काठमाडौं । आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।