मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, July 04, 2022 |सोमबार, असार २०, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
सम्पादकीय
  • गृहपृष्ठ
  • भूकम्पीय सुरक्षामा विशेष ध्यान दिउँ
भूकम्पीय सुरक्षामा विशेष ध्यान दिउँ
सम्पादकीय
सम्पादकीय बिहीबार, वैशाख १२, २०७६ मा प्रकाशित
viber sharing button
भूकम्पीय सुरक्षामा विशेष ध्यान दिउँ

काठमाडाैं । आज गोरखा भूकम्पको चार वर्ष पुरा भएको छ । गोरखा भूकम्पका कारण करिव ९ हजारको ज्यान गएको थियो । वि.सं. १९९० पछिको सबैभन्दा ठूलो विनाशकारी भूकम्पका कारण गोरखादेखि पूर्व दोलखासम्म ठूलो जनधनको क्षेती पुगेको थियो । भूकम्पछिको पुननिर्माणको काम अझै सकिएको छैन । वैज्ञानिकहरुले नेपालमा अझै ठूलो भूकम्पको सम्भावना रहेको औल्याइरहेका छन् । गोरखा भूकम्प र त्यसबाट पुगेको जनधनको क्षतिको स्मरण गर्दै आगामी दिनमा भूकम्पका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न जनचेतना फैलाउने र सुरक्षाका उपाय अवलम्बन गर्ने उद्देश्यले सरकारले जनचेतनाका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

भूकम्पीय क्षति न्यूनीकरणको राष्ट्रिय अभियानलाई स्थानीय तहसम्म पुर्‍याउन र समुदायलाई नै सक्रिय बनाउन सबै निकायले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने आवश्यकता रहेको छ । नेपाल प्राकृतिक विपत्तिको उच्च जोखिम भएको मुलुकमा पर्छ । भूकम्पका दृष्टिले नेपाल विश्वकै ११ औँ स्थानमा पर्छ भने काठमाडौँ सबभन्दा बढी जोखिमयुक्त शहरका रुपमा परिचित छ । उच्च जोखिममा रहेकै कारण धनजनको क्षति नेपालमा उच्च छ । वि.सं. १३३२ को भूकम्पमा काठमाडौँ उपत्यकाका एकतिहाइ जनसङ्ख्याको ज्यान गएको अनुमान छ । वि.सं. १९९० को भूकम्पले उपत्यकामा मात्रै १० हजार जतिको ज्यान लियो ।

यसपछि २०३७, २०४५ र २०६८ मा आएका ठूला भूकम्पका कारण मुलुकका विभिन्न क्षेत्रमा धेरै धनजनको क्षति भयो । २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण १४ जिल्लामा निकै ठूलो क्षति पुग्यो भने अरू १७ जिल्ला प्रभावित भए । यसबाट आठ लाख जति घर क्षतिग्रस्त भए, झण्डै नौ हजारले ज्यान गुमाए भने २२ हजार घाइते भए । भूकम्पपछि गरिएको आँकलनअनुसार यस भूकम्पका कारण ७०६ अर्ब रुपियाँ बराबरको क्षति भयो, जुन कुल गार्हस्थ्य उत्पादनको एकतिहाइ हो । कमजोर भौगोलिक बनावट, गुणस्तरहीन पूर्वाधार र भौतिक संरचना, अव्यवस्थित वस्ती, ऐन, नियम, संहिताको बेवास्ता र जनचेतनाको कामीजस्ता कारणले भूकम्पलगायत प्राकृतिक जोखिम उच्च रहेको पाइन्छ । सरकारले तयार गरेको भवन निर्माण संहिता पालनामा सर्वसाधारणको बेवास्ता र सरोकारवाला निकायको आँखा चिम्ल्याइले समस्या विकराल बनेको छ ।

भूकम्प प्राकृतिक घटना भए पनि यसबाट हुने क्षति कम गर्न सकिन्छ । भूकम्पप्रतिरोधी संरचना निर्माणमा ध्यान पुर्‍याउने हो भने ठूलो क्षति हुँदैन । यसका लागि व्यक्ति नै सचेत हुनुपर्छ । आफूले प्रयोग गर्ने भौतिक संरचना निर्माणमा होशियारी अपनाउन सकेमात्रै पनि धनजनको क्षति कम गर्न सकिन्छ । एउटा व्यक्तिको प्रयासलाई अन्य विभिन्न निकायको समन्वयात्मक सहयोगबाट प्रभावकारी बनाउन आवश्यक छ । केन्द्रीय, प्रादेशिक र स्थानीय तहसम्म नै समन्वयात्मक पूर्वतयारीबाट जोखिम न्यूनीकरण गर्न सकिन्छ । विपद् व्यवस्थापनलाई समन्वयात्मक र प्रभावकारी रूपमा व्यवस्थापन गर्ने उद्देश्यले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ लागू गरिएको छ । यसले विभिन्न तहमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको व्यवस्था गरेको छ ।

स्थानीय तहमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला तथा गाउँपालिकाका अध्यक्ष र नगरपालिकाकाका प्रमुखका अध्यक्षतामा स्थानीय विपद् व्यवस्थापन समितिको प्रावधान छ । स्थानीय विपद् व्यवस्थापन समितिलाई स्थानीय स्तरमा जोखिम न्यूनीकरण र व्यवस्थानको महत्वपूर्ण जिम्मेवारी तोकिएको छ । स्थानीय सरकारको योगदान सुरक्षित आवास निर्माण र जोखिम न्यूनीकरणमा सधैँ महत्वपूर्ण रहनेछ । स्थानीय स्तरमै भूकम्पीय जोखिम न्यूनीकरण, पूर्वतयारी तथा सुरक्षित भवन निर्माणलगायतका विषयमा यथेष्ट र प्रभावकारी प्रचारप्रसार भएमा भूकम्पबाट हुने जनधनको क्षति कम गर्न सकिन्छ । भवन निर्माण संहिताबमोजिम घर निर्माण गर्ने, घरभित्रका सामान व्यवस्थित रुपमा राख्ने र पूर्वतयारी तथा योजनाबारे जनचेतना अभिवृद्धि गर्न सके भूकम्पको क्षति कम गर्न सकिन्छ ।

viber sharing button
सम्पादकीयबाट थप
केजरीवालका काम र हाम्रा मुख्यमन्त्रीको कार्यशैली
केजरीवालका काम र हाम्रा मुख्यमन्त्रीको कार्यशैली आइतबार, चैत २, २०७६
'गाँजा'को वैधानिकताले आउला त समृद्धि ?
'गाँजा'को वैधानिकताले आउला त समृद्धि ? आइतबार, माघ १९, २०७६
पर्यटन बोर्डको भाँडभैलो र मन्त्री भट्टराईको निरिहता
पर्यटन बोर्डको भाँडभैलो र मन्त्री भट्टराईको निरिहता आइतबार, माघ १२, २०७६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
सरकार बाढी पहिरोको प्रकोपबाट बचाउन दीर्घकालीन योजना तर्जुमा गर
 प्रधानमन्त्रीदेखि सच्चिने क्रम शुरु होस् 
प्रधानमन्त्री र सभामुखको द्वन्द्वले निम्त्याउंदै गरेको संकट 
अर्थतन्त्रको ऋणात्मक परिसूचकले देखाएको संकेत
ओली-भण्डारीलाई तत्काल हटाऊ
मुख सम्हालेर बोल महामहिम
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP