धनुषा । धनुषा ४ मा जारी मतगणनाअनुसार एमालेका उम्मेदवार रघुवीर महासेठले मतान्तर घटाएका छन् । हाल राय सात सय ४५ मतसहित अघि छन् ।
कांग्रेसका उम्मेदवार महेन्द्र यादवसँग तीव्र प्रतिस्पर्धामा रहेका महासेठ मतान्तर घटाउँदै दोस्रो स्थानमा छन् ।
हालै सार्वजनिक भएको मतगणनाअनुसार कांग्रेसका सह-महामन्त्रीसमेत रहेका यादवले २८ हजार ६ सय ५५ मत प्राप्त गरिरहँदा महासेठ भने २७ हजार नाै सय १० मतसहित पछयाइरहेका छन् ।
अब मिथिला नगरपालिकाको वडा नम्बर ७, ८, ९, १० र ११ को मतगणना बाँकी छ ।