मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • सम्पादकीय
    • विचार–ब्लग
    • विविध
    • सुरक्षा
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • शिक्षा
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
  • अर्थ - बाणिज्य
  • अन्य
खोज्नुहोस्
Sunday, February 17, 2019 |आइतवार, फाल्गुन ५, २०७५
  • हाम्रो टीम
  • सम्पर्क
  • English Edition
जनतापाटी
Tensberg
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • सम्पादकीय
    • विचार–ब्लग
    • विविध
    • सुरक्षा
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • शिक्षा
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
  • अर्थ - बाणिज्य
  • अन्य
खोज्नुहोस्
  • ट्रेण्डिङ
  • #छापामा आज
  • #पीपीएल क्रिकेट
  • # छापामा आज
  • #राजनीति
  • #छापामा आज
अन्तर्वार्ता
  • गृहपृष्ठ
  • ममता बेनर्जी आगोसँग खेल्ने काम गर्दैछिन् – विमल गुरुङ
ममता बेनर्जी आगोसँग खेल्ने काम गर्दैछिन् – विमल गुरुङ
64x64
जनतापाटी २ असाेज ।
1140x725
फाइल तस्वीर
United Cement

भारतमा तीन दशकभन्दा लामो समयदेखि नेपाली भाषीहरुले अलग गोरखाल्याण्डको माग गर्दै दर्जन बढी आन्दोलन गरे । संघर्ष शान्तिपूर्ण पनि भए । र, हिंसात्मक पनि ।

सन् १९८० को दशकमा सुवास घिसिङले दार्जिलिङ, डुवर्स र सिलिगुडिको तराई भूभागलाई समेटेर पश्चिम बंगालबाट अलग गरी गोरखाल्याण्ड राज्य बनाउने माग राखी आन्दोलन सुरु गरे । आन्दोलनमा २ हजार बढी नेपाली भाषीले ज्यान गुमाए । घिसिङले जनताको रगतको मूल्य बुझ्न सकेनन् र आन्दोलनलाई सम्झौतामा विसाए । एकताका दार्जिलिङ र पश्चिम बंगालको राजनीतिमा छाएका घिसिङ आन्दोलनलाई विसाएसँगै दार्जिलिङको राजनीतिबाट अस्ताए पनि । तर घिसिङलाई भारी भएको आन्दोलनको डोको बोक्ने भरियाको भने कमी भएन । विभिन्न कालखण्डमा फरक–फरक व्यक्तिले आन्दोलनको डोको बोकिरहे ।

सन् २०१७ मा ममता बेनर्जी सरकारले विद्यालयमा बंगाली भाषा अनिवार्य गरेपछि सुरु भएको आन्दोलन ३ महिनाभन्दा बढी चल्यो । १२ जना आन्दोलनकारीको हत्या भयो । सयौं घाइते भए । हजारौं आन्दोलनकारी अहिले पनि विभिन्न मुद्दामा प्रहरीको हिरासतमा छन् ।

यसैवीच, सन् २०१९ को लोकसभाको निर्वाचनले दिल्लीको पारो असोजमा पनि बढिरहेकै छ । र त बढ्दो पारोको प्रभाव गोरखा जनमुक्ति पार्टीलाई पनि परेको छ । आन्दोलनको नेतृत्व गरेको गोरखा जनमुक्ति पार्टीलाई विनय तामाङले चोइटादिएका छन् । र अलग गोरखाल्याण्डको अगुवा नेता तथा गोजमोका पूर्व अध्यक्ष विमल गुरुङ भने अहिले पनि भूमिगत हुनुपरेको छ ।

थुप्रै अपराधिक प्रकृतिका मुद्धा लगाईएका पूर्व गोर्खाल्याण्ड क्षेत्रीय प्रशासक साथै गोरखा जनमुक्ति मोर्चा बिमल खेमाका अध्यक्ष बिमल गुरुङ गोर्खाल्याण्ड आन्दोलनको निम्ति गोर्खा जनमुक्ति मोर्चा नविकरण गर्दै समयलाई पर्खेर बसेको भन्छन् । यसैबिच इन्डिया टुडे की पत्रकार रोमिता दत्तले गोप्य स्थानबाट उनको एक विशेष अन्तरर्वार्ता गरेकी छिन् ।

यता, तपाईं लुकेर बसिरहनु भएको छ । तर उता बिनय तामाङले गोरखा जन्मुक्ति मोर्चा अनि जिटिए लाई नियन्त्रणमा ल्याइसके नि ?

तामाङको आफ्नै बिचार र जीवन उनको नियन्त्रणमा छैन । उनी केवल एक कठपुतली हुन् । जसको डोरी कलकत्ताबाट संचालन हुने गर्दछ । म लुकेको हैन । जबसम्म केन्द्र सरकारले त्रिपक्षीय वार्ता डाक्दैन तब सम्म म एक सादा जीवन व्यतीत गरिरहेको हुनेछु । जनता मसँग नै छन् । राज्यको गुप्तचर बिभागको रिपोर्ट हेर्नु भयो भने तपाईलाई थाहा हुन्छ, अझै पनि ७० प्रतिशत जनता म सँगै छन् ।

फेरि अर्काे लोकसभा चुनाव आउँदैछ नि ?

