मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, March 07, 2021 |आईतबार, फागुन २३, २०७७
  • ई-पेपर इकोनोमिक पोस्ट
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Fresho
कला - साहित्य
  • गृहपृष्ठ
  • महाेत्तरीकाे मटिहानीमा झुलनोत्सव पर्व सम्पन्न
महाेत्तरीकाे मटिहानीमा झुलनोत्सव पर्व सम्पन्न
जनतापाटी
जनतापाटी सोमबार, भदौ ११, २०७५ मा प्रकाशित
9 Shares
viber sharing button
महाेत्तरीकाे मटिहानीमा झुलनोत्सव पर्व सम्पन्न
फाइल फोटो

गौशाला । मिथिलाञ्चल लगायत महोत्तरी जिल्लाको मटिहानीस्थित लक्ष्मीनारायण मठमा परम्परागत रुपमा मनाइएको झुलनोत्सव पर्व आज सम्पन्न भएको छ । 

यस वर्ष भदौको तृतीयादेखि पुर्णिमासम्म मनाइएको सो पर्व गए राति भगवान् रामचन्द्र र माता जानकीलाई मटिहानीस्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा अन्तिम पटक झुला झुलाइदै आज बिहान झुलनोत्सव पर्व सम्पन्न भएको हो । 

सो अवसरमा लक्ष्मीनारायण मठ मटिहानीबाट प्रत्येक दिन कलात्मक पालकीमा बाजागाजासाथ भगवान् राम सीताको मुर्ति राखी भजन किर्तन गर्दै झुलाघरमा झुलाइएको थियो । 

महोत्तरीको लक्ष्मीनारायण मठ, जनकपुरधाम, सर्लाही, सिराहा, सप्तरी र भारतको तिरहुत क्षेत्र बिहारका विभिन्न मठ मन्दिरमा झुला पर्व धुमधामका साथ सम्पन्न भएको छ । साधु, सन्त, महात्मा र मिथिलावासीहरु मिलेर झुला घरमा राम सीताको मुर्ति राखी धार्मिक गीत र भजन किर्तनसाथ गए राति अन्तिम झुला रहेकोले रातभरि नै झुला झुलाइएको कुरा लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्थ जगन्ननाथ दास वैष्णवले बताउनुभयो । 

भगवान् राम सीता साउन महिनामा यसैगरी झुला झुलेको सम्झना गर्दै प्रत्येक वर्ष पर्व सम्पन्न गरिन्छ । सो अवसरमा मटिहानीमा मेलाको समेत आयोजना गरियो । मेला हेर्न र भगवान् राम सीताको भुलनोत्सवमा सहभागी हुन नेपाल भारतका श्रद्धालुहरुको भिड लागेको थियो । साँस्कृतिक परम्पराका रुपमा मनाइने यो पर्वमा झुलाका लागि सिंहासनको निर्माण गरी सजाइएको गद्दीमा रामलीला, लक्ष्मीनारायण लगायतका मूर्ति बाजागाजासाथ झुलाउने परम्परा छ । 

मिथिला क्षेत्रमा प्रत्येक वर्ष कृषि रोपाइँ सकिने वित्तिकै झुला पर्वको रौनक शुरु हुन्छ भन्ने प्रत्येक मठ मन्दिरमा राति अबेरसम्म कजरी र मलारजस्ता गीतको स्वरलहरी सुनिन्छ । झुलाका समयमा गाउँघरका र वरपरका श्रद्धालुहरु जम्मा हुने, भजन कीर्तन गर्ने, नाचगान र रामलीला गरेर मध्यरातसम्म जाग्राम बस्ने चलन छ । झुला पर्व त्रेतायुगदेखि नै प्रारम्भ भएको मानिन्छ । वृन्दावनमा पनि यो झुला कृष्णलीलाका रुपमा मनाइन्छ । 

9 Shares
viber sharing button
Rastriya Banijoya Bannk
CG Digital
Kumari Bank
जनतापाटीबाट थप
नारायणकाजी श्रेष्ठले भने - ‘अदालतको फैसला राजनीतिक आग्रह प्रेरित’
नारायणकाजी श्रेष्ठले भने - ‘अदालतको फैसला राजनीतिक आग्रह प्रेरित’ १ घण्टा पहिले
प्रचण्डले समर्थन फिर्ता लिए पनि बहुमत पुर्‍याउन सक्छौँ : ओली
प्रचण्डले समर्थन फिर्ता लिए पनि बहुमत पुर्‍याउन सक्छौँ : ओली २ घण्टा पहिले
प्रचण्ड-नेपाल पक्षले बोलायो स्थायी कमिटी बैठक
प्रचण्ड-नेपाल पक्षले बोलायो स्थायी कमिटी बैठक २ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
‘पाश्चात्य कलाः संक्षिप्त इतिहास’ विमोचित
जलरङमा जीवा
‘द लभ वि वान्ट’ उपन्यास विमोचित
त्यसपछि छोड्न बाध्य भएँ त्यो सहर...
साहित्यकार डा. दुलाल - जसले खोजे इलामको साहित्यिक इतिहास
ओली चालिसा
Nabil Bank
Salt Trading
Golden Oak
Sagarmatha Insurance
Worldlink
Civil Bank
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट कार्यकारी सम्पादक बाबुराम ढकाल सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना तिनकुने, काठमाडौँ
समाचारका लागि 01-5199576 [email protected]
विज्ञापनका लागि 01-5199575 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2021 All rights reserved. Website Design by : SoftNEP