ मा प्रकाशित
15 Shares
viber sharing button
नेपाल लिटरचेर फेस्टिभलको आठौँ संस्करण मंसिर २७ देखि पोखरामा हुने

काठमाडौं। नेपाल लिटरचेर फेस्टिभलको आठौँ संस्करण आगामी मंसिर २७ देखि ३० गतेसम्म पोखरामा हुने भएको छ। आयोजक बुकवर्म फाउन्डेसनका अनुसार फेस्टिभलका अघिल्ला संस्करणझैं यस वर्ष पनि १ सय ५० भन्दा बढी स्वदेशी तथा विदेशी लेखक, तीन दर्जनभन्दा बढी सेसन र थप रोचक सामग्री समावेश गरिनेछन्।

यस वर्ष महोत्सवमा भारतीय लोकसभाका सांसद् एवम् साहित्यकार डा शशी थरुर, भारतीय प्रसिद्ध गीतकार एवम् कवि जावेद अख्तर, भारतीय अभिनेत्री शवाना आज्मीलगायतको विशेष उपस्थिति रहने बुकवर्मले जनाएको छ। साथै देशविदेशका १ सय ५० भन्दा बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तित्वहरूको समेत उपस्थिति रहने जनाइएको छ।

महोत्सवमा दक्षिण एसियाली साहित्यकै सर्वोत्कृष्ट एवम् गरिमामय डिएससी पुरस्कार प्रदान गर्न लागिएको छ। २५ हजार अमेरिकी डलर (२७ लाख ५० हजार रुपैयाँ) राशी बराबरको उक्त पुरस्कार वितरण दक्षिण एसियाली समाजको गुणस्तर अभिवृद्धिमा क्रियाशील दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले विगत ८ वर्षदेखि प्रदान गर्दै आएको छ।

नेपाल लिटरेचर फेस्टिभलका निर्देशक अजित बराल भन्छन्, ‘डिएससी पुरस्कारसँगको समन्वय र सहकार्यले अन्तर्राष्ट्रिय लेखक, कलाकार, बुद्धिजीवी र राजनीतिज्ञहरूबीच नेपाल लिटरेचर फेस्टिभललाई नै एक तटस्थ दक्षिण एसियाली मञ्चका रुपमा उभ्याउन मद्दत पुर्‍याउनेछ।’

महोत्सवसँगको सहकार्यलाई लिएर दक्षिण एसियाली साहित्य, डिएससी पुरस्कारकी सह–संस्थापक सुरिना नरुला भन्छिन्, ‘हामी आइएमई नेपाल लिटरेचर फेस्टिभलसँग सहकार्य गर्न पाउँदा उत्साहित छौँ। पोखराको सुन्दर सहरमा सम्पन्न हुने फेस्टिभलमा यसपटक डिएससी पुरस्कारको विजेता घोषणा गर्दैछौँ। पुरस्कार र फेस्टिभल दुवैले दक्षिण एसियाली साहित्यलाई प्रर्वद्धन गर्ने हुँदा यो सहकार्यले हामी दुवैलाई फाइदा हुने विश्वास लिएका छौँ।’

नरुलाले दक्षिण एसियाली साहित्यलाई विश्वसामु साक्षात्कार गराउनु आफूहरुको प्रमुख उद्देश्य रहेको बताइन्। विगत ८ वर्षदेखि दक्षिण एसियाली लेखनलाई निरन्तर प्रवर्द्धन गर्दै आएको डिएससी पुरस्कार प्रत्येक वर्ष फरक–फरक दक्षिण एसियाली देशहरूमा वितरण हुने रोलक्रमअनुसार यस वर्ष नेपाल लिटरेचर फेस्टिभलमा घोषणा गर्न लागिएको हो।