जब म सत्तामा थिएँ । त्यतिबेला पनि मैले राजनीति गरेको थिइन । गोरखा जनमुक्ति मोर्चा जनताको इच्छा अनि आंकाक्षा पूरा गर्नको निम्ति गठन गरिएको पार्र्टी हो । र म त्यसको निम्ति समर्पित छु । एकपटक वार्ताको माहोल बनोस । त्यसपछि पहाडमा फेरी गणतन्त्र फर्कने छ ।

विनय तामाङले पार्टीमा कब्जा जमाएपछि तपाई नयाँ पार्टी खोल्ने सोचमा हुनुहुन्छ भनिन्छ । अथवा वास्तविक गोरखा जनमुक्ति मोर्चा भनेर दाबी गर्नुहुन्छ ?

म केही दाबी गर्दिन । कोलकत्ताले खडा गरेको एक दुई ब्यक्ति बाहेक सबैलाई नै मैले गोरखाजनमुक्ति मोर्चाको प्रतिनिधित्व गर्छु भन्ने थाहा छ । अहिले नै हामी कसलाई सहयोग गर्छौं भनेर भन्न मिल्दैन । तर वर्तमानमा हामी भारतीय जनता पार्र्टीको साथमा छौँ ।

तपाईं कुन अवस्थामा बिजेपी लाई सहयोग गर्नुहुनेछ ?

हामीले अहिलेसम्म चुनावमा आफै खडा हुने या कुनै पार्टीसँग गठबन्धनमा जाने भनेर निर्णय लिएका छैनौं । त्यसबारे हाम्रो केन्द्रीय समितिले निर्णय लिनेछ । म मेरो क्षेत्रमा रहेका गरीब नानीहरू को उत्थानको निम्ति समर्पित छु । चाहे ती गोर्खा हुन्, आदिवासी हुन्, राजवंशी, बंगाली, विहारी या कुनै जातिका हुन् । उनीहरुले म जवान हुँदा जे जस्तो समस्या भोग्नुपर्यो त्यो दुख उनीहरुले भोग्न नपरोस । हामी यही मुद्दालाई केन्द्रविन्दुमा राखेर निर्वाचमा जाने छौं ।

के राज्य सरकारसँग फेरि शान्ति कायम गर्ने कुनै उपाय छ जस्तो लाग्छ ?

हेर्नुहाेस, हामी पश्चिम बंगाल सरकारसँग कहिलेपनि युद्धस्तरमा थिएनौँ र छैनौँ पनि । हामी दुईवटा राजनीतिक दल हौँ । जसको गोर्खाल्याण्ड प्रति बेग्लाबेग्लै राय छ । ‘वार्ता’ राजनीति मा धेरै महत्वपूर्ण हुन्छ । अनि हामी केन्द्र अनि राज्य सरकारसँग त्रिपक्षीय वार्ताको लागि तयार छौँ । तर वास्तवमा ममता बेनर्जी सरकार नै बारम्बार वार्ता अस्वीकार गर्दै आएको छ ।

तपाईलाई थाहा हुनुपर्छ ममता बेनर्जीले सिक्किमसँग शान्ति कायम गरिसकेकी छिन् । तपाईंले सिक्किमका मुख्यमन्त्री तथा तपाईका मित्र पवन चाम्लिङलाई पनि आफ्नो मित्रबाट गुमाउने भएको हो ?

ममता बेनर्जी कसैसग पनि मैत्रीपूर्ण सम्बन्ध राख्न सक्छिन् । यो उनको र राज्य सरकारको स्वतन्त्रताको कुरा हो । तर सिक्किमका जनता र दार्जिलिङे जनता एक परिवार जस्तै हुन् । सिक्किम ले जहिलेपनी आवश्यकता परेको बेला हामीलाई सहयोग गरेको छ । फेरी पनि सहयोग गर्छ भन्ने हामीले ठानेका छौँ ।

सरकारले तपाईलाई जिटिए कोषकाे दुरुपयोग गरेको दोष लगाएको छ ?

उनीहरुले तिनपटक अडिट गराए तर कोष दुरुपयोग गरेको भेटेनन् । हामीले एक रुपैयाँ पनि हिनामिना गरेका छैनौँ । म चाहन्छु सिएजी ले विशेष अडिट गरोस । म निश्चिन्त र ढुक्क छु, उनीहरुले कोषबाट दुरुपयोग गरेको भेट्ने छैनन् ।

फेरी पडाडतर्फ नै फर्काैँ । तपाईले भन्नुभयो एकपटक वार्ता होस् फेरी पहाडमा गणतन्त्र आउने छ । तर यहाँ त वार्ता विना नै शान्ति आएको छ नि ?

