काठमाडौं । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ को प्रदेशसभा क्षेत्र (१) बाट नेकपा माओवादी केन्द्रका प्रेमबहादुर पुलामी निर्वाचित भएका छन् ।
एमालेका कमल विष्टलाई पराजित गर्दै पुलामी निर्वाचित भएका हुन् । पुलामीले १९७१९ मत ल्याउँदा निकटतम प्रतिस्पधी विष्टले १५४३३ मत प्राप्त गरे ।