डिसेम्बरमा हुन लागेको फेस्टिभलले ुनेपाल भ्रमण वर्ष २०२०ुलाई पनि सघाउने विश्वास लिएको नेपाल पर्यटन बोर्डकी ब्रान्ड प्रबन्धक श्रद्धा श्रेष्ठले बताइन्। काठमाडौंभन्दा बाहिर गएर पनि सफल भएको महत्वपूर्ण कार्यक्रम नेपाल लिटरेचर फेस्टिभल रहेको उनको दाबी छ। ‘यसले पोखरालाई ब्रान्डिङमा मात्र सघाएको छैन, पोखरालाई बौद्धिक गन्तव्य बनाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ,’ श्रेष्ठले भनिन्।

जनकपुर र पोखरामा आयोजना हुने लिटरेचर फेस्टिभलले ‘नेपाल भ्रमण वर्ष २०२०’लाई सार्थक बनाउन टेवा पुर्‍याउने भ्रमण वर्षका संयोजक सुरज वैद्यले बताए। ‘नेपाल भ्रमण वर्ष २०२’लाई मध्यनजर गर्दै प्रदेश २ सरकार र सरोकारवालाहरूको पहलमा जनकपुरमा पनि आउँदो कात्तिक १७ र १८ गते साहित्य महोत्सव सम्पन्न हुने बताइएको छ।

भ्रमण वर्षअन्तर्गत प्रदेश २ का संयोजक एवम् फ्याक्ट्स नेपालका प्रमुख कार्यकारी अधिकृत मनीष झा भन्छन्, ‘५०० वर्ष पुरानो धार्मिक र सांस्कृतिक सहर जनकपुरले मैथिली साहित्यलाई प्रतिनिधित्व गर्छ। जहाँ धर्म र संस्कृति हुन्छ, त्यहाँ संवेदना प्रचुर हुन्छ र साहित्य पनि त्यही मौलाउँछ। त्यसैले जनकपुरमा हुने महोत्सवले सहरको सांस्कृतिक, धार्मिक, साहित्यिक मूल्यमान्यतालाई पुनर्स्थापना गर्न टेवा पुर्‍याउँछ।’

नेपाल लिटरेचर फेस्टिभलसँग सहकार्य गर्न पाउँदा खुसी लागेको महोत्सवको प्रमुख प्रयोजक आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए। महोत्सव सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको प्राङ्गणबाट सुरु भएको हो। ‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सुरु भएको नेपाल लिट्रेचर फेस्टिभलले कला, साहित्यको मात्रै प्रवर्द्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको आयोजकको दाबी छ।

15 Shares
viber sharing button
Rastriya Banijoya Bannk
CG Digital
Kumari Bank
जनतापाटीबाट थप
नेपाल र खनाल आउने भएपछि नेकपा एमालेको सचिवालय बैठक स्थगित  
नेपाल र खनाल आउने भएपछि नेकपा एमालेको सचिवालय बैठक स्थगित   ५ मिनेट पहिले
जब चार छोराछोरीसहित आमा कर्णालीमा हाम फालिन्...
जब चार छोराछोरीसहित आमा कर्णालीमा हाम फालिन्... २१ मिनेट पहिले
जसपा संसदीय दलको बैठक आज बस्दै
जसपा संसदीय दलको बैठक आज बस्दै ४० मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
जब चार छोराछोरीसहित आमा कर्णालीमा हाम फालिन्...
नहर भत्किँदा विद्युत् अवरुद्ध
विवाह गर्छु भन्दै कोठामा ल्याई किशोरीमाथि पटकपटक बलात्कार, कौशलटारबाट एक पक्राउ
 बोलेरोले किचेर एकको मृत्यु
सांसद चौधरी सम्मानित
दोहोरो सुविधा नलिने प्रमुख आयुक्त राईको स्वघोषणा
Nabil Bank
Salt Trading
Golden Oak
Sagarmatha Insurance
Worldlink
Civil Bank
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट कार्यकारी सम्पादक बाबुराम ढकाल सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना तिनकुने, काठमाडौँ
समाचारका लागि 01-5199576 [email protected]
विज्ञापनका लागि 01-5199575 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2021 All rights reserved. Website Design by : SoftNEP