पहाडका जनता सधैँ शान्तिको निम्ति प्रयासरत छन । पहाडमा हिंसा पश्चिम बंगाल सरकारद्वारा खटाइएका विभिन्न एजेन्सीहरु मार्फत गराइएको हो । अहिलेपनि हजारौं मानिसहरु पक्राउ पर्ने त्रासले घर फर्किन सकेका छैनन् । यो शान्ति होईन । यो त संकटकालिन स्थिति हो । मानिसहरु फेसबुक मा गरिएको कमेन्ट को आधार मा पक्राउ पर्दैछन् । दार्जिलिङ क्षेत्रलाई हेर्ने हो भने यहाँ चार खण्ड बाट अन्तराष्ट्रिय सिमानाहरु छन् । बंगलादेशी शरणार्थी, रोहिङ्ग्या शरणार्र्थीहरु लाई यहाँ अवैध रुपमा बसोबास गराइदैछ । तर, ममता बेनर्जीलाई थाहा हुनुपर्ने हो, सरकार आगोसँग खेल्ने काम गर्दैछ । र केन्द्र सरकार पनि यसबारे अवगत छ ।

के तपाईलाई ममता बेनर्जीको दल तृणमूल कांग्रेस बाट केही संदेश हरु आएको छैन ?

हाँस्दै, अहिलेसम्म तृणमूल सरकार बाट तनावको मात्रा घटाउने कुनै प्रयास भएको छैन । तृणमूल कांग्रेस केवल एउटा पार्टी हो, जुन भोलीको दिनमा सत्तामा हुन या नहुन पनि सक्छ । त्यो निश्चित छैन । सिपिआइएम ले ८६ मा आतंक फैलाएको जस्तै ममता पनि आतंक फैलाउँदै छिन् । म यहाँ के भन्न खोज्दैछु भने मित्रता त्यतिबेला मात्र सम्भव हुन्छ जब हामी एकाअर्काको मानलाई सम्मान गर्छाैँ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
काठमाडौं, भक्तपुर र सिन्धुलीबाट अवैध लागूऔषधसहित १५ जना पक्राउ
पानीको गहिराइ नाप्ने नयाँ प्रविधिको भेरी बबईमा सफल प्रयोग
विवादास्पद कर फर्छ्यौट आयोग खारेज
अवैध क्रसर बन्द गरिँदै
सुन ठगी गर्ने दुई भारतीय पक्राउ 
पर्वतमा प्याराग्लाइडिङको सफल परीक्षण
ताजा समाचार
काठमाडौं, भक्तपुर र सिन्धुलीबाट अवैध लागूऔषधसहित १५ जना पक्राउ
पानीको गहिराइ नाप्ने नयाँ प्रविधिको भेरी बबईमा सफल प्रयोग
विवादास्पद कर फर्छ्यौट आयोग खारेज
अवैध क्रसर बन्द गरिँदै
सुन ठगी गर्ने दुई भारतीय पक्राउ 
पर्वतमा प्याराग्लाइडिङको सफल परीक्षण
Agni Cement
Golden Oak
Shivam Cement
Salt Trading
विचार–ब्लग
खोला तरियो भनेर लौरो नबिर्सौं !
खोला तरियो भनेर लौरो नबिर्सौं ! गाेपाल ठाकुर
लोकतान्त्रीक गणतन्त्रको सुदृढीकरणमा दलहरुको भुमिका
लोकतान्त्रीक गणतन्त्रको सुदृढीकरणमा दलहरुको भुमिका प्रेमलकुमार खनाल
‘सिमसार र जलवायु परिवर्तन’
‘सिमसार र जलवायु परिवर्तन’ सबिन शर्मा
Hetauda Cement
NIC ASIA
Smart Cell
Arghakhanchi Cement
Udayapur Cement
सर्वाधिक पढिएको
जब बच्चा पेटबाट बाहिर निस्कियो–सबै प्रसव वेदना बिर्सिएँ
मन्त्रीहरु विरुद्ध प्रधानमन्त्री कार्यालयबाटै कसले गर्यो मनपरी ?
यसरी नै पार्टी र सरकार संचालन भइरह्यो भने हामी सबै काँशी गए हुन्छ: नारायणकाजी
मधेश खोटा सिक्का अपचलन सहँदैन
एडिटर्स पिक
आशाभन्दा आलोचनाबढी, उपलब्धी कम
आशा बढी नतिजा न्युन जनता भन्छन् ‘जुन जोगी आए पनि कानै चिरेको ’
कहिले बन्द हुन्छ विद्युतीय धराप ?
सोसल मिडिया
Janatapati
Tweets by janatapati
सम्पर्क ठेगाना

प्रकाशक

समृद्धि न्यूज नेटवर्क प्रा.लि. सूचना विभाग दर्ता नं. २४६/०७३-७४

सम्पादक

गोपाल ठाकुर

ईमेल ठेगाना

newsjanatapati@gmail.com

टेलिफोन नंः

०१-५२४५०७७, ०१-५२४४६३४
© समृद्धि न्यूज नेटवर्क प्रा.लि. -2019 All rights reserved. Website Design by : SoftNEP
नोटिफिकेशन्स्
नयाँ
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
केही बेर अगाडि
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago