काठमाडौं । कतारमा जारी रहेको फिफा विश्वकप २०२२ मा मोरक्कोले बेल्जियमलाई २-० गोल अन्तरले पराजित गरेको छ ।
मोरक्कोका लागि अब्देलहामिद साबिरीले ७३ औं मिनेटमा गरेको फ्रिकिक गोलमा अग्रता लियो ।
इन्ज्युरी समयमा दोस्रो गोल थप्दै मोरक्कोले जित पक्का गर्यो ।
यस जितसँगै मोरक्को समूहको शीर्षस्थानमा उक्लिएको छ । मोरक्कोको २ खेलमा ४ अंक तथा बेल्जियमको ३ अंक छ । क्रोएसिया १ अंक र क्यानडा अंकविहिन छ ।