काठमाडौं । धनुषा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा)का दीपक कार्की विजयी भएका छन् ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवलाई ५ हजार ४८ मतान्तरले पराजित गर्दै कार्की निर्वाचित भएका हुन् ।
कार्कीले २७ हजार ४ सय ३१ मत ल्याउँदा सत्ता गठबन्धनका उम्मेदवार यादव २१ हजार ४ सय ८३ मतमा रोकिए ।