काठमाडौं । फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह बी को खेलमा इरानले वेल्सलाई पराजित गरेको छ ।
शुक्रबार भएको खेलमा १० खेलाडीमा समेटिएको वेल्सलाई २-० गोल अन्तरले हराउँदै इरानले पहिलो जित निकालेको छ। इरानको जितमा रौजबेह चेस्मी र रामिन रिजाइनले इन्ज्युरी समयमा एक/एक गोल गरे ।
खेलको ९८ औं मिनेटमा चेस्मीले गोल गर्दै इरानलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको १०१ औं मिनेटमा रामिनले गोल गर्दै इरानलाई २-० को रोमान्चक जित दिलाए ।
यससँगै इरानले पहिलो खेलमा बेहोरेको हार बिर्साउँदै नकआउट चरणमा पुग्ने सम्भावना जिवित राखेको छ ।