सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’ मा बागमती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री युवराज दुलाल विजयी भएका छन् ।
उनले २० हजार ९ सय ६ मत पाएका छन् भने प्रतिस्पर्धी एमालेका अमानसिंह तामाङले १२ हजार १३९ मत ल्याए ।
शरद माओवादी केन्द्रका पोलिटब्युरो सदस्य पनि हुन् । उनी दोस्रो पटक प्रदेशसभामा निर्वाचित भएका छन् । तामाङ भने ०७४ को निर्वाचनमा माओवादीकै उम्मेदवार भएर चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर भएका थिए ।
दुलाल र तामाङ तत्कालीन समयमा एउटै पार्टी माओवादी केन्द्रमा आवद्ध थिए । तर तामाङ दुई महिना अघि मात्र माओवादी त्याग गरेर एमाले प्रवेश गरेका थिए ।